मेरो सम्झनाको चैनपुर (२०१५साल देखि २०२१ साल सम्म)

इनेप्लिज २०७४ साउन २ गते २२:३१ मा प्रकाशित

२०७४ साल को चुनाब ताका चैनपुरलार्इृ सम्झिी रहेछु
फेस बुक मा पुराना साथी सगीहरु भेटी रहेछु
सरस्वती हाई स्कुल चैनपुर पढदाका मेरा दिनहरु
सम्झनाहरुमा रहे अहिले बिताए ती दिनहरु
२०१५ सालको चुनाबको मतदान लामा चौरमा
कांग्रेस,कम्यनिष्ट, स्वतन्त्र र महासभा पार्र्र्र्टीमा
आफनो अमुल्य भोट खसाल्नमा भोट मागेका
हात ,रुख, तीन घोगा मकै र हसिया,,धानको वाला र घोडा चिन्हमा

भ्याकुते ढुगां तलतिरको चौतारीको बिच बाटोको दाया बायामा
कागजे हयाण्ड माईृक देखि साच्चैको हयाण्ड माईकको भरमा
कागे्रसका नेता लीला नाथ दाहाल र कम्युनिष्ट र अरु थाहा भएन
धानकोबाला के आई सिहंका र घोडा सूर्य बहादुर थापाका

चैनपुर सिरान बजार देखि टुडिखेल सम्मको सिधा बाटो
ती बाटो भरी ठुलाठुला चिल्ला ढुगांहरुले छापिएको
घरहरुको छाना पनि कतै झिकटी त कतै च्यादर पाताको
घरको गारोहरु पनि लिउन लगाईएका सिमेन्टी पल्सटर जस्तो

चैनपुर बजार माथिल्लो टोल ,तल्लो टोल र जुन्दरसिहं टोलमा,त्रिचोकमा बाडीएका
पल्लो गाऊ ,पौडेल गाऊ र राइटर गाऊ बजार नजीक रहेका
अलिक परै रहेका फलाटे, दंगाली गाऊ,बानेश्वर र, खराडं बजार
सुन्दरलाल साहुकाुे घर देखि गोकुल होटल अदालत छेउ सम्म चैनपुर बजार

सिरान घर,माझघर, र पुछार घर धनी नाम चलेमका साहुहरुका
सिह मान , सुन्दर लाल र ढयााडें. साहु नाम चलेका
जिल्लै भरी धनसार र बाग बघैचा ठाउ ठाउमा उनीहरुका
हामी जान्थयो सगंगाउको बघैचा सुन्दर लाल साहु काहा

माथिल्लो टोल सिरान घर नेर को मन्दिर
अलि तलको भीमसेन थान तल्लो टोलको बौध्द बिहार
पल्लो गाउको भीमसेन थान पनि अति सुन्दर
हिटी धाराको छेउमा पनि शायद थियोे अर्को मन्दिर

खाने पानीको अभाब टोल टोललाई हुने गरि कुबा र धारा
पल्लो गाउको दुई ठल धारा र पौडेल गाउ जगंल छेउ अर्को कुवा धारा
गैरि खेत को कुवा ,राइटर गाउ तिरको धारा र कुवा बिच बजारका पायका
हिटी डाडा जाने बाटोको कुवा र हिटी डाडाको नेरका कुवा धारा तल्लो टोल का
र्र्
ेहुलाक,अदालत,पुलिस थाना ,जेल ,आकाशवाणी,र सोल्जर्स बोर्ड
डिस्पेन्ुसरी यीनैमा कामले आउने र जाने मानिसका ओहोर दोहोर
शारदा, माइला,गोकुल , हिरा होटल र माईला बाजैको घर पछाडी होटल कुबरका
लजको सम्झना छैन कहा बस्दथे होलान शायद आफन्तका धर घरमा

