चार भाषाको सत्र स्रष्टा मधेस रत्न सम्मानले अलंकृत

इनेप्लिज २०७४ असार १९ गते १४:२१ मा प्रकाशित

तराई–मधेसमा बोलिने मुख्य चार भाषाका सत्रजना अग्रज स्रष्टाहरुलाई मधेस रत्न सम्मानले अलंकृत गरिएको छ । मधेसको भाषा र संस्कृतिको उत्थानमा विशिष्ट सेवा पु¥याएका मैथिली, बज्जिका, भोजपुरी र अवधि भाषाका सर्जकहरुलाई मधेस सांस्कृतिक प्रतिष्ठान नेपालले मधेस रत्न सम्मानले अलंकृत गरेको हो । रौतहटको कटहरियामा सहरी विकास मन्त्री प्रभु साहले चारवटा भाषाका सर्जकहरुको सम्मानले मधेसका भाषा र संस्कृतिलाई जोड्न र अपनत्व विकास गर्न मदत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

मधेस रत्न सम्मानले मैथिली भाषाका राम भरोस कापर “भ्रमर”, गुरुदेव कामत, विनीत ठाकुर र रामा मन्डल, बज्जिका भाषाका सञ्जय साह “मित्र”, शीतल गिरी, सञ्जय सुदामा, राम बाबु पटेल, समतोलिया मुखिया र राम सागर साह, भोजपुरी भाषाका गोपाल अश्क, उमाशंकर द्विवेदी “दधिचि”, दिनेश गुप्ता, राम प्रसाद साह र गोपाल ठाकुर तथा अवधि भाषाका विक्रममणि त्रिपाठी र विष्णुकुमार प्रजापतिलाई अलंकृत भएका हुन् । तराई–मधेसमा प्रचलित विभिन्न किसिमका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको कार्यक्रममा मैथिली भाषा र संस्कृतिको विषयमा राम भरोस कापरी “भ्रमर”, बज्जिका भाषा र संस्कृतिको विषयमा सञ्जय साह “मित्र”, भोजपुरी भाषा र संस्कृतिको विषयमा गोपाल ठाकुर तथा अवधि भाषा र संस्कृतिको विषयमा विक्रममणि त्रिपाठीले त्रिपाठीले मन्तव्य राखेका थिए ।

 

ठूलो संख्यामा भाषा–साहित्य तथा संस्कृतिकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष उपेन्द्र सहनी र संयोजन विजय यादव निर्बीजले गरेका थिए

प्रतिक्रिया