डिसी नगर प्रमुख द्वारा अधिवक्ता निरन्जन अधिकारी आयोग सदस्यमा मनोनयन

इनेप्लिज २०७४ जेठ ३१ गते २:३५ मा प्रकाशित

नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वाशिंगटन डिसीका नगर प्रमुखले एसियन तथा प्रशान्त महासागर द्विप वासी समुदाय विकास आयोग सदस्यमा मनोनयन गरेकी छिन् l डीसी महानगर कि नगर प्रमुख म्युरिएल बाउजर (murial bowser ) ले उनलाई गत मे ५ तारिख को दिन मनोनयन गरेकी हुन् l महानगर प्रमुख बाउजरले डिसीका परिषद सभापति फिल मेनडेलसन् लाई पत्राचार गर्दै उक्त जानकारी गराएकी छिन् l

मनोनित आयोग सदस्य अधिकारी ३ बर्षको लागि नियुक्त भएका छन् भने उनि अप्रिल १७ ,२०२० सम्म को लागि मनोनित भएका छन् l कानुन ब्यबसायी अधिकारी ले डिसीमा आफ्नो कानुन परामर्श तथा कानुन व्यवसाय संचालन गर्दै आएका छन् l डिसी महानगर क्षेत्रमा एउटा जिम्मेबार पदमा नेपाली मुलका व्यक्तिलाई मनोनित गरेकोमा डिसी क्षेत्रका नेपाली समुदाय निकै हर्षित भएका छन् l

उनले ईनेप्लिज संग कुरा गर्दै समुदायको विकासको लागि आफुलाई नगर प्रमुखले मनोनित गरेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुखलाई धन्यवाद दिएका छन्

यस्ता आयोगमा १५ सम्म सदस्य हुन् सक्छन तर अहिले सम्म १२ जना रहेका छन् भन्दै यस्ता सदस्यहरुले शहर बिकासको लागि सर सल्लाह र सुझाव दिने गर्दछन अधिकारीले भने l यो सामुदायिक नियुक्ति हो र मासिक बैठक हुने हुनाले जन सम्पर्क हुने हुनाले मेरो लागि ठुलो अवसर भएको बताए l

उनलाई यो पदमा मनोनित गर्न दुई तीन पटक अन्तर्वार्ता पनि दिनु परेको बताए l अध्ययन को शिलशिलामा अमेरिका आएका अधिकारी वकिल हुन् भने ८ बर्ष देखि यस क्षेत्रमा रहेका सामाजिक संघ/संस्थामा पनि आबद्ध छन् l

उनले नेपाली समुदायले समेत मौका पाएकोमा आफुलाई दिएको जिम्मेबार ईमान्दारिता साथ काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् l उनको यो मनोनयन लाई समर्थन को लागि परिषदलाई छिटो भन्दा छिटो निश्चित गरि पाऊ भनि नगर प्रमुखले म्युरिल ले पत्राचार गरेकी छिन्

प्रतिक्रिया