क्यारम बोर्डको चलन, जेल नेर भलीबल मैदान
फुटबल थिएन बाडमिन्टन र कबडी कोे खेल
पुलिस थाना नेर सर्बलौकिक पुस्तकाालय थियो
दारे गौडा माथि डाडा मा पानी जाच्ने मेसिन जडान गरेको

शुक्रबार हाट वजार लाग्ने टुडिखेल भरी
हप्ता दिनको किनमेल र बेचबिखन गर्ने स्टोर्स मल सरी
सखर र कुराउनी चैनपुरको कोसेली
काफल,सुन्तला, आप ,कटहर उखु आदि फलफुल पाइन्थ्यो बजार भरी

साईकल आयो कसको पहल थियो थााहा भएन
साईकल सिक्न खलडंगा बनको सिधा बाटा भन्दा अरु थिएन
हेलिकोप्टर आउदा हामी हेर्न सबै स्कुल क्लास छाडी गयौ
पुष्प विमान सम्झि फुल अक्षेताले पुजा गरेको पनि देख्यौ

कम्यनिष्ट नेता पुष्पलाल पनि आएका थिए चैनपुर बजारमा
खलगांको वन सम्ममा विदाई गरेको छ सम्झनामा
शकरंश्रेष्ठ,मदन श्रेष्ठ र सेबक शाक्यहरु काग्रेसका
प्रकाश जोशी ,जगत शाक्य र ईश्बरी श्रेष्ठ आदीहरु कम्युनिष्टका

ेत्यतिखेर पनि प्यारोडी गीत जस्तो पि आर सर भन्नुहन्थ्यो
भात सेभन खाएर लुगा प्यारोट लाएर
अरु लाइनहरु मलाई सम्झना भएन
बहाको श्रृजनासिलताको तारिफ शायद गरिएन

सरसस्वती हाई स्कुलका सेक्रेटरीहस् त्यतिखेरका
शेर बहादरुसाहु, शंकरसाहु र मोहन सार्हुेहरुको स्कुल ब्यबस्स्थापनमा
स्कुलमा विज्ञान र अगे्रजी शिक्षकको सधै खाचो हुने
यसैको लागी बिघार्थी हडताल पनि गर्ने गथे

स्कुलका सरहरुलाई सम्बोधन पनि छोटकरी र शुरु नामले हुने गथ्र्यो
पिके सर ,पिआर सर,एपि सर, आईपि सर,एसएल सर एम कम सर, भनिन्थ्यो
शुरु नामका सेबक सर ,गणेश सर र शम्भु सर र मन मोहन सर आदिका
रुकमणि र बिष्णु लक्ष्मी, गुरुआमाहरु नाम भएका

तेरथुम र ताप्लेजुडं का हाई स्कुल बाट सास्कृतिक कार्यक्र्रम लिएर आउथे
हाम्रो स्कुलमा पनि धेु्रब,सन्तान र कोही किन बर्बाद होस नाटक मन्चन हुन्थे
बिविध सास्र्कतिक कार्यकैम र भानु जयन्ती मनाइन्थ्यो अरुको सम्झना रहेन
े सास्कृतिक कार्यक्रम अरु पनि हुदा हो ठयाकै सम्झना भएन

भोला कलेज को लागी चन्दा रकम सकलन गर्र्न बजार घुमेको
तन्नाको चारै छेउमा समाती बिचमा पैसा राखी चन्दा बटुलेको
नर्मल स्कुल पनि मेजरपाटीमा चलाईएको थियो
सरस्वती स्कुलको आफनै भबनमा च्यादर छाना को भएकोै

ज्ञान उदासको कुन बेस र पदम पौडेलको साहित्यको झोला
रुपरेखा नेपालका ,नौलो पाईलो र को अटेरी बनारस तिरका
कोष राज ,चुडा मणि, गणेश भण्डारी र धुब्र पहाडीको कविता अरु सम्झना भएन
महल हरेर हासेको छोडेर खित्का रमाई भन्ने कबिता चन्द्रशेखर श्रेष्ठका

