एनआरएन अमेरिकाको कोषाध्यक्ष पदमा सतेन्द्र शाहको उम्मेदवारी

इनेप्लिज २०७४ असार १२ गते १:५४ मा प्रकाशित

एक दशक देखि न्यु योर्कलाई कर्म थलो बनाउदै आएका र हाल कार्यकारी समितिका सदस्य समेत रहेका सतेन्द्र शाहले आगामी २०१७-२०१९ कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् l बाणिज्य बिषयमा अध्ययन गरेका शाह न्युयोर्कमा परियोजना लेखापाल मा कार्यरत छन् l

शाह मदेसी एसोसिएसन इन अमेरिकाका सल्लाहकार तथा अन्य संघ/संस्थामा संलग्न छन् l गैर आवासीय नेपली संघ अमेरिकामा एक कार्यकालको काम गरि सकेको अनुभवलाई अझै एक तह माथि उठाउने प्रयास गर्ने र एनआरएन अमेरिकाको कोषाध्यक्ष पदमा काम गर्ने मौका पाएमा संस्थाको लेखा पद्धतिलाई अझ ब्यबसायिक गर्ने उनले बताए l

उनले अगाडी भने श्रोत-बिकासलाई व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्न आफुले उम्मेदवारी दिएको बताए l नेपाल परियोजना ,आपतकालीन कोष, नेपाल सहायता कोष र अमेरिका भित्र आयोजना गरिने परियोजनाहरुको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गरिनु पर्छ भन्ने उनि बताउदछन l

कोषाध्यक्ष भनेको कोषको हिसाव राख्ने मात्र नभएर संस्थालाई दिर्घ-कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु समेत रहेकोले आफु त्यो सपना लिएर कोषाध्यक्षको लागि उम्मेदवारको घोषणा गरेको बताए l

प्रतिक्रिया