नेजा नाईट सम्पन्न, संकलित रकमबाट कोष स्थापना गरिने

इनेप्लिज २०७४ असार ६ गते २२:०४ मा प्रकाशित

डलास, टेक्सास नेपाल अमेरिका पत्रकार संघ, नेजाद्धारा गत शनिवार अर्थात जुन १७ तारिखमा आयोजित नेजा नाईट नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । पत्रकारहरुको सहयोगका लागि आपतकालिन कोष स्थापनार्थ टेक्सासको डलास स्थित रोयल इभेन्ट सेन्टरमा नेपाली कलाकारहरुका साथ नेजा नाईटको आयोजना गरिएको हो । नेपाली कलाकारहरुका विभिन्न प्रस्तुति रहेको नेजा नाईटमा संकलित रकम संस्थाको आपतकालिन कोषमा जम्मा गरिने सस्थाका अध्यक्ष भोला आचार्यले वताउनुभयो । कार्यक्रममा स्वागत गर्दै आचार्यले नेजाले घटना दुर्घटनामा परेका पत्रकारहरुको उपचार र मृत्यु भएका परिवारका लागि सहयोग गर्दै आइरहेको जानकारी गराउदै उक्त कोष स्थापना भएपश्चात सहयोग निरन्तरतामा सहज हुने अध्यक्ष आचार्यको भनाई छ ।

नेजाका क्षेत्रिय संयोजक किशन रेग्मीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरु गायक गायिकाहरु दिपेशकिशोर भट्टराई, विमल डाँगी, शमिर आचार्य र गीता बिर्लाकोटी, नायिका सहारा कार्की, हास्य कलाकार नारायण त्रिपाठीले आ आफ्ना सांगितिक कोशेलीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । साथै स्थानिय कलाकारहरु अद्धिति हमाल, अनु खड्का, जेनिथ लम्सालका सांगितिक प्रस्तुतीहरुबाट उपश्थित दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । कार्यक्रममा संकलन भएको रकम आपतकालिन कोषका लागि संस्थालाई हस्तान्तरण गरिने संयोजक रेग्मीले वताउनुभयो । टेक्सास नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले पत्रकारिता समाजको अभिन्न अंग भएको वताउदै यसलाई जोगाउन समुदायको पनि कर्तव्य भएकाले नेजाको यस महान कार्यमा सवैको साथ हुनु जरुरी रहेको वताउनुभयो । कार्यक्रममा समाजका अगुवाहरु कपिल अधिकारी, मुरली अधिकारी, भुवन आचार्यका साथै एनआरएन अमेरिकाका सल्लाहकार, गौरीराज जोशी, एनआरएन अमेरिकाका उपाध्यक्ष राम सि पोखरेल, एनआरएन अमरिकाका कोषाध्यक्ष वेद वस्नेत,जनसम्पर्क समितिका पदाधिकारीहरु हरिवोल भण्डारी, ज्ञानेन्द्र कार्की, युवा उद्यमी पाशाड लामा, शुशिल क्षेत्रि, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनय अर्याल, एनआरएन अमेरिकाका सदस्य विनोद तिवारी लगायत करिव २ सय दर्शकको उपश्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नेजाका सदस्य एवं पत्रकार बाशु अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको संयोजनमा कार्यकारी सदस्यहरु लेखनाथ गौतम, बाल जोशी, क्षेत्रिय संयोजक धु्रव कँुवर, सदस्यद्धय शुरेसचन्द्र पोखरेल, केदार तिमिल्सिना, शेर केशीको सहयोगी भुमिका रहेको थियो ।

 

प्रतिक्रिया