जोगी डाडा , हिटी डाडा र राइटर गाउ बिघार्थीको डेरा
बेला मौकामा भेटघाट गर्न गइ रहने हाम्रो पारा
सपे्रम र भक्ती राखी भन्ने स्कुलको प्रार्थना थियो
यसलाई शायद एपी सरले लेख्नु भएको हो

स्कुलका कक्षा हेर्न ठुला बडाहरु आउथे
यही स्कुल पढी ज्ञानी गुनी भएका भन्थे
सम्झना छ इर्.ं प्रचण्डको सम्मान गरेको
बुध्दिजिवी सम्मेलनमा भाग लिएका बद्री पहाडीले भाषण गरेको

शिध्दकाली मन्दिर दर्शन नौ रथ भरी जाने गर्दथ्यौ
वालेश्वर महादेब वा रामबेनी मेला भर्न जाने र्गथ्यौे
सतबिउ छर्ने मेला सिध्दकाली मन्दिर छेउ तिर लाग्दथ्यो
धान नाच प्रसिध्द थियो भदौमा जात्रा मनाइन्थ्यो

जुध्दपति जगत शाक्यको पुस्तक पसल थियो
माईला बाजे रुद्रनाथहरुको पनि शायद पुस्तक पसल थियो
पितल र कास का भाडा कुडाहरु बनाइन्थ्यो
चैनपुरे करुबा त्यािखेर देखिनै प्रसिध्द थियो

काजीमान कदडंवा अर्थ सहायक मन्त्रीको भ्रमण थियो
बहाको सम्मानमा अभिनन्दन पत्र देखि नाच गान पनि देखाईयो
उ छु गल्ली थो छु गल्ली मखन टोया गल्ली रे गीतमा नचाईया
खुकुरी नाच पनि त्यहि बेलामा नै शायद देखाईयो

पछि बिशेष दौडाहा टोली भन्ने पनि आयो
सामान्ती शोषकका पाता र्फकााउने भनिन्थ्योे
जाली किर्ते कागज तमसुकहरु च्यातियो अरे
न्याय निसाफ ठाउको ठाउमै दिने भनिन्थ्या े ेरे

घुमफिरको लागी वा विदामा हिडने पनि गरिन्थ्यो
वानेबर डाडाको पोखरीमा रगी चडंगी माछा हेरिन्थ्यो
हिउ खोलामा पौडि खेल्न माछा मार्न बारम्बार गइन्थ्यो
माछा त के मार्नु र निग्रो टिप्दै घर फकिईन्थ्यो

आज मैले गासेको माला ढुगामाथि ओइलाइृ जाने भो कसले लेख्या
े बद्री सर, हरि सर,गणेश सर र ज्ञान उदास लाई यसमा नचाइयो
तिरिरि मुरली बज्यौ बनैमा भन्ने गीत त्यती खेर खुबै घन्किन्थ्यो
यो नानीको सिरैमा ईन्द्रकमल फुल फुल्यो गीत पनि सुनिन्थ्यो

रिटिडं रिटिडं नबजाउ बिनायो भन्ने गीत सुनिन्थ्योे
खोला पारी म माया लाउदिन,
बर्खा लाग्यो आई रहन पाउदिन पनि भनिन्थ्यो
आज भोली थाहा भया ेती गीत रहेछ धनकुटाका लक्ष्मी जोशीको

सरस्बती हाई स्कुलमा पढनेहरुले नाम चलाए देश र बिदेशमा
उच्चअधिर्कृतहरु देखि,न्यायधिश, डिएफओ , यसयसपि, र बैक मेनेजर भए
कोही राजनीतिज्ञ, ब्यापारी र पत्रकार,भए, सम्पर्क टुटयो अरु को के के भए
े म भने बिधुत प्राधिकरणको बिशिष्ट श्रेणी १२ तहको पद बाट रिटायर्ड भए

 

प्रतिक्रिया