बिहीबार, कार्तिक २ २०७४ | Thu, October 19, 2017
नेपालको समय: १६:३७ | Washington DC: 06:52

अध्यक्ष डा। केशव पौडेलले फुकाए २५ बुँदे कामको पोको

न्यूयोर्क । गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अर्को एक कार्यकाल नेतृत्व गर्ने रुची देखाउँदै विगतको आफ्नो कार्यकालको उल्लेख गर्न लायक राम्रा कामहरुको २५ बुँदा सार्वजनिक गरेका छन् । निर्वाचित भएकै दिनदेखि सहज ढंगले काम गर्ने वातावरण नपाएका अध्यक्ष डा। पौडेलविरुद्ध पराजित उम्मेदवारहरुको समूहले मुद्दा मामिला गर्दै सन् २०१५ देखि २०१७ सम्मको समय मुद्दा वर्षका रुपमा चित्रित भयोे । यद्यपि उक्त अवधिमा उल्लेख गर्नलायक कामहरु थुप्रै भएको कुरा डा. पौडेलले बुँदागत रुपमा सार्वजनिक गरेका छन् । नर्थ क्यारोलिनास्थित प्रतिष्ठित अस्पतालका मेडिकल डाइरेक्टर डा. पौडेल आफूले आफ्नो कार्यकालमा सम्पन्न गरेको २५ बुँदा सार्वजनिक गर्दै भन्छन्– ‘त्यो दुई वर्ष त फगत साथीभाइले हालेको मुद्दा खेप्दै बित्यो । तर पनि राम्रो टिमको सहयोगमा हामीले केही उदाहरणीय काम गरेका छौं । मलाई अबको दुई वर्ष विना मुद्दा मामिला एनआरएन अमेरिकाका लागि मात्र काम गरेर देखाउने चाहना छ । एनआरएन अमेरिकाको दुई वर्ष २०१५ देखि २०१७ सम्मको कामहरुको पोको फुकाउँदै डा. पौडेलले भने– ‘राम्रा–राम्रा काम गरौंला भन्ने जोस थियो, तर के गर्नु अध्यक्ष निर्वाचित भएकै दिनदेखि साथीहरुले छिड्की लगाउन थाल्नुभयो । मुद्दा हाल्नुभयो । अदालत धाउँदैको हैरान । अब दुई वर्ष काम गर्ने मौका पाएँ भने म शतप्रतिशत उदाहरणीय काम गर्छु । सन् २०१५–२०१७ को डा. पौडेलले प्रस्तुत गरेका कामहरुको सूची—

१. एनआरएन अमेरिकाले नेपालको २०१५ महाभूकम्पका पीडितको उद्धार, उपचार तथा व्यवस्थापनमा ठूलो सहभागिता तथा उच्च योगदान पु¥यायो ।

२. अमेरिकाको सरकारबाट अमेरिकामा रहेका नेपालीलाई टीपीएस सुविधा प्रदान गराउनका लागि विभिन्न ठाउँमा सेमिनार, अन्तरक्रिया कार्यक्रम, वर्कशप, सम्पर्क तथा सिग्नेचर क्याम्पेनको व्यवस्थापन तथा सञ्चालन ग¥यो ।

३. अमेरिकाका विभिन्न ठाउँका ग्यास स्टेशन र कन्भिनिएन्ट स्टोरहरुमा भएका बन्दुक आतंकबाट नेपालीहरुको हत्या गरिएकोमा उक्त आतंकित गतिविधि रोक्न स्थानीय र राष्ट्रिय सञ्चारमाध्यम, सुरक्षा निकाय र जनतासँग स्वास्थ्य र सुविधा विषयक वर्कशप र सेमिनारको आयोजना ग¥यो ।

४. नेपाल संविधान २०१५ को प्रस्तावित ड्राफ्टमा सल्लाह तथा सुझावका लागि कार्यक्रम आयोजना ग¥यो र सामूहिक सुझाव संकलन गरी एनआरएन अमेरिकाको संयुक्त सुझाव नेपाल सरकारलाई बुझायो । त्यसमा विशेषतः नेपाली नागरिकताको निरन्तरताका लागि अपरिहार्य र बलियो सुझाव प्रस्तुत ग¥यो ।
५. अमेरिकाका मध्यपश्चिम क्षेत्रका स्थानीय र क्षेत्रीय नेपाली संघसंस्थाबीच समन्वय ल्याउन र भविष्यमा एनआरएनसँग सहकार्य गर्नका लागि कार्यक्रम प्रस्तुत ग¥यो ।

६. सिन्धुपाल्चोक जिल्लाको सिपा तीनघरे संस्कृत स्कुललगायत अन्य जिल्लाका महाभूकम्पबाट क्षतिग्रस्त स्कूलहरु पुनर्निर्माण गर्न सहयोग पु¥यो ।

७. नेपालमा भारतले लगाएको प्रतिबन्धको विरोधमा अमेरिकाको विभिन्न शहरमा जानकारीमूलक सभा तथा विरोध कार्यक्रम ग¥यो । भारतीय प्रतिबन्धले ल्याएको मानवअधिकार उल्लंघनको विरोधमा न्यूयोर्कको संयुक्त राष्ट्रसंघ भवनमा गई संयुक्त राष्ट्रसंघका प्रमुख बान्की मुनलाई ज्ञापनपत्र बुझायो । साथै, यस प्रतिबन्धले औषधिको अभाव भई अस्पतालमै नेपालीहरुको ज्यान गएकाले अमेरिकामा आकस्मिक रकम संकलन गरी औषधिका लागि नेपालमा हस्तान्तरण ग¥यो ।

८. नेपालको नाम उच्च पार्ने हिरो (सञ्जय पण्डित), अमेरिकामा मृत्यु भएका उमेश कक्षपतिको फ्युनेरल, नेपालको तराईमा भएको आगलागी तथा अन्य भागमा भएका बाढीपीडितजस्ता विषयमा सहयोग संकलन गरी हस्तान्तरण ग¥यो ।

९. नेपालमा नेपाली तथा अमेरिकन स्वास्थ्यकर्मीद्वारा निरन्तर निशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यो ।

११. एनआरएन अमेरिकाको क्षेत्रीय अफिस क्यालिफोर्नियाको लस एन्जलसमा र केन्द्रीय अफिस न्यूयोर्कमा खोलियो ।

१२. नेपाल (चितवन, तनहुँ, देवघाट)मा वृद्धा आश्रम बनाउने निर्णय गरी सहयोग रकम संकलनका साथ निर्माण कार्य सञ्चालन ग¥यो ।

१३. अमेरिकामा विश्वभरिका एनआरएनहरुलाई समेटेर ‘भिजन २०२० एण्ड बियोण्ड’को उद्देश्य बोकेको क्षेत्रीय सम्मेलन सम्पन्न ग¥यो । यस भिजनलाई विशेष कार्यक्रमका साथ अगाडि बढायो ।

१४. नेपालमा एनआरएनको केन्द्रीय भवन निर्माणका लागि करिब नेपाली रुपैयाँ १ करोड सहयोग ग¥यो ।

१५. एनआरएन अमेरिका अमेरिकामा रहेका एनआरएनहरुका लागि मात्र सस्तोमा ऋण दिने र रकम जग्गा गरेवापत अरु बैंकभन्दा राम्रो ब्याज उपलब्ध गराउने उद्देश्यसहित प्रस्ताव प्रस्तावि एभरेष्ट फेडेरल क्रेडिट युनियन नामको वित्तीय संस्था दर्ता गर्ने प्रक्रिया निकै अगाडि बढेको छ ।

१६. एनआरएन अमेरिका यसका स्थानीय च्याप्टरको सक्रियतामा अमेरिकाका विभिन्न राज्यहरुमा सामुदायिक भवन बनाउने प्रयासमा जुटेको छ । न्यूयोर्क, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड राज्यहरुमा रकम संकलन गर्ने कार्य शुरु भइसकेको वा हुँदैछ ।

१७. टेक्सस राज्यको डलासमा फुनेरल होम बनाउने कार्य अगाडि बढेको छ ।

१८. अमेरिकाका अन्य नेपाली संघसंस्थासँग सहकार्य गरी अमेरिका सरकारले अमेरिकामा बस्ने नेपालीलाई दिएको टीपीएस सुविधाको अवधि बढाउन सफल भएको छ ।

१९. एनआरएन अमेरिकाको मेरिल्याण्ड च्याप्टरले मेरिल्याण्डका नेपालीलाई आफ्नै नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । मिचिगनमा पनि त्यस्तै अनुमति प्राप्त गर्न एनआरएन अमेरिकाको मिचिगन च्याप्टरले पनि विशेष कदम चालेको छ ।

२०. अमेरिकाका एनआरएनद्वारा नेपालमा लगानी भित्र्याउन ‘पाइलट प्रोजेक्ट’स्वरुप स्वास्थ्य क्षेत्रमा लगानी गर्ने मोडेल तयार गरी प्रारम्भ्कि अध्ययन पूरा गरेको छ । यसैअनुरुप काठमाडौंमा रहेको ग्रीन सिटी हस्पिटलसँग छलफल गरी केही जग्गा किन्ने कार्य पूरा गरेको छ । मोडेल पूर्णतः तयार भइसकेपछि साधारण सदस्यबीच शेयर ढाँचा तथा प्रस्ताव प्रस्तुत हुनेछ ।

२१. एनआरएन अमेरिकाको स्टेप कमिटीमार्फत नेपाल र अमेरिकाबीच ट्याक्स ट्रिटी गराई दोहोरो कर प्रणाली हटाउन नेपाल र अमेरिकाका सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको छ । विगवतमा भएका यससम्बन्धी कार्यक्रमका बारेमा एनआरएन अमेरिकाका पुराना अधिकारसँग सहकार्य भइरहेको र यसै पाँचौं साधारणसभामा परराष्ट्रमन्त्रीसँग विशेष छलफल गरी यसलाई द्रूत गतिमा अगाडि बढाउन पहल गरेको छ ।

२२. नेपालका एकमात्र बिलिनियर डा. विनोद चौधरीसँग न्यूयोर्कमा जनपरामर्श कार्यक्रम गराइयो । यसबाट अमेरिकामा रहेका नेपालीलाई कसरी इन्टरप्रिनरसिपमा आकर्षण गराउन सकिन्छ र यसमा डा. चौधरीको भूमिका वा सहयोग के रहन सक्छ भन्ने विषयमा छलफल गराइयो ।

२३. नेपालका ख्यातिप्राप्त समाजसेवी तथा प्राविधिक डा. महावीर पुनसँग एनआरएन अमेरिकाको स्टेप कमिटीले अन्तरक्रिया कार्यक्रम गराई प्रस्तावित राष्ट्रिय आविष्कार केन्द्र, नेपालको शुरुवात तथा सञ्चालन गर्ने मोडेल प्रस्तुत गरियो । यस मोडेललाई नेपालको अन्य विकास क्षेत्रमा पनि लागू गर्न सकिनेछ ।

२४. एनआरएन अमेरिकाले नेपालमा अथवा विदेशमा रहेका नेपालीका लागि अमेरिकामा रहेका नेपाली प्रशिक्षक, प्रँध्यापक, प्राविधिक, तथा अन्य उच्चस्तरीय क्षमता भएका अनुभवी व्यक्तित्वसँग आफूले चाहेको विषयमा ज्ञान तथा तालिम लिन मिल्ने गरी ‘मेन्टरिङ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । एनआरएन
अमेरिकाको स्टेप कमिटीले शुरु गर्न लागेको यो अभियानलाई अमेरिकाका पुराना अनुभवी व्यक्तित्वहरुले स्वीकृति दिइसक्नुभएको छ । अनलाइन इन्टरनेटबाट कनेक्सन र प्रशिक्षण गराइने यो कार्यक्रमका लागि वेबसाइटको डिजाइन गर्ने कार्य शुरु भएको छ ।

२५. एनआरएन अमेरिकाले हरेक वर्ष जनवरीको पहिलो हप्तामा एकता दिवस र नयाँ वर्ष (इश्वी सम्बत) मनाउने निर्णय गरेको छ । यसमा अमेकिरामा रहेका नेपाली संघसंस्था तथा व्यक्तित्वबीच नयाँ वर्षको शुभकामना आदानप्रदान हुनुका साथै एकताको सन्देश जाने विश्वास लिइएको छ ।

२६. अमेरिकामा नेपाली मूलका व्यक्ति कति छन् भन्ने विषयमा धेरै पहिल्यैदेखि सबैको चासो रहे तापनि कसैबाट यो काम शुरु हुन सकेको थिएन । एनआरएन अमेरिकाको यस बोर्डअन्तर्गतको सेन्सस कमिटीले यो कार्यलाई दुई भागमा विभाजन गरी पहिलो भागमा परेको ‘टप डाउन एप्रोच’को अन्तिम रिपोर्ट हालै प्रकाशन गरेको छ । २० हजार मार्जिन अफ एररसहित करिब २ लाख ३१ हजार नेपालीहरु अमेरिकामा छन् भनी प्रष्टसँग भनिएको यो रिपोर्ट अध्ययनमा नेपाल सरकारको पनि प्रतिनिधित्व थियो । यस टप–डाउन एप्रोचका स्रोत तथा आधारहरु नेपाल सरकारका निकायहरु, अमेरिकी सरकारका निकायहरु र अन्य संघसंस्थाका प्रतिनिधि तथा विशेष व्यक्तिहरु थिए । एनआरएन अमेरिका र अमेरिकाको नेपाली राजदूतावासबीच सेन्सस सञ्चालन र डेटाबेस म्यानेजमेन्ट विषयमा सहकार्य गर्ने भनी समझदारीपत्र ःइग् भएको थियो ।

२०७४ जेठ ३० गते २२:४८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी