एनआरएन अमेरिकाको आसन्न चुनाव : सचिवमा उम्मेद्वारी दिएका लामाको के छ चुनावी योजना ?

इनेप्लिज २०७४ साउन १ गते १९:१६ मा प्रकाशित

१६ जुलाई, २०१७ क्यालिफोर्निया ।

गैरआवासीय नेपाली संघ अमेरिकामा आसन्न चुनावको पूर्व सन्ध्यामा विभिन्न पदमा उम्मेद्वारी दर्ता गर्नेहरुले विभिन्न खाले चुनावी नारा अघि सार्दै आफ्नो उम्मद्वारीको घोषणा गरेका छन् । पछिल्लो समयमा सचिवमा उम्मेद्वारी दिनुभएका टेक लामा वाईवाले पनि आफ्ना विभिन्न खाले चुनावी योजना अघि सार्दै यसलाई पुरा गराउन आफूलाई सचिव पदमा विजयी गराउन आग्रह गर्नुभएको छ । विशेषत : अमेरिकामा रहेका युवाहरुका प्रिय लामाका आगामी चुनावी एजेन्डाहरु युवा केन्द्रीत छन् । जसले युवाहरुको मन जित्ने देखिन्छ ।

क्यालिफोर्निया लस एन्जलसमा बसोबास गर्दै आउनुभएका वाईवाले यसपटकको चुनावी कार्यक्रममा वाईवाले युवालाई केन्द्रित गरि युवा हटलाईन हटलाईन परामर्श सेवा सञ्चालन गर्नेदेखि युवा विद्यार्थीका लागि सामूहिक आवासको व्यवस्था गर्ने सम्मका कार्यक्रम अघि सार्नुभएको छ । अध्ययनका लागि अमेरिका जाने नेपाली युवा विद्यार्थीहरुको संख्या बढ्दै जाँदा उहाँले ती युवा विद्यार्थीलाई लक्षित गरी कार्यक्रम अघि सार्नुभएको छ । पछिल्ला वर्षहरुमा वाईवा युवा विद्यार्थी तथा अमेरिकामा रहेका युवा पंक्तिमाझ विभिन्न खाले कार्यक्रमका साथ उपस्थित भै रहनुभएको छ । यसका अलवा अन्य विभिन्न खाले क्षेत्रिय र राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत उहाँको सक्रियता उत्तिकै छ । अमेरिकाको क्यालिफोर्नियामात्र नभै अन्य विभिन्न राज्यमा रहेका नेपालीहरुमाझ पनि वाईवा उत्तिकै चर्चित हुनुहुन्छ । युवा समस्या, त्यसको समाधान तथा अमेरिकामा रहेका नेपाली युवाको विकास र विस्तारका लागि गर्न सकिने योजना र भोलिका दिनमा यसलाई मातृभूतिप्रति कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने वाईवाको योजना छ ।

यसका लागि उहाँले हरेक प्रान्तमा रहेका युवाहरुलाई फरक फरक ढंगको कार्यक्रममार्फत् सम्बोधन गरिने उहाँको योजना छ । यसका अलावा अमेरिकामा गैर आवसिय नेपालीहरुले बिभिन्न अनुमति पत्रका लागि दिनु पर्ने परिक्षाको भाषा र ब्यवस्थालाई थप आप्रवासी मैत्री बनाउने, त्यसका लागि नियकमक निकायमा सक्दो दबाब दिनेलगायतका कार्यक्रम उहाँले अघि सार्नुभएको छ । नेपालको गोर्खा जिल्लामा जन्मुभएका प्रजातान्त्रिक विचार प्रति प्रगाढ आस्था राख्ने वाईवाले २०४५÷४६ सालदेखि नै परिवर्तनको आन्दोलनमा आफूलाई सक्रिय रुपमा सहभागी गराउनुभएको थियो । विद्यार्थी कालमा नेविसंघको विभिन्न तह र तप्कामा रहेर काम गर्दै आउनुभएका वाईवाले नेपालका शारीरिक अपंगता भएका बालबालिकाको क्षेत्रमा पनि गैर सरकारी संगठनमार्फत् विभिन्न क्षेत्रमा पुगेर उल्लेख्य योगदान पु¥याउनुभएको थियो । संस्थामार्फत नेपाल र जापानका विभिन्न शहरमा पुगेर पनि उहाँहरुले बालबालिकाको हितका लागि कार्यक्रमहरु आयोजना तथा सहभागीता जनाउनुभएको थियो ।

संस्थामार्फत् प्राप्त भएको एम्बुलेन्सले हाल चितवनको भरतपुरमा सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभएको छ । विगत १० वर्षदेखि अमेरिकामा रहँदै आउनुभएका उहाँ तामाङ् सोटाईटी लस एन्जलस च्याप्टरको अध्यक्ष तथा एकता समाजको बरिष्ठ उपाध्यक्षको रुपमा रहनुभएको छ । यसका अलावा विभिन्न सामाजिक संघ संस्थामार्फत् उहाँले आफ्नो समाजसेवी पाइलाहरुलाई अघि बढाईरहनुभएको छ । आफूले विगतदेखि नै समाजसेवाको क्षेत्रमा कार्य गर्दै आइरहेको र यो अपुग रहेकोले एनआरएनजस्तो पवित्र संस्थाको कार्यसमितिको सचिवको रुपमा काम गर्न पाएको खण्डमा यसलाई थप अघि बढाउने सोच र अमेरिकामा रहेका शुभचिन्तक तथा साथिभाईको सल्लाह अनुसार नै आफूले सचिव पदमा उम्मेद्वारी दिएको उहाँको भनाई छ । उहाँले आफूलाई मत दिएर विजयी बनाई युवा परिवर्तन तथा समाजसेवा र मातृभूतिप्रतिको दायित्व पुरा गर्ने महत्वपूर्ण अवसर प्रदान गरिदिनुहुन सबैमा विशेष आग्रह गर्नुभएको छ ।

 

 

प्रतिक्रिया