सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: ०२:५६ | Washington DC: 16:11

लन्डनको २४ तले भवनमा भिषण आगलागी (भिडियोसहित)

लन्डन, ३१ जेठ । लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको बीबीसीले जनाएको छ । भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरूले प्रसारण गरेका छन् । भवन जलेर ढल्ने खतरा बढेको छ । लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।

मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो ।

२०७४ जेठ ३१ गते ८:३२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी