बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: ०७:११ | Washington DC: 20:26

धर्मले चुडिएको सम्बन्ध

आखामा हजारौ सपना बोकेर सुरज बागलुङ देखि काठमाडौको गाडी चड्छ ।भर्खरै उच्च मावी सकाएर घरको समस्याले गर्दा पढाइ अगाडी नबढाउने सोच बनाएर कामको खोजिमा काठ्माण्डौ जान लागेको थियो । गाडी चड्दै गर्दा खुसी , उत्साह , आनन्द र मनको कुनै कुनामा थोरै मात्रामा डरले मनमस्तिष्कमा ठुलै नारा लगाइरहेको थियो । काठमाडौ आफ्नै गाउको भिमसेन दाइले उसलाइ `आइज न त म सकेको सहयोग गर्छु ´ भनेका थिए । उसले बसपार्कमा पुग्दा अचम्मले भरिएको आखाले एकपटक ठूलो सहरलाइ निहालेर हेर्छ । ठुलो शहर , कती धेरै मानिस र गाँउले परिवेशमा हुर्किएको केटो , यो सब कुरा उसका लागी आच्चम लाग्नु स्वभाविकनै थियो । गाउका दाइले सुरज आउने खबर पाइसकेका थिए र खबर अनुसार उस्लाइ लिन बसपार्कमा लिन जान्छन । ठूलो शहरमा पुगेको उ बसबाट ओर्लदा आफ्ना कसैलाइ नदेखेपछी उसका खुट्टा लुगलुग काप्छन तर आँखाले भने आफ्नो दाइलाई परै बाट देख्छ र नजिक गएर नमस्कार भन्छ । दाइले झ्याप्प अंगाल्छ अनि आफ्नो डेरा तिर लान्छन ।

भिमसेन दाइ `हेर भाइ त मेरो आफनो भाइ नभए पनी भाइ भन्दा कम होइनस , अब गुनको कुरा नगरेस है, ए साची तेरो आउने खबर पाएर अब कामैको लागि त होला भनेर , त्यहा अली पर फेन्सी पसलमा कुरा गर्देको छु अहिलेलाई त्यही गर यहाको वातावरण बुझ पछी मन नपरे अर्को गर्लास हुन्न र ? ´ भन्छन । सुरजलाइ चाहिएको काम थियो , जादाजादै पाउदा खुशीनै थियो `किन नहुने हुन्छ दाइ ´भनेर भन्दछ । बेलुकि खाना खाएर सबै काम भ्याएपछी ` ल भाइ सुत , भोली भिहानै 8 बजे जानुपर्छ है ´ भनेर भिमसेन दाइ सुत्छन । सुरज हवस भनी मनमा भोलीको मिठो बिहानीको आशा लिई सोच्दै सोच्दै निदाउदछ । रातमा मोबाइल बज्छ आमाको फोन देखेर डराउछ , ला ! मैले त आमालाई फोन गर्नै बिर्सिए छिटोछिटो फोन उठाउदछ र एकै सासमा `आमा म राम्ररी आइपुगे भिमसेन दाइसँगै बसेको छु´ भन्दछ । उता बाट आमाले `पुगेपछी एकपटक आमा बालाई फोन गर्नपर्छ भनेर याद पनी आएन है शहर पसून नपाउदै बिरानो भइस त बाबु´भनेर भन्दछिन । अनी सुरज `आमा त्यसो नभन्नु यहा हतारहतार भएर हो´ भन्दछ अनी आमालाई भोली काममा जाने कुरा बताउद्छ आमाको मन त हो आखिर `बाबु बिरानो ठाउ अन्जान शहरमा मान्छेहरू मन पेट नदिएस नी काम राम्ररी गर्नु जे पाए त्यही नखाएस है´ भनेर सम्झाउछिन आमा छोराको फोनमा कुरा केही समय चल्दछ अनी सुरज सपनाको सहरमा मिठो सपना बोकी भोली बिहानको मिठो कल्पना लिदै निदाउद्छ। बिहान 6 बजेको हुन्छ भिमसेन दाइले `भाइ ओइ भाइ उठ्ने होइन ? काममा जान ढिला हुन्छ नी फेरी ´भनेर भन्दा उ जुरूक्क उठ्दछ र हातमुख धोएर चिया बनाएर चिया पिउद्छन । र , कोठाबाट कामको लागी निस्कन्छन । भिमसेन दाइ अघीअघी सुरज पछीपछी नया ठाउँ छक्क पर्दै पछी लाग्छ । भिमसेन दाइ ठुलो फेन्शीको अगाडी पुगेर सुरजलाइ देखाउदै भन्छन `भाइ यही हो है पसल साउ मुस्लिम हो , राम्ररी बोल्नु´भन्दछ । सुरज हुन्छ दाई भनी भित्र जान्छ । भिमसेन दाइ `सलाममालिकम साहाब जी´ उता पसलको मालिक `सलाममालिकम यही हो केटो भिमसेन भाइ तिमिले भनेको भनेर´ सोध्दछन ? सुरज हतपत `नमस्कार हजुर´ भनेर भन्दछ । भिमसेन दाइ `हो हजुर अब मैले ल्यादिए क्यारे , गाउबाट भर्खरै आको अली सोझो छ है भन्दछन´ । मालिक `ठिक छ काम त हामी सिकाईहाल्छ नी यसलाई बिहान ८ बजे बाट बेलुका ८ बजेसम्म तलब अहिले ८००० पछी बाकी म हेरौला बिहान र बेलुका खानपिन सब मेरो जिम्मा सिर्फ सुत्ने बन्दोबस्त गर्नु´ भनेर भन्छन । सुरज केही नबोली टाउले हुन्छ भन्ने इशारा गर्दछ । भिमसेन दाइ `ल भाइ बेलुका भेट हुन्छ , अब म पनी काममा जानु छ , यो बोक अर्को चाबी म ढिला हुन पनी सक्छ भनी चाबी सुरजको हातमा थमाएर म लाग्छु है , साहाब जी´ भनेर भिमशेन दाइ जान्छन ।

मालिकले नाम ठेगाना सबै सोध्छन अनी `ओइ श्यामु यहा आइज त यो नया केटा आछ सब काम राम्ररी बताइदिनु है´भनेर जान्छन । श्यामु सुरज सँग हात मिलाएर `म श्याम है सबैले श्यामु भनेर बोलाउछन, घर मेरो रामेछाप अहिले ५ वर्ष भयो काठमाण्डौ मा नै छु । सुरजले `म सुरज बागलुङ घर भर्खरै आएको काठमाडौ´ भनेर भन्दछ । कपडा देखाउने ,पट्याउने काम सुरूमा गाह्रो त भयो तर सिक्दै जान्छ , गाह्रकसँग बोल्न अली गाह्रो हुन्छ सुरजलाइ , तर पछी बिस्तारै बुझ्दै गयो । बेलुका भिमसेन दाइसँग दिउसो काम , घरमे फोन पनी गर्थ्यो बेलाबेलामा र पैशा पनी पठाउने गर्थ्यो । एक दिन `सुरज श्यामु यता आओ त´भनेर मालिकले बोलाद्छ छिटोछिटो जान्छन मालिकको आढमा सुन्दर केटी देख्छन अनी नबोली उभिन्छन । उनी मेरी छोरी भनेर चिनाउछन , नमस्कार गर्छन `म भोली बाट सात दिन आउदिन भारत तिर कपडा लिन जानुछ यिनी आउछीन भनेको मान्नु है´भनेर भन्छन । हस हजुर भनेर भन्छन , २० वर्ष उमेरकी केटी राम्रीनै थिई । कपाल छोटा , अग्लि , गोरि र हास्दा दायाँ र बायाँ दुबै पटि डिम्पल बस्ने ।भोलिपल्ट बिहानै बाट आउन थाल्छे पसलमा , उसले सुरजलाइ हेरिरहन्थी । उसको काम गराइ , सोझो व्यवहार देखेर आफनो मन सुरज तर्फ लान्छे र माया गर्न पुग्छे सुरज सिधा तरिकाले इमान्दारिताले काम गरेको देखेर उसले `यता आउ त भनेर बोलाउछे नाम के हो तिम्रो ´भन्छे । सुरज अली डराउदछ सुरज हो हजुर भन्छ । मज्जाले हास्छे डिम्पल देखाएर र भन्छे `मलाई हजुर तपाई भन्नु पर्दैन ल बुझेउ ? म रेशमा अब देखी रेशमा भन्ने ´भनेर भन्छे । सुरजले रेशमाले लुकाएर मनमा राखेको माया बुझ्दछ र हुन्छ भनी काममा लाग्दछ दिनदिनै रेशमा सुरजको माया बढी गर्न लागेको थिई उसले मन पराउछु भनेर मात्र मुख खोलेकी थिइन बाकी सबै मायाको व्यवहार देखाउथी खाना खाजा सबैसँगै खान्थे सुरजको मन पनी रेशमा तिर सरिसकेको थियो तर तर मालिकको छोरी मुस्लिम पनी हो भो भनेर मनलाई रोक्छ यता रेशमाले प्रेम झनझन बढेको महशुश गराउथी ।

