अमेरिकाको भर्जिनिया निवासी सुदन गैरेको प्रयास र प्रायोजकमा चितवनको जितपुर सरस्वती माबीमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

इनेप्लिज २०७४ असार ४ गते ४:०५ मा प्रकाशित

बिष्णु प्रिया रिजाल (Dcnepal.com) काठमाण्डौं, जुन १७, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम पश्चिम चितवनको जितपुर सरस्वती माबीका बिधार्थीहरुलाई पनि प्रदान गरियो । नेपालमा गुञ्जानगर लगौंटा भई हाल अमेरिकाको भर्जिनियामा बस्दै आउनु भएका सुदन गैरेको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । गैरे नेपालमा रहंदा बिभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्थयो । कामको सिलशिलामा बिगत केहि बर्ष देखि स-परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आउनु भएको छ ।

पहिलो दोश्रो र तेश्रो चरण गरि करिब २५० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सुदर्शन गैरेले अमेरिकाबाट भिडियो मार्फत सहभागि बिधार्थीहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट पुजा गुरुङले कार्यक्रमको समायोजन गर्नुका साथै साईबर सुरक्षा संम्बन्धी प्रशिक्षण पनि दिनु भएको थियो। प्रशिक्षण दिनेहरुमा संस्थाका सदस्य मुना सापकोटा र पारस पौडेल पनि हुनु हुन्थ्यो। करिब ३ दिनसम्म लगातार दिनको ५ घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम चलेको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए ।
आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने सुदन गैरे ज्युलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संर्पक गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया