ईनेप्लिज र रेडियो जिन्दगिको “बार्षिक उत्सव”

इनेप्लिज २०७४ असार ५ गते ४:३७ मा प्रकाशित

डिसी महानगर क्षेत्र बाट संचालित अङ्किय पत्रिका ईनेप्लिज तथा रेडियो जिन्दगि को बार्षिक उत्सव कार्यक्रम गत जुन १७ गते सम्पन्न भयो l बार्षिक उत्सवमा बिशेष प्रस्तुति ,सम्मान कार्यक्रम तथा सांगीतिक कार्यक्रम साथ सम्पन्न भयो l

ईनेप्लिज ५ बर्ष पुरा गरेता पनि पहिलो पटक पहिलो बार्षिक उत्सव मनाएको हो भने कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गीत नेपाली पाठशाला सेन्टर भिलका बिद्यार्थीहरुले गाएका थिए l यसै गरि सेन्टरभिल कि चर्चित बिद्यार्थी एनबिए समेतमा अमेरिकन राष्ट्रिय गीत गाई सकेकी प्रकृति देउजाले अमेरिकन राष्ट्रिय गीत गाएकी थिइन् l मनासस नेपाली पाठशालाका बिद्यार्थी ले नेपाली राष्ट्रिय गीत ,हरन डन शहरका बिद्यार्थीहरु तथा अन्य स्थानीय कलाकार लगायतले बिशेष प्रस्तुति गरेका थिए l

 

 

 

प्रतिक्रिया