गीत गाउन सानैदेखिको शोख थियो – गायक श्रेष्ठ

इनेप्लिज २०७४ असार ५ गते ९:५१ मा प्रकाशित

शिशिर सिंखडा
चितवन ५ असार ।
चितवनको हाम्रो एफ.एम. ९४ मेगाहर्जमा हरेक बुधबार बिहान १० बजे हाम्रो चौतारी र शनिबार दिउसो ४ बजे हाम्रो रोदी घर नामक लोकगीत संगीतको कार्यक्रम संचालन गर्ने राजु श्रेष्ठ रेडियोकर्मी मात्र नभई लोकगायकको रुपमा पनि परिचित छन् । विगत २ वर्षदेखि रेडियोमा कार्यक्रम संचालन गर्दै आएका श्रेष्ठले हालसम्म ३ वटा लोकगीत श्रोता दर्शकमाझ पस्किसकेका छन् ।
उनले तिम्रो तस्विर बोलको एकल लोकगीत २०७२ सालमा रेकर्ड गराएका थिए । संगम डिजिटलले सो गीत बजारमा ल्याएको थियो । पहिलो गीत गायक तथा संगीतकार सागर विरहीको सहयोगमा उनले बजारमा ल्याएका थिए । यही बैसाखमा आफ्नो दोश्रो प्रस्तुती मन मान्दै मान्दैन बोलको गीत उनले बजारमा ल्याएका छन् । पहिलो गीतको सफलतापछि दोश्रो गीत गाउन आफुलाई हौसला भएकोले सो गीत गाउन आफु उत्साही भएको उनले बताए ।
गायक राजु परियारको लोकगीत संगीत औधी मनपराउने गायक श्रेष्ठ २०४७ साल जेठ २८ गते नवलपरासीको बुलिङटारमा जन्मिएका हुन् । उनी अहिले अस्थायी रुपमा गैडाकोटमा बस्दै आएका छन् । आफुले पढेको त्रिभुवन उच्च मा.वि., गैडाकोटको एस.पी.एम. कलेज त्यस्तैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा पनि उनले कक्षाकोठाका कार्यक्रमदेखि विद्यालय क्याम्पसका कार्यक्रमहरुमा पनि लोकगीत गाउने गर्दथे । सानैदेखि लोकगीत गाउने शोख थियो, अब शोख पुरा भएको छ अवसर पाए लोकगीत संगीतबाटै आफु अगाडि बढ्ने इच्छा छ, उनले भने ।
साई भिजन प्रा.लि. काठमाडौंले बजारमा ल्याएको मन मान्दै मान्दैन लोक तथा दोहोरी गीत यूट्युवमा पनि हेर्न (यूट्युवमा गीत हेर्नको लागी जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.दक्ष्ग्ब्क्थत्तील्द्यः ) र सुन्न सकिने श्रेष्ठले बताए । गत बैसाखमा गायक श्रेष्ठलाई सो गीत गाउन शारदा खनाल र टिका पुनले स्वरमा साथ दिएका छन् । गीतसंगीतमा लाग्न परिवारबाट पनि सहयोग भएकोले आफुलाई अगाडि बढ्न सजिलो भएको उनी बताउँछन् ।
हाम्रो समाजको वास्तविकतालाई गीतसंगीत मार्फत् रचना गरी श्रोता दर्शकको बढी माया पाएको उनले बताए । श्रोता दर्शकको मायाको कारण आफुले छिट्टै नै तेश्रो प्रस्तुतीको रुपमा लोकदोहोरी गीत बजारमा ल्याउन लागेको बताए । विशेषगरी युवायुवतीलाई लक्षित गरी आउने लागेको नयाँ गीतले पनि श्रोता दर्शकको मन जित्नेमा गायक श्रेष्ठ ढुक्क छन् ।

 

प्रतिक्रिया