श्यामेले पनि सुरजलाई जिस्काउन थाल्छ ` के हो ह ? मैले त चाला माला निको मान्दिन त। ´ सुरज `जे पाए त्यही नबोल है , त्यस्तो केही होइन ´भन्छ । तर मन त सुरजको पनी मायामा परीसकेको थियो मालिकको छोरी र उसको धर्म सोचेर मन रोक्न खोज्थ्यो , तर मन काहा मान्थ्यो ।उनीहरूको माया बढ्दै थियो रेशमाले अन्तिम दिन `सुरज म भोलीबाट आउदिन नम्बर देउ´ भनेर नम्बर माग्छे । अब त पक्का पक्की माया गर्छे त्यो कुरा सुरज झन ढुक्क हुन्छ , अनी चाबी बन्द गरेर हातमा दिदा रेशमाले अंगालो हालेर `म माया गर्छु तिमलाई सुरज ´भन्दै आखाबाट आशुको थोपा चुहाउछे सुरजको मन पनी माया गर्छु भन्छ तर , के गर्ने उ खाली मालिकको छोरी र मुस्लिम त्यो मात्र सोच्छ । रेशमा नबोली जान्छे ,त्यो दिन बाटोमा खाली एउटै कुरा रेशमाले भनेको `म माया गर्छु´ उसको मन र मुटुमा गुन्जन्छ । सधै हिड्ने बाटो अनौठो लाग्दछ , पाइला चाल्दा पनि खुट्टा आफ्नो बसमा नभए झै हुन्छ हुन त मन पनि त अहिले कहाँ आफ्नै बसमा थियो र ? माया त सुरजले नी गर्थ्यो , उ के गरम के गरम सोच्दै कोठामा जान्छ खाली सुन्दर मुहार गालाका डिम्पल र मिठो आवाज मात्र अगाडी आउदछ अनि घर पुगेर खाटमा पल्टन्छ । भिमसेन दाइ ` के हो भाइ सन्चो छैन क्या हो ? आज बोलाउदा नी बोलाइनस त ´ भन्छन दाइ आज अली थकाई लागेर हो भन्दछ। त्यतिकैमा नया नम्बर बाट घन्टी बज्दछ ,उसलाई थाहा थियो त्यो रेशमाले गरेकी हो भनेर उसले उठाउद्छ उता बाट हेलो सुन्छ `पुगेउ कोठामा?´ भनेर रेशमाको आवाज सुन्दछ सुरजको मुखबाट आवाजनै निकाल्न गाह्रो भाको झै हुन्छ र `हेलो पुगे भर्खरी´ भन्छ । रेशमा ` सुरज तिमले के सोच्छौ ? तर, म तिमलाई चोखो माया गर्छु मलाई जवाफ चाहियो भन्दा भिमसेन दाइको अगाडि लाज मान्दछ । र, भन्छ म्यासेज मा आउ है भनेर फोन राख्दछ । भिमसेन दाइ `के हो भाइ लभ परेछ क्या हो ? होस गर केटीहरू सँग फेरी लिएर आउलास कोठामा भनेर भन्दा सुरजले कुरा नलुकाई मालिकको छोरी र उसको सम्बन्धको बारेमा भन्छ । `के गरौ दाइ ?´ भनेर भन्दा भाइ आफै विचार गर सोच म के भनम त अब भाइ जिन्दगी तेरो हो क्यारे ,भनेर भन्छन ।

त्यीकैमा `के हो हीरो किन लजाको , मेरो जवाफ खोई ? सोचेर देउ है´ भनेर भन्दा सुरजले सबै कूरा बिर्सन्छ र मायामा उसले पनी `आइ लभ यु ए लट´भनेर म्यासेज गरी आफनो मोबाइलमा पनि माइ लाइफ लेखेर नम्बर सेभ गर्छ र रेसमालाइ पनी आफनो दिलको कुनै एकान्त कुनामा राख्छ तकि कसैले उस्लाइ देखेर आँखा नलाओस । आइ लभ यु भने पछि उसको शरीर हलम हुन्छ , रमाउछ , कराउछ अनि उस्लाइ गुमाउछु कि भनेर फेरि डराउछ । उनीहरूको रात माया र प्रेमको कुरा गर्दैमा जान्थ्यो भिमसेन दाइ हास्थे ` के हो भाइ ´भन्थे । सुरज `के भयो के भयो ´दाइ मायामा परियो घरमा आमाले थाहा पाए मार्छिन , आफु उनीबिना बाचुमला झै लाग्दैन भन्छ। लौ मोज गर भाइ भन्दै भिमशेन दाइ हास्छन । बिदाको दिन घुम्न जाने एकछिन कुरा गर्न नपाए आत्तिने , पहिले एकदिन कुरा नगर्दा आत्तिने अहिले एकछिन कुरा नगर्दा आत्तिने अवस्थामा प्रेमीप्रेमिका पुगेका थिए ।अब लाग्थ्यो उनी दुईलाई छुटाउन गाह्रो थियो । उनी दुई जना त बिहे गर्ने योजना सम्म बनाउन लागे , सुरजले त आफ्नो छोराछोरिका नाम सुद्दा सोचिसकेको थियो ।र , एक अर्का बिना बाच्न नसक्ने भए एकदिन रेशमाको बाबुले थाहा पाउछ । रेशमालाई बोलाएर `त्यो काम गर्ने केटो, त्यही माथी हिन्दु , के देखेर माया गरिस ? न जात न स्तर न धर्म मिल्छ बिर्सिदे भोलीबाट त्यो कामबाट निक्लियो तैले बुझिस ?´ भन्दा बुबा यदि `मैले सुरज पाइन भने म ज्यान दिन्छु ´भनेर रून लागी । बाबु त हो कतै केही गर्ने त होइन भनी `हेर छोरी अब म कसरी सम्झाम तेरो इच्छा नै उ हो भने, म के गर्न सक्छु´ भनेर सहमती कुरा गर्न बाध्य हुन्छ म भोली कुरा गर्छु भन्छ अनी रेशमा अली खुशी हुन्छे। बाबु बाध्य हुन्छ छोरीको कुरा मान्न के गरोस एक्ली छोरी त्यस्तो धम्की दिछ अब मानै पर्यो आखिर एक्ली छोरी हो केटो नी सोझै छ अब यही राख्छु आफैसँग राख्ने सोच बनाइ छोरी म सहमत छु भन्छ । रेशमाले सुरजलाइ बाबुले थाहा पाएको कुरा बताउछे र अब विवाह गर्ने भन्छे । सुरज मन्जुर हुन्छ अनी बाबु र आमालाई मनाउने कसरी सोच्छ ।

मालिकले `लाउ यो कुर्चीमाबस भनेर कुर्ची दिन्छ अब यही बसेर काम हेर्ने ´तिम्रो काम भन्दछ । ` उता श्यामेले केटो अब त मलाई बिर्सने होलास´ भन्छ । `काहा यार तलाई म काहा बिर्सन्छु ´भनेर भन्छ । र, आमालाई फोन गरेर काठमाडौ घुम्न भनी बोलाउछ । आमा बाबु छोराले बोलायो भनेर खुशी हुदै आउदछन । आमाबाबुलाई लिन सुरज चिट्क्क परेर जान्छ र गाडीबाट झरेको देखेपछी `ढोक गरे ´भनेर ढोग्दछ। ` भाग्यमानी हुनु मेरो बाबा ´भन्दै आशिर्वाद दिइन । आमाले चिन्न नसकिने भइचस त फिलिमको हिरो जस्तो देखिछस त बाबै भन्छिन । सुरज मुसुक्क हास्छ , ट्याक्सीमा चढाउदछ र सिधै रेशमाको घर लाने विचार गर्छ , बाटोमा सबै कुरा भन्छ आफनो र रेशमाको बारेमा तर मुस्लिम हुन भनेर भन्दैन । आमाबाबु ` छोरा ठुलो भएछ त हामी त घुम्न बोलायो भनेर खुशी भको त कुरो यस्तो पो रैछ त ´भनेर भन्छिन सुरज हास्छ र उसलाई माया धेरै गर्ने कुरा सुनाउछ , आमाले `ल भै गो म पनी हेर्छु कस्तो केटी मन पराको रछस त ´ भनेर भन्छिन ।

जब रेशमाको घर सुरज बाबु आमा लिएर पुग्दछ स्वागत गर्न रेशमाको बाबु , आमा ढोकामा उभिन्छन उनीहरूको लुगा लगाई देखेर नै मुस्लिम रैछन भनेर थाहा पाउछन । आमाबुवा गाउबाट आएका थिए जात धर्ममा निकै विश्वास गर्थे भित्र त जान्छन तर खुशी देखिएनन सुरजका बाबु आमा । अनी सुरजको बाबुले भन्छन `केटाकेटीको यस्तो रैछ ,अब हामीलाई बल्ल थाहा भयो ।´ अहिले हतार नगरौ अली समय लगाएर कुरा अगाडी बढाउने भनी छिटै भेट्ने वाचा गरी बिदा माग्छन ।

