अमेरिकामा तुलसी दिवसको एकल बाचन बोस्टनमा मैझारो

इनेप्लिज २०७४ जेठ ३१ गते १३:५४ मा प्रकाशित

बोस्टन अमेरिका,
नेपाली साहित्य र लोक सस्कृतिका क्षेत्रका विशेष महत्व बोकेका तुलसी दिवसले मंगलबार साँझ बोस्टनमा एकल कविता वाचन गरेका छन् | अनेसास बोस्टन च्याप्टर र सिर्जना उत्सव बोस्टनको संयुक्त आयोजनामा हिमालयन हेरिटेजको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा दिवसले नयाँ पुराना करिव एक दर्जन कविता वाचन गर्नुका साथै साहित्य र सस्कृतिका बारेमा आफ्नो विचार प्रस्तुत गरेर यसपटकको अमेरिकामा कविता वाचनको मैझारो गरे |
तीन साता व्यापी अमेरिका भ्रमणका क्रममा कवि दिवसले यस अघि डिसी, कोलोराडो, नर्थक्यारोलिना, न्युयोर्क लगायतका राज्यमा कविता बाचन गरिसकेका छन् | साहित्यकार दीपा राई पुनको संयोजनका आयोजित उक्त कार्यक्रममा हिमालयन हेरिटेज, अनेसास र सिर्जना उत्सवले दिवसलाई सम्मान पनि गरेका थिए |


कार्यक्रममा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजा, अनेसास बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदी, दीपा राई पुन कृष्णराज खनाल, ममता कर्माचार्य, सन्ध्या जोशी, रोशनी खनाल, सुरेश वाग्ले, धन लिम्बु, सागर कान्छा, धिरज पुन, सावित्री शेरचन , प्रज्ञा ,निर्मला शेरचनलगायतले कवि दिवसलाई सम्मान पत्र प्रदान गरेका थिए | चर्चित सारंगी बादक श्याम नेपाली र तवला वादक नन्दु शंकरले कवि दिवसको शाब्दिक प्रस्तुतिलाई सुमधुर सांगीतिक धून प्रदान गरेर कार्यक्रमको आकर्षण बढाएका थिए |

मंगलबार नै कवि दिवसले अमेरिकाको न्युह्याम्पशर राज्यको पनि भ्रमण गरेका थिए | भ्रमणका क्रममा उनलाई अनेसास न्युह्याम्पशर च्याप्टरले स्वागत कार्यक्रमको आयोजना गरेको थियो | च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्टको निवासमा रहेको अनेसास कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण गिरी, राम भण्डारी, प्रधान सम्पादक ईश्वरी भट्ट , गोवर्धन पूजा लगायतले मन्तव्य व्यक्त गरेका थिए भने च्याप्टर अध्यक्ष अग्नि पराजुलीले कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरेका थिए | करिव आधा घण्टा तुलसी दिवसको मन्तव्य रहेको उक्त कार्यक्रममा न्युह्याम्पशरबासी साहित्यकार र साहित्यप्रेमीका अतिरिक्त बोस्टनका दीपा राई पुन, कृष्णराज खनाल, ममता कर्माचार्य, सागर कान्छा, धिरज पुन, धन लिम्बु र नेपालबाट आएका संविधानविद गणेश भट्ट र सन्ध्या जोशी को पनि सहभागिता रहेको थियो | कवि दिवस बुधवार साँझ बोस्टनबाट जर्मनीहुदै नेपाल फर्कदै छन् |

प्रतिक्रिया