सोमबार, साउन ९ २०७४ | Mon, July 24, 2017
नेपालको समय: १४:३० | Washington DC: 04:45

तपाईहरूको अमुल्य मतको सधै क़दर र सम्मान गर्नेछु- हरिशचन्द्र हमाल (उपाध्यक्ष उम्मेदवार गैर आवासीय नेपाली संघ अमेरिका)

वर्तमान एनआरएनको बोर्ड अफ डाइरेक्टर हरिशचन्द्र हमालले गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । बिगत २१ बर्षदेखि अमेरिकाको न्युयोर्क राज्यमा बसोबास गर्दै आएका वर्तमान एनआरएनको बोर्ड अफ डाइरेक्टर हरिशचन्द्र हमालले आफूले अमुल्यमतको सधै क़दर र सम्मान गर्ने प्रण गर्दै एनअनएनको उपाध्यक्षमा जिताउन सबैमा अपिल समेत गरेका छन् । आपत् बिपतमा नेपालका दुर्गम क्षेत्रमा विभिन्न संस्थाहरूसंग सहकार्य गरेर सामाजिक कार्यमा संलग्न हुदै आएका छन् ।

न्यु योर्कमा रहेर भाषा अनुवादक सम्बन्धी काम गर्ने हमाल बुवाको समर्पणबाट प्रभावित भएर राजनीतिमा लागेको बताउछन् । नेविसंघको विद्यार्थी राजनीतिबाट राजनीति यात्रामा होमिएका उनले सानै उमेरमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेतालाई चिन्ने अवसर पाएँ । ९ वर्षकै उमेरमा सुवर्णशम्सेरलाई भेटेको अनुभव रहेका बताउने हमालका माइलो दाइ भने क्रान्तिकारी थिए ।

 

नेपाली कांग्रेस दार्चुला जिल्लाको अधिवेशनको क्रममा शेरबहादुर देउवा प्रतिनिधीको रुपमा आउँदा हमाल उपसभापति थिए । उच्च शिक्षाको लागि अमेरिकामा बस्दै आएका उनले कानुनमा मास्टर् गरेका छन् । अमेरिकामा एलाएन्स फर डेमोक्रेसीमा सदस्य भएर काम गरेका हमालले अन्य संस्थाहरुसँगको समन्वयमा काम गरेको समेत अनुभव छ । अधिकार क्षेत्रमा काम गर्ने संस्थामा स्वयंसेवक भएर समेत काम गरेको अनुभव संगालेका हमाल सन् २०१५ मा एनएआरएनमा बोर्ड मेम्बर भएका हुन् ।

२०७४ असार ३१ गते १९:४६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी