गायक सानाहाङ लिवाङ लिम्बूको पहिलो एल्बमको गीत सार्बजनिक

इनेप्लिज २०७४ असार ५ गते ९:४२ मा प्रकाशित

गायक सानाहाङ लिवाङ लिम्बूको पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । निकै मीठो आवाजको धनी गायक सानाहाङको स्वर रहेको उकाली चडेर धाउनेछु बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा गायक, संगीतकार तथा एरेन्जर बिनय केटुको संगीत तथा एरेन्ज रहेको छ भने मीठो शब्द लेखेका छन् गीतकार भिमसेन कंडेलले ।

भिडियोमा छायांकन उत्सब दाहालको रहेको छ भने सम्पादन निशान घिमिरेको रहेको छ । यसै गरि यस भिडियोलाई निकै नै उत्कृष्ट तरिकाले निर्देशन गरेका छन् गायक तथा निर्देशक सशान कंडेलले ।

बाबा पुर्ण बहादुर अनि आमा दिलमायाको काइलो छोरा सानाहाङ सानै देखि गीत गाउन अनि नाच्न भने पछि हुरुक्कै हुने गर्दथे । गायक सानाहाङ आफ्नै दाजुराम कुमार लिवाङ लिम्बू अनि देब तुम्बापोको हौशलाको कारणले आज म्युजिक क्षेत्रमा होमिएको बताउछन । आफ्नै ठाउँ झापाको बिर्तामोड सन लाइट कला केन्द्रमा संगीत सिकेका गायक अहिले धेरै समय पछि आफ्नो एल्बम को साथमा आएका हुन् । हाल गायक सनाहाङ मलेसियामा छन ।
गायक सानाहाङलाई अझै धेरै प्रगती को लागि हाम्रो सुभकामना ।।

प्रतिक्रिया