शनिबार, असार १० २०७४ | Sat, June 24, 2017
नेपालको समय: ०९:२४ | Washington DC: 23:39

डीसी महानगर क्षेत्रमा नेपालीहरुद्वारा नै स्थायी योगा कक्षाको सुरुआत

वासिंटन डिसीबाट नजिकै रहेको चेन्टिली भर्जिनियामा स्थायी योगा क़क्षा सन्चालन भएको छ । ‘योग गरौँ, स्वस्थ रहौँ ‘भन्ने मूल उद्देश्यका साथ मुनाफ़ारहित ढंगले सुरु गर्न लागिएको यस योगा क़क्षामा शुभा अधिकारी तथा सृजना उप्रेती दुईजना प्रशिक्षिका हुनुहुन्छ । हाम्रो पूर्वीय दर्शनबाट विस्तारित हुँदै संसारको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि बुझिसकेको विधा हो योग शिक्षा ।
योगा गर्दा कुन-कुन समस्याबाट मुक्त हुन सकिन्छ ? भनी सोधिएको प्रश्नमा प्रशि़िक्षका शुभा अधिकारी भन्नुहुन्छ-
वास्तवमा योगाभ्यास गर्नु विरामी पर्नु भन्दा अगावै गरिने उपचार विधि हो तर कुनै पनि समस्या देखिदा बित्तिकै सुरु गर्यो भने पनि डाक्टरकोमा गई राख्नु पर्दैन । नियमित योगा गर्दा सामान्यतया निम्न समस्याहरुबाट मुक्त हुन सकिन्छ ।
१. ढाड दुख्ने समस्या
२. तौल (वज़न)बढ्ने समस्या
३. पेटको समस्या
४. कम्मर दुख्ने समस्या
५. पाचन प्रक्रियाको समस्या
६. हात, पाखुरा तथा खुट्टाको समस्या
७. निद्रा नलाग्ने समस्या
८. गर्दनको समस्या
९. रक्तसन्चारको समस्या
१०. मधुमेहको समस्या
११. मानसिक तनावको समस्या लगायत अरु पनि शारिरीक तथा मानसिक कष्टबाट बँच्न सकिन्छ । यदि तपाईहरु मध्ये जो कोहीलाई पनि कुनै समस्या देखिएमा वा भएमा यस योगा कक्षामा भाग लिई सजिलैसँग निको पार्न सक्नु हुनेछ ।
जीवन छ त सबैकुरा छ, यदि यो जीवनलाई विभिन्न तनाव र पीडामा पिल्सिन दिने हो भने यो जीवनको कुनै अस्तित्व रहँदैन । यस कारण श्वस्थ जीवन बाँच्नु नै
। यदि तपाईहरु यस डीसी क्षेत्र वरिपरि हुनुहुन्छ भने यस योगा कक्षामा तपाइलगायत तपाइको परिवार समेत सहभागी हुन सक्नुहुन्छ । अहिलेको लागि  योगा कक्षाको समय प्रत्येक आइतवार  विहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ भने जो कोही पनि पहिलो दिन निःशुल्क योगा कक्षामा भाग लिन सक्नुहुनेछ ।
नोट: कृपया योगामा भाग लिन आउँदा हल्का योगा ड्रेस तथा साथमा योगा म्याट लिई आउनु होला ।
विस्तृत जानकारीको लागि तलको लिन्क खोली तपाई आफ्नो जानकारीको बारेमा आफै भर्न सक्नु हुनेछ वा यी नम्बरहरुमा सम्पर्क गरी आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ  । सम्पर्क कार्यालय : 571-376-5510 or
१. राजेन्द्र खनाल (703) 870-6480
२. शुभा अधिकारी :(240) 618-7851
३. सृजना उप्रेती :(571) 474-9074
Address : 14102 Sullyfield Cir
    Ste# 300 Chantilly, VA 20151
Please open this link and do your free registration. https://hinduculturecenter.com/yoga-class/
Thanks.
२०७४ असार ३ गते ३:५९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी