मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: १०:०२ | Washington DC: 23:17

लिउलाई उपचारका लागि विदेश लान खतरा छैन : विज्ञ

बेइजिङ, चीन, २६ असार । अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञले जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका यात्रा गर्न सम्स्या नहुने भन्दै चिनियाँ चिकित्सकले यसअघि दिएको सुझावमा वाझिने खालको राय दिएका छन् । 

उनीहरूले लिउको स्वास्थ्य परीक्षण तथा ल्यावको रिपोर्टका आधारमा उपचार गर्न विदेश जानसक्ने जनाएका हुन् ।
अमेरिकी एमडी एन्डरसन क्यान्सर सेन्टरका क्यान्सर रोग विशेषज्ञ तथा जर्मनीको हेडलवर्ग विश्वविद्यालयका चिकित्सक मार्कुस बुकलरले लिउलाई उपचार गर्न विदेश जाने अनुमति दिएपनि उहाँलाई विशेष स्वास्थ्य सेवासहितको हवाई एम्वुलेन्सको सहायतामा उपचारार्थ विदेश लग्न सुझाव दिइएको छ ।
जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि केही समय पहिले रिहा गरिएकोे थियो ।
गत मे महिनाको २३ तारिखमा उहाँको कलेजोको उपचारको क्रममा उहाँलाई क्यान्सरको समस्या देखिएको थियो । कलेजोको क्यान्सरबाट पिडित उहाँलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त गरिएको थियो ।
लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे ।
लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उहाँले तीन बर्ष मात्रै जेलअवधि पुरा गर्नुभएको छ ।
लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघिदेखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको थियो । एएफ्पी

२०७४ असार २९ गते १०:२६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी