अमेरिकामा बिना सूचना अर्काको घरमा टुप्लुक्क पुगे घरमुलीले आँखी भुई किन जोडदछन ?

इनेप्लिज २०७४ असार ६ गते २२:१५ मा प्रकाशित

अमेरिकामा अनौठो चलन छ l अमेरिकामा आफैलाई जन्म दिने बुवा आमालाई पनि भेट्न समय कूर्नु पर्ने हुन्छ भन्दा विश्वास नै लाग्दैन l आफैले पाएका सन्तानले पनि जतिबेला पायो त्यति बेला माता पिता भेट्छु भन्दा नेपाल जस्तो पाउदैनन l यस्तो परिपाटी देख्दा अमेरिका भर्खर गएका नेपाली समुदायलाई अनौठो लाग्दछ l अमेरिकामा बिना सुचना बाआमाको घर पनि जान पाईदैन l बाउआमाले पनि छोराछोरी हुन् भनि सूचना बिना गए सात्तो खाने गर्छन l अमेरिकामा कसै संग भेटघाट गर्न मन लागे पहिलो कर्तब्य सूचना दिनै पर्छ l

कुनै पनि पुस्तकमा लेखिएको नियम कानुन हैन l ब्यबहारिक रुपमा यसलाई कार्यन्वयन गरिन्छ l नेपाल जस्तो छिमेकि संग गएर चिया पिउदै गफ गरौला भन्ने अमेरिकामा चल्दैन l आफ्ना दाजुभाई दिदि बहिनि कहाँ जति बेर मन लाग्यो त्यति खेर जान्छु भन्दा ठुलो झगडा पनि भएको घटना घटेको देखिएको छ l भेट्ने हो भने बिना सूचना अमेरिकामा पचाउदैन l पद्धति नै त्यस्तो हुन्छ l

मानिसले ब्यबहारिकता देखेर सिक्दछन l सयुक्त परिवारमा बस्ने अमेरिकामा प्रचलन छैन l अमेरिकामा मानिस ज्यादा गोपनियता पनि चाहन्छन l गोपनियता भंग हुने भयले पनि यसरि बिना सूचना आउनेलाई रोकावट गर्दछन l पुर्व सूचना बिना भेट्ने गरि आए पनि छिमेकिले समेत ढोका खोल्दैनन l

साथीभाईले समेत आवस्था नै गर्दैनन् l आफन्त कहाँ जौ भनेर बिना योजना घरमा गै भेटघाट गर्ने कल्पना पनि गर्नु हुदैन l त्यसो गर्ने चलन नै छैन l जो जसलाई भेट्ने हो पहिले सूचना दिने अनि मात्र समय मिलाएर भेट्ने गरिन्छ l १८ नाघेका छोराछोरीले पनि आफ्ना बुवाआमालाई सरल रुपमा भेट्न दिदैनन किनभने उनीहरु पनि आफ्नो गोपनियता राख्न चाहन्छन l

अमेरिका ७ दिन २४ घण्टा नै चल्ने देश भएकोले मानिस अत्यन्तै व्यस्त हुन्छन l र ,व्यस्त समयमा थकित अवस्थामा आएका अतिथि देउता नै भए पनि थकित भएका को कन्सिरी तात्दछ l बिना सूचना आएका पाहुना देख्ने बितिकै मानिसको रक्तचाप बढ्ने हुन्छ l

बिना बोलाए मेहमान भन्ने हिन्दि उखान जस्तै कन्पारा तातेर मुखको हाउ भाउले मानिस रिसायो भन्ने बुझ्दछन l यसरि बिना सूचना आए पछि चिया पनि नसोधे पनि हुन्छ भन्ने चलन पनि छ l बस पनि नभन्ने चलन छ l बिना सूचना आएको कारण अदालतमा मुद्धा पनि चलि रहेको छ l

घर बहाल लिन घर मालिक जादा किन बिना सूचना आएको भनि प्रहरी बोलाउने घटना पनि अमेरिका घट्दछ l अमेरिकामा आएका सबैले गाठो पर्नु पर्ने कुरा भनेको सूचना दिएर जादा आफन्त भए पनि ,आफ्नै परिवार भए पनि आफ्नै साथी भए पनि कहिले मन दुखाउनु पर्दैन l नेपालमा हुर्केका बढेर आएकालाई अलिक असजिलो तथा अनौठो लागेता पनि प्रचलन नै नभएकोले बिस्तारै सिक्दै जानु पर्छ l

अमेरिका आएका नेपाली समुदाय अधिकांस यो प्रचलन बारेमा सहमत छन l नेपाली समुदाय पनि बिना सूचना कहिँ पनि जाने गर्दैनन् l कसैले कसैलाई भेट्न पनि धेरै टाडा जानु पर्ने हुन्छ तसर्थ बिना सूचना मानिस हिड्ने चलन पनि छैन l बिना सूचना मानिस भेट्न आए भने घरवाला बाहिर भोज छ या अन्य बहाना बनाई बाहिर निस्कने पनि गर्दछन l

बिना सूचना जबर्जस्त घर घुस्ने प्रवृतिका मानिस आए भने अनेक बहानामा घर मालिक छडकिन्छन l पछाडी आउनु भनि बहाना बनाई फर्काई दिने पनि गर्छन l बिना सूचना अर्काको घर जाने गरे अस्वाभाविक मनिन्छ l जसको कारण भै रहेको सम्बन्ध चिसिने गर्दछ l एक आपसमा तिक्तता हुन्छ l सम्बन्ध टुट्ने पनि गर्छ l
भेटघाट गर्न गाउँ जस्तो ,रत्नपार्क बाट भोटाहिटी ,नया सडक बाट सुन्धारा गएको जस्तो नजदिक हुदैन l अमेरिकामा मानिस टाडा बस्ने प्रचलन भएको हुदा सूचना दिनु पर्ने अपरिहार्य भएकोले त्यसो नगरी जादा भेट्ने भन्ने सम्भावना हुदैन l खोजेर ल्याउनु त बुवाआमालाई भनेर पनि खोज्न सकिने अवस्था रहदैन

अमेरिकामा सम्बन्ध रामो बनाउनु छ भने साथीभाई संग पनि भेटघाट गर्न मन छ भने सूचना दिनु बेश l मातापिता आफ्नै हुन् भने पनि भेट्नु छ भने पनि पूर्व सूचना दिन चुक्नु हुदैन l मातापिताले पनि छोराछोरी आफ्नै हुन् भनि भेट्न ईक्षा गरे पनि एक पटक सूचना दिए दिर्घकालिन सम्बन्ध रही रहन्छ l आफ्ना मानिस हुन् भनि बिना सूचना गए तातो तेल जिउमा परे झैँ घरवालाले सातो पनि खाने गर्छन l

बिना सूचना गए आँखी भुई जोडेको देखिन्छ l भुत भुताएको सुनिन्छ l यहाँहरु पनि अमेरिका आउने योजना बनाउनु भएको छ भने अमेरिकामा यस्तो चलन रहेछ भनि मष्तिस्क राख्न मात्र सके कसैले दुखित हुनु पर्ने छैन l

प्रतिक्रिया