New Teej Song 2074- पापी घरैमा

इनेप्लिज २०७४ असार २० गते १४:५५ मा प्रकाशित

लण्डन । पत्रकार नरेन्द्र बस्नेतको तिज कोशेली पापी घरैमा वोलको म्युजिक भिडियो सार्वनानिक भएको छ । हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर कला पंगेनी र खुमन अधिकारीको स्वर, कृष्ण बिकको संगीत अनि नरेन्द्र बस्नेतको शब्दमा “पापी घरैमा” बोलको तीजको गीतको म्यूजिक भिडियो विहीवार गोर्खा रेडियो यूकेले सार्वजानिक गरेको हो ।

परदेशमा रहेर आफ्नी पियारी प्रतिको सम्झनास्वरुप तयार गरिएको यस गीतमा पियारीलाई आफू दुई चार साल पछि फर्किने बाचा गर्दै महिलाहरुको गहनाप्रतिको रुची, भोकै ब्रत बस्ने प्रचलन रहेको हुँदा स्वास्थ्य प्रति ख्याल राख्नुपर्ने,बाबुआमालाई राम्रो हेरविचार गर्नुपर्ने, दुखमा आत्तिन नहुने जस्ता शन्देश दिन खोजिएको छ । म्यूजिक भिडियोमा चर्चित मोडलहरु अन्जली अधिकारी र महेन्द्र गौतमको जोडदार अभिनय रहेको छ । भिडियोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया