बेलायती गोर्खा रेजिमेन्ट भित्र सिसिसि प्रतियोगिता सम्पन्न तर विवादास्पद

इनेप्लिज २०७४ असार १० गते ७:५६ मा प्रकाशित
लण्डन , आषाढ १० । वेलायती दोश्रो गोर्खा रेजिमेन्ट भित्र हरेक बर्ष हुने च्याम्पियन कम्पनी प्रतिस्पर्धा सकिएको छ । बिभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिता समेटिएको च्याम्पियन कम्पनी प्रतिस्पर्धामा बाजी मार्दै २० बर्ष पछी ‘सि’ कम्पनीले च्याम्पियन कम्पनीको उपाधि चुमेको हो । 
 
दोश्रो गोर्खा रेजिमेन्टको ‘सि’ कम्पनीले ईतिहास दोहराउदै २० बर्ष पछी फेरी च्याम्पियन कम्पनीको उपाधि हात पारेको हो । हरेक बर्ष गोर्खा रेजिमेन्ट भित्र प्रतिस्पर्धा गरिने यस प्रतियोगितालाई अत्यन्तै महत्वका साथ लिने गरिन्छ । बटालियन भित्रका कम्पनीहरु विच गरिने च्याम्पियन शिप होडबाजि बर्ष भरी च्याम्पियन कम्पनी हुन पाउने भएकाले पनि प्रतिस्पर्धा चर्चित र कडा रहने गर्दछ ।
 
करिब दुई साता होड बाजि रहने प्रतियोगितामा गत बर्ष पनि ‘सि’ कम्पनीले च्याम्पियन कम्पनीको झण्डा फर्रफराएका थिए । यस बर्षको प्रतियोगितामा ‘ए’ र ‘सि’ कम्पनिको अंक बराबरी रहे पनि कमाण्डिङ्ग अफिसर मुरेले शक्ति प्रयोग गदै पुन ‘सि’ कम्पनीलाई च्याम्पियन कम्पनीको घोषणा गरेका थिए ।
 
कर्णेल मुरेको निर्णयलाई उक्त बटालियनका सैनिकहरुले आफ्नो सामाजिक संन्जालमा छपछप्ती नकरात्मक टिप्पणी र आलोचना गरिरहेका छन् । केहि सैनिकले सैनिक परिसर भित्र निस्पक्ष प्रतियोगिता गरिन आवाश्यक रहेको दावि गरेका छन् भने सिपाई मिलन सारु मगरले यस बर्षको प्रतियोगिता निस्पक्ष रहेको बताए । 
 
मुख्य रुपमा आर्मि दौड प्रतियोगिता, आर्मि ज्ञानको परिक्षा,चादँबारीमा बन्दुकको निशाना, खेलकुद र पौडिवाज जस्ता प्रतिस्पर्धामा उच्च र उत्कृष्ठ नतिजा ल्याउने कम्पनीले मात्रै उत्कृष्ठ नतिजा ल्याउन सक्ने भएकाले कुन कम्पनी सर्ब श्रेष्ठ ? भन्ने छुट्ट्याउन यो प्रतिस्पर्धा आयोजना हुने गर्दछ र यो प्रतिस्पर्धाले अन्यन्तै महत्वपूर्ण भुमिका खेख्ने गर्दछ ।
अर्को महिना देखी विशेष सुरक्षाका लागि वु्रनाई राजदरबारमा खटिन लागेका दोश्रो गोर्खा बट्टालियन बेलायती सेना भित्रको चर्चित बट्टालियनहरुको शिर्ष स्थानमा रहेको अत्यन्तै उत्कृष्ठ बट्टालियन मध्यको एक बट्टालियन हो ।
 
अन्यन्तै अनुभबी र कुशल सैनिक अधिकृतका रुपमा चिनिएका बट्टालियन कमाण्डर लेफ्टिनेन्ट कर्नल जेसि मुरे र गोर्खा मेजर गजेन्द्र आङ्गदेम्वेको नेतृत्वमा तिन बर्षका लागि वु्रनाई राजदरबारकोे सुरक्षाको जिम्मा दोश्रो गोर्खा राईफल्सले लिन लागेको हो । यस बट्टालियनले महत्वपुर्ण जिम्मेवारीहरु उत्कृष्ठ व्यवसायिक कुशलताका साथ पुरा गर्दै आएकाले पनि दोश्रो गोर्खा राईफल्सलाई व्रिटिस सेना भित्र बिषेश सम्मानित नजरले हेर्ने गरिन्छ ।
 
च्याम्पियन कम्पनिका कमान्डर मेजर ओल्ड फिल्ड, सहायक कमान्डर क्याप्टेन सन्जिब राई अनि कम्पनी सार्जन्ट मेजर डब्लुओटु लाख बहादुर गुरुङ रहेका थिए । च्याम्पियन कम्पनिका लागि विशेष संयंोजन वारेन्ट अफिसर वान भोजपुर निवासी संगम राईले गरेका थिए ।

प्रतिक्रिया