सोमबार, कार्तिक ६ २०७४ | Mon, October 23, 2017
नेपालको समय: ०२:५५ | Washington DC: 17:10

अफगानिस्तानमा हवाई कारबाहीमा १४३ मारिए

160115-F-XD880-174

मैमाना (अफगानिस्तान), ११ साउन । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा परी नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

यस आक्रमणमा परी अन्य १७ आतङ्ककारी घाइते भएका छन । अफगान सेनाको स्रोतले मङ्गलबार सो जानकारी दिएका छन् ।

सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जिल्लाका केही स्थानमा गरेको यस्तो कारबाहीमा उनीहरु मारिएका हुन् ।

उत्तरी प्रान्तमा अवस्थित कोहिस्तान जिल्लाका खैराबाद, क्युदुघक क्युरुघ, लास र चसमाइ सन्गीन क्षेत्रमा गरेको हवाई आक्रमणमा १४३ आतङ्ककारी मारिनुको साथै अन्य १७ जना घाइते भएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

तालिवन आतङ्ककारी समूहले गत आइतवार कोहिस्तान जिल्ला कब्जा गरेका थिए । सो क्षेत्र पुनःनियन्त्रणको लागि सुरक्षाबलले कारबाही जारी राखेका थिए । – सिन्ह्वा 

२०७४ साउन ११ गते ९:२३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी