राज र रेखाको जिवन्त अभिनय रहेको मन छुने गीत बजारमा

इनेप्लिज २०७४ साउन ५ गते २:३३ मा प्रकाशित

काठमाडौं, ४ असार । नेपाली आधुनिक गीती क्षेत्रका बहुआयामिक नाम हो राज सिग्देल । उनको आवाजमा तयार पारिएका प्राय जसो गीतले श्रोता तथा दर्शकको मन लुट्न सफल भएका छन् भन्ने कुरामा कसैको दुईमत नहोला ।

 

अघिल्ला वर्षमा लामो संगीत साधना पछि ‘गुरु’ नामक गीति एल्वम बजारमा पठाएका थिए । उक्त एल्वममा गायक सिग्देललाई संगीतका गोरेटामा हिड्न सिकाउने संगीतम सर्जक चण्डी प्रसाद काफ्लेको संगीत रहेको थियो । सार्वाधिक चर्चा र दर्शक कमाउन सफल उक्तगीलाई प्रेमी पीडितले आफ्नै गीत भनेर सम्बोधन गरेको गीत भने‘उ जितेर गई या हारेर गई’ नै हो ।

गायक सिग्देलको समुधुरका स्वरका फ्यानहरूको लागि अर्को खुसिको कुरा पनि थपेका छन् उनले । खाईलाग्दो जिउडाल मिलनसार व्बहार र समानताको भावना बोकेका गायक सिग्देललाई अभिनयमा पनि देख्न पाईने भएको छ ।

पछिल्लो समयमा बजारमा आएको आधुनिक गीत ‘आँखामा कुनै सपना’ बोलको गीतमा उनले स्वर तथा अभिनय रहेको छ। अभिनयमा सिग्देललाई रेखाले साथ दिएकी छिन्।

यस गीतमा हरि बस्ताकोटीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ । उक्त गीतको भिडियो निर्देशन यूवाज वाईबाले गरेका छन् । छायांकनको पाटोमा उत्सव दाहालले साथ दिएका छन् ।

प्रतिक्रिया