सोमबार, कार्तिक ६ २०७४ | Mon, October 23, 2017
नेपालको समय: ०२:५५ | Washington DC: 17:10

इनोभेटिभको दुवै टिम क्वाटरफाइनलमा प्रवेश

 काठमाडौं, ११ साउन । इनोभेटिभको ब्वाइज र गर्ल्स दुवै टिम ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

हाडीगाउँस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कुलको कोर्टमा ब्वाइजतर्फ इनोभेटिभले डाफोडिललाई ४०–२७ ले पराजित ग-यो ।

इनोभेटिभको जितमा आयुश खड्काले १७ अंक योगदान गरे । गल्र्समा ममता गुरुङको १७ अंक मद्दतले इनोभेटिभले विल्सन एकेडेमीलाई ४३–११ को फराकिलो अन्तरले हरायो ।

ब्वाइजमा विल्सन, नेपाल सेन्ट्रल र ओडिसी इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुगे । विल्सनले काठमाडौं जेभियरको चुनौती ४३–२८ ले पन्छायो । विजेताका पेम्बा शेर्पाले १७ अंक जोडे । नेपाल सेन्ट्रलले माउन्ट कैलाशमाथि २९–२८ को कठिन जित दर्ता ग-यो ।

विजयी टिमका लागि राहुल श्रेष्ठले १० स्कोर गरे । हिम्स विरुद्धको खेलमा ओडिसी ४७–४४ को साँघुरो अन्तरले विजयी भयो । ओडिसीका सागर लामाले १७ अंक बटुले ।

गल्र्सको अर्को लिग खेलमा सेन्ट जेभियर्सले सिर्जनालयलाई १३–११ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग-यो । सेन्ट जेभियर्सकी कृति श्रेष्ठले ८ स्कोर गरिन् ।

२०७४ साउन ११ गते ११:५५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी