शनिबार, असार १० २०७४ | Sat, June 24, 2017
नेपालको समय: ०९:२० | Washington DC: 23:35

अमेरिकामा अनर्गल , ऊटपटांग ,विवेकहीन हत्या यस्ता कारणले पनि हुन्छ : सतर्क र सावधान

विजय थापा

 

 

अमेरिकामा नागरिकले आफ्नो सुरक्षाको लागि बन्दुक राख्ने कानुन छ l अमेरिकामा सेप्टेम्बर ११ देखि मानिसले आफ्नो सुरक्षाको लागि बन्दुक खरिद गर्ने परिपाटी तिब्र भएको हो l अमेरिकामा पछिल्लो समयमा हत्याको शृंखला तीव्र भएको छ l विश्व ब्यापी रुपमा आतंकबादी समुह या यसबाट प्रभावित समुह या गुट या व्यक्तिले हत्याको क्रम जारि राखेका छन् l

तर अमेरिकामा बन्दुक राख्ने कानुनी मान्यता भएता पनि त्यसको दुरूप्रयोग गर्दै यस्ता घृणाजनक ,अनर्गल , ऊटपटांग ,विवेकहीन ,हास्यास्पद हत्या भएका र हुने गरेका छन् l यसरी पनि निर्दोसहरु हत्यामा संलग्न भएका र अनर्थक रुपमा ज्यान गएको छ l यस्ता मामुली र सानो कुरामा पनि बन्दुकको दुरुप्रयोग गरेका घटना देखिएका छन् l उनीहरुले यसरि हत्या भएका कारण जनाएका छन् l

सन् २०१५ मा घटना भएका विवरण यस प्रकार छन् l टेक्सासमा सेप्टेम्बर १ तारिख आफु र आफ्नो काकाका छोराले बन्दुक पायौ l बन्दुक संग तस्बिर लिने प्रयास गर्दै सामाजिक संजालमा राख्ने जमर्को गर्दा गर्दै नजानिकन आफुले आफ्नो हत्या गरेको लेखेका छन् l

आफ्नो छिमेकिले सेकुवा को आयोजना गरि दाह संस्कार को लागी अर्थ संकलन गर्ने उपाय व्यक्त गरे l आफुले कुखुरा पोले र जाडो मौसम थियो l उ संग बाद बिबाद भयो l तिनीहरुलाई कुटे र त्यहि बेलामा सेप्टेम्बर ५ तारिख दुई महिलाको हत्या गरे लेखेका छन l

यस्तै , मेरो छिमेकिलाई मनोरंजन गर्न बोलाए तर उनीहरु आउन चाहेनन् l र आफुले उनीहरुलाई ढोका बाट सेप्टम्बर ८ मा बन्दुक चलाए लेखेका छन् l यस्तै आफुलाई नुहाउन स्नान गृह चाहिएको थियो l आफुले बन्दुक लिएको र अनियतिपूर्ण हिसाबले बन्दुक पर्खाल बाट बालबालिका माथि चलाए l तर आफु बालबालिका को हेरचाह गरि रहेको थिए l अरिजोना राज्यमा सेप्टेम्बर ८ तारिखमा घटना घटेको हो l

यस्तै गरि दाह संस्कार समारोहमा मानिस  जम्मा भएका थिए l ठुलो स्वरमा संगीत बजाईएको थियो l आफुलाई त्यसको अनादर गरेको महसुस भयो l आफुले चालक र एक यात्रुलाई बन्दुक चलाए भनेका छन् l इलिनोई (सिकागो )राज्यमा सेप्टेम्बर ११ तारिखमा यस्तो घटना घटेको हो l

अर्को ,अमेरिकन फुटबल खेलाडीहरुले आफुलाई भोजबाट जान भने र रिसले आफुले दुवै जनालाई बन्दुक चलाएको कबुलेका छन् l सेप्टेम्बर १२ तारिख अमेरिकाको उथाह राज्यमा यस्तो घटना हुन् पुगेको छ l

यस्तै गरि , मलाई भोजको संगीत छनौट मन परेन र मैले रिसले ३ जनालाई बन्दुक चलाए र हत्या गरि दिए l आफुले पनि हत्या गरे भनि सरल रुपमा लेखेका छन् l अमेरिकाको लस एन्जेलसमा सेप्टेम्बर १३ तारिख घटेको घटना हो l

आस्चर्यजनक घटना ,मैले ४३ बर्षिय मानिसलाई लोखर्के सम्झेर गोलि हानेको भनेका छन् l सेप्टेम्बर १३ मा विस्कनसिन राज्यमा घटेको घटना हो l

अमेरिकामा अनर्थक रुपमा बन्दुक खेलाई यसरि गर्छन हत्या

यस्तै गरि मेरो प्रेमिका संग विवाद भए पछि म ईशाई मन्दिर गए l उनको ,पादरी र बच्चाको हत्या गरे भनेका छन् l अलाबामामा सेप्टेम्बर २० तारिख घटेको घटना हो l यस्तै गरि ,आफुले कसैले कार उठाउदै गरेको यन्त्र (कार ज्याक ) देखे र मैले बन्दुक चलाए l उसको टाउकोमा प्रहार गरेको कबुलेका छन्टेक्सासमा सेप्टेम्बर २६ तारिख भएको घटना भएको हो l

अर्को ,मैले गाडी कुदाई रहेको अवस्थामा अति नजीक बाट अर्को गाडी कुदाएको देखेर मैले गोलि हानेको कबुलेका छन् ल उक्त घटना टेक्सास राज्यमा सेप्टेम्बर २८ मा घटेको घटना हो l यस्तै गरि , एउटा चित्रकारले पर्खालमा चित्र कोरी रहेको अवस्थामा मैले देखे र उ संग बादविवाद भयो l मैले बन्दुक हाने भनेका छन् l क्यालिफोर्नियामा सेप्टेम्बर २९ तारिखमा घटेको घटना हो l

यी सबै घटना केवल सन् २०१५ को सेप्टेम्बर मा मात्र घटेको घटना हो l यस बाट हामी अनुमान गर्न सक्छौ कि अमेरिकामा एक महिना र एक बर्षमा कती यस्ता घटना बाट निर्दोषहरुको अकाल ज्यान जाने गर्दछ l यस्ता घटनामा कोहि नपरुन र कसैले दुख भोग्नु नपरोस l

२०७४ असार ५ गते २२:५२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी