कोलोराडोमा विभिन्न कार्यक्रम संगै समर पिकनिक सम्मन्न

इनेप्लिज २०७४ साउन २ गते ८:४४ मा प्रकाशित

 

जुलाई १६ ,२०१७

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै आईतबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरीकाकोलागी नेपालका राजदुत डा. अर्जुन कार्किको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरीकाका अध्यक्ष केशव पौडेल , उपाध्यक्ष रामसी पोख्रेल लगायतका ब्यक्तिहरुको बिशेष आतिथ्यतामा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै ८ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो ।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । माध्यामीक स्कूलमा अध्यानरत छात्र छात्रा विच गरिएको निवन्ध प्रतियोगीताका विजयीलाई क्रमश १ सय पचास, १ सय र पचास डलर नगद प्रदान गरिएको थियो ।

त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न सात किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाई साईकल रेस बास्केट बल, लगायतका रहेका थिए । कार्यक्रममा खेलकुदका बिजयी प्रतियोगीहरुलाई प्रमुख अतिथी राजदुत डा. कार्कि , बिशेष अतिथी मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले र संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागी बाल बालिका र महिलाहरुलाई मूजिकल चियर खेल खेलाईएको थियो । सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफुलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।


कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरु नेपाली गीत गाएर नाची मनोरञ्जन गरेका थिए । अध्यक्ष बिनोद त्रीपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथी, अतिथी लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया