एनआरएन क्यानाडालाई ग्रहण लाग्न नदिऊ

इनेप्लिज २०७४ साउन ७ गते ९:१७ मा प्रकाशित

पृष्ठभूमि :

२००७ मा अर्वैधानिक तरिकाबाट क्यानडाको न्वरान गरए पनि २००८ को अगस्तमा प्रजातान्त्रिक प्रक्रियाबाट चुनाव भएपछि मात्र गैरआवासीय नेपाली संघ, क्यानाडाको विधिवत स्थापना भएको मानिन्छ । प्रजातान्त्रिक प्रक्रियालाई अख्तियार गर्ने क्रममा धेरैले यसको विरोध पनि गरेका थिए । पछि गएर उनीहरुले नै यही संस्थाको गरीमामय पदमा बस्ने सौभाग्य पाएका थिए र पाउने छन् । त्यसैले भनिन्छ प्रजातन्त्रमा सबैको जित हुन्छ भनेर । यसको स्थापना भएपछि प्रारम्भमा संस्थागत विकास र विस्तार कार्यलाई अगाडि बढाउँदै लिएर जान थालियो । यसको उपज बनेर खुला विश्वविद्यालयको अवधारणा क्यानाडाका तत्कालिन सदस्य डा. प्रमोद ढकाल, डा. द्रोण रसाली र अमेरिकाका डा. अम्बिका अधिकारीका माध्यमबाट गैरआवासीय नेपाली संघको एउटा महत्वपूर्ण कार्य बनेर देखा पर्यो । हुन त प्रारम्भदेखि नै नरेश कोईरालाको अवधारणा स्वरुप आएको पुस्तकालय परियोजनाले विस्तारै गति लिदै गईहरेको थियो । नरेश कोईरालाको एकल प्रयासबाट यो शिक्षामूलक परियोजनाले ग्रामिण वातावरणलाई शिक्षामय बनाउदै सबैलाई शिक्षित बनाउनमा सहयोग पु¥याउने छ ।

एनआरएन क्यानाडाको दुईकाल गरिमामय परियोजनालाई हुर्काउदै बढाउँदै कट्यो । दोस्रो कालको अर्को उपलब्धी थियो नेपालीहरुका लागि समुदाय केन्द्र (कम्युनिटी हाउस) । यसको पहल डा. विनोदको अध्यक्षकालमा शुरु भएर एउटा अवधारणपत्र पनि तयार पारेर तेस्रो अधिवेशनको बेला बुझाइयो । तर त्यसपछि यो समुदाय केन्द्र (कम्युनिटी हाउस) बनाउने परिकल्पना त्रुपको एक्का जस्तै बन्दै गयो । त्यसपछिका कार्यकारिणीहरुले यो त्रुपको एक्कालाई आफ्नो कार्यकाल समाप्त हुन भन्दा छ–आठ महिनाअघि फेरी समुदाय केन्द्र (कम्युनिटी हाउस) बनाउने बारे यहाँ अवस्थित विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु बोलाएर छलफलको कार्य शुरु गरिन्छ र चुनावपछि बनेको नयाँ कार्यकारिणी समितिको गठनसँगै समुदाय केन्द्र (कम्युनिटी हाउस) बनाउने काम थातिमा राखिन्छ । यो अब परम्परा बन्दै गएको छ । समुदाय केन्द्र (कम्युनिटी हाउस)को लागि कसरी जाने र अर्थ संकलन गर्न के कस्तो कार्यक्रमहरु अगाडि ल्याउने भन्ने बारे छलफलमा मात्र सिमित रहदै आएको छ । अहिले विश्वभरीको एनआरएन शाखाहरुले सदस्यता शुल्कमा पाँच डलर थपेर काठमाडौंमा एनआरएन केन्द्र बनाउनका लागि अर्थ संकलनमा व्यस्त छन् । केन्द्रको आदेशको पालना गर्दै छन् । यसको जग खन्ने काम पनि भई सहेको छ । मैले नबुझेको कुरा हो वा हामी रणभुल्लामा परेका हौं । हामीले पहिले आफ्नो घर बनाउने हो र त्यसपछि मात्र समाजको लागि चौतारा बनाउनु पर्छ । यो पाँच डलरलाई सदस्य शुल्कमा जोडेर त्यहीँका (राष्ट्र) संस्थाले समुदाय केन्द्र (कम्युनिटी हाउस) बनाउने जानकारी गराएको खण्डमा सदस्यता पनि बढ्न सक्थ्यो र यसै वर्ष क्यानाडामा मात्र पन्ध्र हजार डलर जम्मा हुन सक्थ्यो । केन्द्रको लागि अर्थ संकलन गर्न अहिले र पहिलेका चार ढनाढ्य केन्द्रिय अध्यक्षहरुले पहल गरे अरुको बाटो ताक्नै पर्दैन । हामीले पहिला हाम्रो घर बनाउनु पर्छ ।

ऐन कानूनमा नून थपेपछि

यसपटक एनआरएन क्यानाडाका समन्वय परिषदका सदस्यहरु जसलाई बोर्ड भनिन्छले संस्थाको ऐनलाई नै मिचेर व्यक्तीगत स्वार्थका लागि शहरको वर्गीकरण गरेको छ÷थियो (स्थिति अहिले पनि अन्यौलमा छ) । हिजो विशाल टोरोन्टोका महावाणिज्य दूत तथा एनआरएन क्यानाडाको संस्थापक सल्लाहकार एवम् शुभचिन्तक डा. कुञ्जर शर्माको उपस्थितिमा उनकै कार्यालयमा हाललाई टोरोन्टो क्षेत्रको चुनाव स्थगित गर्ने बारे विज्ञप्ति प्रकाशित भएको छ । यदि एनआरएन बोर्डले जुन ऐन अन्तर्गत एनआरएन क्यानडा दर्ता भएको छ त्यो नट फर प्रोफिट कर्पोरेशन एक्ट २००९ पल्टाएर पढी दिएको भए कागले कान लग्यो भनेर कानै नछामी कागको पछि डौडनु पर्ने थिएन । अझ २१ सदस्यीय बोर्डलाई १७ मा झारेर पाँचजना लिङ्ग, विशेषज्ञ, जाति र प्रतिष्ठित व्यक्तीहरुको मनोनयन गर्ने व्यवस्थालाई पनि यसअघिका बोर्डले हटाई दिएको छ । भनिन्छ सबैले आआफ्नो चिनेकालाई राख्न खोज्दा कुरा नमिलेपछि तै चुप मै चुपको नीति अनुसरण गरेर पाँचजना मनोनयन गर्ने नियममा नै तगारो लाग्यो । अर्कोतिर एनआरएन क्यानडाको गठनपछि अध्यक्षले आफ्नो कार्यकाल पु¥याएपछि उनलाई एनसिसि आईसिसिको सदस्य मनानित गर्ने चलन रहदै आएको थियो । यसरी आफ्नो भूतपुर्वलाई अन्तराष्ट्रिय मान्यता दिने गरिन्थ्यो । तर यसअघिका अध्यक्षले अर्को कार्यकाल खाने मौका ताकेर बसेपछि त्यो स्थापनादेखि बनाएको परम्परालाई पनि हराएर गयो । सक्षम व्यक्तीका माध्यमबाट त्यो राष्ट्रकै प्रतिनिधित्व हुने गरी मनोनयन गरिने व्यवस्था पनि आफ्नो मान्छे राख्ने मोहले भताभुङ्ग भयो ।

सही अर्थमा भन्ने हो भने एनआरएन क्यानाडाको अध्यक्ष पदका दावेदारलाई कम से कम एक कार्यकाल काम गरेको हुनु पर्ने नियममा राखिनु पर्ने हो । यसले गर्दा अनुभवी व्यक्तीको चयनले संस्थाको गरिमानै बढ्दै जान्छ । अर्को कुरा एनआरएन क्यानडाको प्रतिनिधित्व गर्ने व्यक्तीको इमिग्रेसन ब्याकगराण्ड पनि हेर्न जारुरी हुन्छ । एनआरएन क्यानडाको प्रतिनिधित्व गर्ने व्यक्ती निर्धक्कसँग नेपाल आउनजाउत गर्न सक्छ कि सक्दैन भन्ने नियम पनि हेर्न र बुभ्mनु पर्छ । प्रतिनिधित्व गर्ने भनेर पद पाएकाहरुलाई क्यानडनको कानून पनि थाहा हुनु जरुरी छ । यहाँसम्म सुनियो कि नेपालबाट कोही आउनासाथ भेटेर नाम ठेगाना टिपेर सदस्यता बनाई हाल्ने गरिन्छ ।सदस्यता बन्नेले नागरिकता, पिआर कार्ड र क्यानडाको स्टेटस नपाएकाहरुले पासपोर्टकोमा क्यानडा प्रवेश गरेको मिति भएको छापसमेतको फोटोकपी अनिवार्य बुझाउनु पर्ने नियम बनाउनु जरुरी छ । यसरी नियम विपरित सदस्यता बनाउनेमा उम्वेदवारले नै नियम मिचेका हुन्छन् । यसपटकको चुनावमा पनि यस्तै भएको सुनेको र देखेको छु । नेपालीहरुको बाहुल्यता भएको अपार्टमेन्टमा गएर त्यहाँका नेपाली परिवारलाई घेटेर नाम टिप्ने र आफ्नै खर्चमा सदस्यता बनाउने गरिन्छ । यो परम्परा पनि दुईचार वर्षदेखि शुरु भएको मानिन्छ । अझ यसपटक त सदस्य बन्न वा नविकरण गर्न एनआरएन क्यानाडाको वेभसाईट गएपछि त्यसमा पहिलेजस्तै सदस्यहरुको नाम सोधिदैन वा लख्नु पर्दैन । मेरो घरबाट ९८ वर्षको आमालाई समेत मैले २००८देखि सदस्यता बनाएर नविकरण गर्दै आएको छु । यसपटक सदस्यता बन्न नामको ठाँउमा संख्या सोधियो । मैले ५ राखेपछि ७५ डलर तिर्नु पर्ने देखायो । मैले कार्डबाट तिरेपछि रिसिप्ट प्रिन्ट गर्नु भन्यो । यसबारे मैले एनआरएन वोर्डका सदस्यलाई जानकारी गराएको थिए । उनले हो र मात्र भनेर टारी दिनु भयो । यसो भएपछि तपाईलाई कति भोट चाहिन्छ त्यतिमात्रामा सदस्यको संख्या तोकेर पैसा तिर भई हाल्यो नि । अनि एनआरएन क्यानडाको वैधानिकता कता खोज्ने । यस तर्फ पनि अबको एजिएममा कुरा उड्न जरुरी छ ।

यसरी पैसा खर्चेर, नियम विपरित सदस्य बनाएर एनआरएनको चुनाव लड्नु पर्ने कारण के हो । यस बारे धेरैपटक मानिसहरुलाई नेपालबाट बोलाउने गरेको समाचार सुनिदै आएको छ । मसँग पनि एनआरएन क्यानडाले पठाएको एउटा मन्त्रीसमेतको टोली र अर्को विश्व साईकल यात्रीको टोलीलाई क्यानडा बोलाएको दुईवटा पत्र आएको छ भने यसरी मन्त्री वा ठुलो मानिसको नामसहित टोली बोलाउने गरेको प्रकाणहरु प्नि छन् । यसबाट हामीले के बुभ्mने हो । किन हिजोसम्म बोर्डमा बसिदिनु पर्यो भनेर हात जोड्दा पनि मानिस नपाउने विशाल टोरोन्टोमा आज हात जोडेर मत माग्नु पर्ने अवस्था सिर्जना भयो । यसको कुनै कारण पक्कै पनि हुन पर्छ । किन एनआरएनमा जान मारामार गर्दैछन् । किन यहाँ आएर क्यानडामा नेपाली चिन्हाउने अग्रजहरु आज एनआरएन क्यानडाको भीडबाट हराउँदै जादै छन् । यसको कारण खोज्नु जरुरी छ । दुईकालपछि एनआरएन क्यानडाको स्तर झर्दै जानु र सदस्यमात्रै बढ्दै जानुमा यो माँगी खाने भाडो नबनोस भन्ने हामी सबैको चाहना हो । भुईचालोमा कति पैसा उठ्यो । कता गयो । कस्लाई बुझायो । यसबारे सबै मौन छन् । एनआरएन क्यानडाको खर्चाको आयव्यय प्रत्येक सदस्यलाई पठाउनु पर्ने बोर्डको काम मात्र नभएर दायित्व हो । त न त पहिलेकाले पठायो न अहिलेकाले । यस बारे पनि एजिएममा कुरा उड्नु जरुरी छ ।

एनआरएन क्यानडा क्यानडाभरी स्थापना भएका संस्थाहरुको अविभावक भएर काम गर्नु पर्ने संस्था हो । तर यस कार्यमा यो असफल हुँदै गईरहेको छ । दुईकालसम्म नेपाली भाषाका आदि कवि भानुको जयन्ती संयुक्त रुपमा मिलेर मनाउँदै आई रहेको थियो । तर त्यपछि तगारो लाग्नुमा पनि कुनै स्वार्थको कारण लुकेको हुनु पर्छ । एनआरएनमा ऐन विपरित भएको र उनीहरुको संलग्नतामा भएका यस्ता कार्यहरुको जिम्वेवारी अहिलेका सबै वोर्डका सदस्यहरुले जिम्मेवारी लिन सक्नु पर्छ । तर कसैले पनि लिएका छैनन् । फेरी चुनावमा ओर्लनमा नै आतुर देखिन्छन् । त्यसैले पुराना सदस्यलाई हैन हामीले नयाँ सदस्यलाई मत दिएर ल्याउनु पर्छ । पुरानाले के गरे र अब के गर्छन् कसैले आफ्नो हात जोडेको फोटोमा लेखेका छैनन् । त्यसैले उनीहरुबाट नयाँ केही हुन्छ भन्ने आसै नगरौं । बरु नयाँ रोजौ । एउटै व्यक्ती बिट मारीमारी एनआरएनमा आउने कारण खोज्नु पर्छ । एनआरएन क्यानडालाई सही दिशामा लानलाई सही व्यक्तीको चयन गर्न जरुरी छ । ऐनकानूननै न बुभ्mने सामाजिक संस्थामा पनि बढुवा खोज्नेहरुलाई बहिष्कार गरौं । निष्पक्ष चुनावको वातावरण बनाउन निष्पक्ष र स्वच्छ छवि भएकाहरुको पहलमा चुनाव हुनु पर्छ । यस तर्फ पहल नगरे एनआरएन क्यानडामा स्वार्थीहरुको भीड बढ्दै जानेछ ।

(डा. गोबिन्दसिंह रावत)

प्रतिक्रिया