नेपाली जनप्रगतिशिल मंचको पाचौं माहाधिबेशन आयोजक कमिटिको बैठक सम्पन्न

इनेप्लिज २०७४ साउन ६ गते २३:२९ मा प्रकाशित

अल्खोर कतार -कतारमा स्थापन भएको भातृ संगठन संस्था नेपाली जनप्रगतिशिल मंच कतारले अाज अाफ्नो पाचौं महािधवेशन अायोजक कमिटीको प्रथम बैठक सम्पन गरेको छ ।

सनैयको एक लेवर क्याममा मन्चका कार्यबाहक अध्यक्ष रकम राइको सयोजकत्वमा नेतृत्वमा निर्माण गरिएको पाँचौ माहाधिबेशन आयोजक कमिटिको प्रथम बैठक सम्पन्न गरेको हो ।

कार्यक्रममा मंचले अागमी सेप्टेम्बर १५ गर्न गहिरहेको माहाधिवेशनका लागी कार्यविभाजन समेत गरेको छ । उक्त कार्यविभाजन संयोजकहरूमा व्यवस्थापन राजु डुम्रे, संगठन विभागमा मोहन कार्की, प्रचारप्रसार राज देबकोटा, विधान संम्सोधनमा टिकाराम भण्डारी , अार्थिक विभाग बुद्वि भण्डारी , यातयात विभागमा प्रेम परियार, यूवा विभागमा लक्षमण कंडेल, साँस्कृत विभागमा निकास घलान तामाङ र सांगठनिक प्रतिवेदनमा रकम राईलाई तोकेको छ ।

साथसाथै संस्थाको बैठकमा सांगठानिक कार्यक्षेत्र समेत विभाजन गरेको छ । मंचले कतारलाई सात क्षेत्रमा विभाजन गरेको हो जसमा दोहा मुर्रा क्षेत्रीय समिती , लेबर सिटि भरूवा सिटि क्षेत्रीया समिती, सनैया दायाँ बायाँ क्षेत्रीया समिती, न्यूसैलिया सुपर सैलीया क्षेत्रीया समिती, सानिया दुखान क्षेत्रीया समिती, अल्खोर रस्लाफान क्षेत्रीया समिति र अोखीर होमसाईड अोख्रा क्षेत्रीया समिती गरी सात क्षेत्रीया समिती समेत गठन गरेको हो ।

साथै मंचले संगठन विकाश विस्तारकोलागी केही योजन समेत निर्णय गरेको छ । संगठनलाई संगठित व्यावस्थीत गर्दै सातवटै क्षेत्रीय समितिको भेला गर्दै क्षेत्रीय समितिको एक सदस्यको नेतृत्वमा एक ईकाई समिती निर्माण गन्ने निणर्य गरेको सस्थाका सल्लाकार मोहन कार्कीले जानकारी दिएका दिए।

अौपचारिक कार्यक्रम संचालक मंचका सचिव महेश दाहाले संचालन गरेको कार्यक्रममा उपस्थिति सम्पुर्णले ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट मौन धाराण गरि उक्त बैठकमा सह सयोजक राजु डुम्रेले सात पेजको लामो संगठनको अबधाराणा पत्र समेत प्रस्तुत गरेका थिए ।

उक्त बैठकमा नेपाली जनप्रगतिशिल मंचका निवर्तवान अध्यक्ष तथा बरिष्ठ सल्लाकार रमेश भट्ट , संस्थापक सल्लाकार राजु डुम्रे , सल्लाकर मोहन कार्की, सल्लाहाकार टिकाराम भण्डारी , संस्थापक सदस्य प्रेम बिक, निवर्तमान महासचिव प्रेम ध्वज लामा लगायत अायोजक समितिका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

संस्थाले उक्त कार्यक्रम विच सस्थाका सदस्य शेरबहादुर शाहिलाई बिदाई समेत गरेको छ । सस्थाका कार्यवाहक अध्यक्ष रकम ध्वाज राईले शाहिलाई खादा अोडाएर सम्मानका साथ विधाई गरेका थिए । शाहि विगत २ वर्षदेखी कतारमा अाफ्नो दैनिकी कार्यपछि बचेको समयलाई मंचलाई दिदै अाईरहेको र अाफुलाई कतार रहुन्जेल सम्मा संगठनलाई अगाडी बढान सहयोग पुराएकोमा भोलीको दिनमा नेपालमा पनि पाटिमा अाबद्व रहर काम गर्ने राईले अाग्रह समेत गरेका थिए ।

प्रतिक्रिया