चावहिल साँखु सडक व्यवस्थित गर्न जनप्रतिनिधी सक्रिय।

इनेप्लिज २०७४ साउन ७ गते ९:३९ मा प्रकाशित

चावहिल साँखु सडक खण्डको मुख्य सडक दयनीय भएको कारण सवारी आवागमन र हिडडुल गर्न समेत ठुलो समस्या उत्पन्न भएको बर्षौ भएको छ।
एम्वुलेन्स समेत सहज रुपमा चल्न नसक्ने गरी सडक विग्रिएको छ। चावहिल, बौद्ध, नारायणटार, थली ब्रम्हखेल लगायतका धेरै ठाउँमा ठुला खाल्ठा परेका छन। पानी परेका बेला सडक चल्नै सक्दैन नदीको बहाब जस्तो देखिन्छ। घण्टौ सम्म ट्राफिक जाम समेत हुने गरेको छ। विद्यार्थी समयमा स्कुल पुग्न सक्दैनन । कर्माचारी समयमा कार्यालय जान सक्ने स्थिति छैन ।

दयनीय अवस्थामा रहेको चाबहिल–सांखु सडकखण्डको दुरवस्था तत्काल सुधार्नु पर्ने सांसद, स्थानीय प्रतिनिधि, नगरप्रमुख, वडाध्यक्ष र सरोकारवालाले बताएका छन् । छलफलमा सांसद रामेश्वर फुयांलले भने,‘वर्तमान ठेक्काको ठाउंमा वैकल्पिक व्यवस्था गरेर भए पनि सडक सुधारको काम गर्न गर्नुपर्छ । सरकारले यो काम तत्काल थाल्नुपर्छ ।’ कार्यक्रममा सबै जनप्रतिनिधिले तत्कालै अस्थायी समाधान निकाल्न आग्रह गरेका थिए । सडक विस्तारित भई पक्की सडकको काम सकिन कम्तीमा दुई वर्ष लाग्ने सम्वन्धित निकायले बताएपछि तत्काल अस्थायी समाधान निकाल्नु पर्नेमा उनीहरुको जोड थियो ।

विगत लामो समयदेखि चावहिलदेखि सांखु सडकखण्डमा सवारी आवागमन र हिंडडुल गर्न ठूलो समस्या उत्पन्न भइरहेको छ । निजि, सार्वजनिक र एम्बुलेन्ससमेत सहज रुपमा चल्न नसक्ने गरी सडक बिग्रिएको छ । धेरै ठाउंमा ठूला खाल्डो परेको, पानी परेका बेला सडक चल्नै नसक्ने भएको, घण्टौंसम्म सडक चापमा परेको तथा विद्यार्थी समयमा विद्यालय र कर्मचारी कार्यालय जान नसकेको भन्दै सर्वसाधारणले आलोचना गरेपछि उनीहरु सक्रिय भएका हुन् । छलफलमा सांसद दीपक कुईंकेल, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा र उपप्रमुख विन्दु सिंखडा, शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र विभिन्न वडाका वडाध्यक्ष, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, विद्युत, टेलिकमलगायत विभिन्न कार्यालयका प्रतिनिधि र स्थानीय सरोकारवालाहरुको सहभागीता रहेको थियो । सांसद रामेश्वर फुयालले जसरी पनि सडकको अवस्था फेर्नु पर्ने एक सुत्रिय एजेण्डा रहेकोले छmलफल आयोजना गरिएको बताउनु भयो । उहाँले हालको ठेक्काको ठाउँमा अर्को वैकल्पिक व्यवस्था गरेर भएपनि सडक सुधारको काम गर्न सरकारसँग माग गर्नु भयो । जनताले धेरै दुख पाएकाले सडकको यो अवस्था फेर्न जस्तोसुकै संघर्ष गरिने पनि उहाँले बताउनु भयो ।

छलफलमा सांसद दिपक कुइकेल, कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापा, उपमेयर विन्दु सिंखडा, शंकरापुरका मेयर सुवर्ण श्रेष्ठ उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ विभिन्न वडाका वडा अध्यक्षहरु, उपत्यका सडक विस्तार आयोजना, विद्युत, टेलिकम लगायत विभिन्न कार्यालयका प्रतिनिधी र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

नेपाल सरकार मुख्य सचिवको कार्यालयलाई समेत उपस्थितिका लागि आग्रह गरिएकोमा उपस्थिति नरहेकोले १ हप्ताभित्र मुख्य सचिवकै कार्यकक्षमा छलफल आयोजना गर्ने निर्णय गरिएको छ।

 

प्रतिक्रिया