त्यहा बाट निस्किएपछी सुरजकी आमाले `बाबु हेर ,अरू कुनै केटी पाएनौ ? यती धनी अनी त्यही माथी मुस्लिम केटी नै ? बाबु बिर्सिदे हामी सहमत हुनेछेनौ ´ भन्छन । सुरज के गरोस माया पनी बेसरी गर्थ्यो रेशमालाई यता आमाको त्यो कुरा के गरोस विचारा मलिन अनुहार लिएर होटल लिएर जान्छ कोठामा साघुरो भएकाले त्यो रात होटलमा राख्दछ ।

आमाले उसलाइ गरेको प्रश्न पनि धाइ भएर मुटुमा रहन्छ र बिस्तारैबिस्तारै उसैलाइ नै काटिरहन्छ । रात भरी आमा र बाबुको किच किच त्यो केटी हुन्न मात्र भनेको सुनेर हैरान हुन्छ भोलीपल्ट हामी जान्छौ , हाम्रो निर्णय त्यही हो की ` हामलाई बिर्सी की त्यो केटीलाई´ भन्छन लगेर बिहानै बस चढाईदिन्छ यता रेशमाको फोन र म्यासेज के भयो सुरज तिम्रो बुबा आमाले किन केही नभन्नु भाको भनी म्यासेज को ओइरो थियो । कठै बरो ! त्यो मन यता आमाको कुरा उता रेशमाको माया बिचरो अब के गर्ने के भएर भेट्न बोलाउदछ रेशमालाई भेटेर सबै कुरा आमा नमानेको कुरा भन्छ र अब मलाई बिर्सिदेउ भन्छ । रेशमाले रूदै भन्छे ` कती सजिलै भनेउ बिर्सिदेउ भनेर है ? सुरज के गरोस आमाको माया पनी लाछ यता रेशमाको पनी के गर्ने के नगर्ने हुन्छ । त्यो दिन काममा नगई कोठामा गएर दिन भर सोचेर बस्छ रेशमाको फोन र म्यासेछ आइरहन्छ माया नै माया थियो ।तर उठाउदैन ।

राती फोन आउदछ आमाको `हामी घर पुगेम अब धेरै नसोच की घर आइजा बरू त्यो केटी सँग्ग केही त्यस्तो भएको थाहा पाए भने म मर्दिन्छु´ भनेर आमाले डराउन दिन्छिन सुरजलाई । सुरज `आमा के भन्नु भाको त्यस्तो भन्छ ? ´के गरोस आमाको माया पनी त थियो । यता तिमि बिना बाँच्न सक्दिन भनेर रेशमाको म्यासेज यता आमाको वचन के गर्ने के भएर तनावमा आएर आफैलाई सिध्याउने निर्णय गर्दछ ।

एका पटि तिमी बिना बाच्न सक्दिन र संगै देखेका सपना अनि अर्का पटि आमाको माया जस्ले सपना देख्न योज्ञ बनाइन । तनाबमा आएर आफैलाइ सिध्याउने निर्णय लिन्छ अनी एउटी चिठी आमालाई `आमा म रहिन मेरो धर्मले मेरो माया सफल हुन दिएन भनी´ लेख्दछ । र, डोरीमा पासो लगाएर आत्महत्या गर्छ । एकछिनमा भिमसेन दाइ आएर त्यो दृश्य देखेर बेहोस हुन्छन । र , वरपरको मानिसले उनलाई बिउझाउछन , सुरज मरेको खबर घरमा पुग्दछ आमा बाबु बेहोस हुन पुग्छन । सुरज मरेको खबर रेशमाले पाउछे र त्यही रात उसले पनी आत्महत्या गर्न पुग्छे ।र, वास्तवमा सुरज संगै उसले देखेका सपना , आमा बुबालाइ काठमाडौ आएर कमाएर पाल्ने सपना र सबैसबै सपना र रहरमा धर्मले जहर मिलाइदियो । यसरी धर्म सम्बन्ध चुड्याउन पुग्छ र नतिजा दुवैले मृत्युलाई अंगाल्न पुग्छन ।

लेखक : सागर पौडेल
पोखरा हाल साउदी अरविया

२०७४ साउन २ गते १:१२ मा प्रकाशित
One Comment on “धर्मले चुडिएको सम्बन्ध”
  • rajesh paudel wrote on 18 July, 2017, 5:05

    Superb keep it up bro

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी