प्रथम उत्तर अमेरिकि महादेश ब्यापि नेवाः भेला सम्बन्धि प्रेस बिज्ञप्ति

इनेप्लिज २०७४ असार २१ गते ३:३७ मा प्रकाशित

बिस्व भरि छरिएर रहेका नेवाः समुदायलाई एकत्रित गरि अद्वितिय नेवाः संस्क्रिति,परम्परा, भाषालाई बिस्व भरि परिचय गराई यस्को संरक्षण तथा सम्बर्द्दनमा भाबी सन्ततिलाई अग्रसर गराउने उद्देश्यले स्थापित वर्ल्ड नेवाः अर्गनाईजेसन ले यस्को पहिलो अधिबेसन २०११ मा लण्डन, संयुक्त अधिराज्य र दोश्रो अधिबेसन २०१६मा बाल्टीमोर, अमेरिकामा सम्पन्न गरिसकेको छ ।

वर्ल्ड नेवाः अर्गनाईजेसनको उद्द्श्यलाई साकार पार्न यस संग आबद्द स्थानिय संघ सन्स्थाहरु लाई सक्रिय गराउने उद्देश्य अनुरुप क्यानेडियन नेवाः गुथिको संयोजकत्वमा र नेवाः कल्चरल सोसाईटि अफ अल्बर्टा को सहयोगमा यहि आउन्दो सेप्तम्बर १ देखि ३ सम्म उत्तर अमेरिकि महादेश ब्यापि नेवाः भेला गर्ने ब्यहोरा यहाँहरु समक्ष जानकारि गराउन पाउन्दा हामि लाई धेर खुसि लागेको छ। यो भेलामा उत्तर अमेरिकि महादेश तथा अन्य क्षेत्र का बिद्वान , संघ सन्स्थाका प्रतिनिधि र महानुभाब गरि करिब २०० जनाको सह्भगिता हुने अनुमान छ ।

उत्तर अमेरिकि महादेश तथा अन्य क्षेत्रमा रहेका नेवाः समुदाय लाई एकत्रित गरि नेवाः संस्क्रिति,परम्परा, भाषालाई संरक्षण तथा सम्बर्द्दन गर्ने यस भेलाको मुख्य उद्देश्य हो भने मूल नारा” उत्तर अमेरिकि महादेश स्थित नेवाः समुदायको एकता” रहेको छ । ३ दिन सम्म हुने भेलामा मुख्य दिन सेप्टेम्बर २ का दिन उदघाटन समारोह, बिभिन्न बिद्वानहरु द्वारा कार्यपत्र प्रस्तुति, छलफल, कार्य योजन तथा प्रस्ताब पारित गर्ने कार्यक्रम रहेको छ भने नेवाः समे बजि, नेवाः भ्वय (भोज ), नेवाः तथा नेपाली संस्क्रिति झल्किने सांस्क्रितिक कार्यक्रम पनि प्रस्तुत गरिने छ।

कुनै पनि कार्यक्रम सफल पार्न संचार माध्यमको अपरिहार्य भुमिका रहने भएको हुनाले यहाँहरुले आफ्नो संचार माध्यम बाट यो भेला बारे प्रचार प्रसार गरिदिनु भई सहयोग गरिदिनु हुन आयोजक समुह हार्दिक अनुरोध गर्दछ ।

वर्ल्ड नेवाः अर्गनाईजेसन
क्यानेडियन नेवाः गुथि ब्राम्पटन, क्यानडा
नेवाः कल्चरल सोसाईटि अफ अल्बर्टा जुलाई ०३, २०१७

प्रतिक्रिया