वुध्द जीवनमाथि कवितारामको उपन्यास अमेरिकावाट प्रकाशित

इनेप्लिज २०७४ साउन ११ गते २३:२१ मा प्रकाशित

 

२६ जुलाई, वाशिंटन डिसी

ख्यातिप्राप्त साहित्यकार कविताराम श्रेष्ठले वुध्दको जीवनमाथि लेख्नु भएको अनिसन्धानात्मक उपन्यास महानिभिष्क्रमणका अस्वीकृत पाइला को अँग्रेजी अनुवाद लाइट अफ हिमालय अमेरिकावाट प्रकाशन भएको छ । नेपालीवाट यो उपन्यासलाई महेश पौड्यालले अनुवाद गर्नु भएको हो । एक्सलिव्रिज नामक अमेरिकी प्रकाशनले यसलाई वजारमा ल्याएको हो ।

कविताराम श्रेष्ठ नेपाली साहित्यमा कवि, कथाकार, नाटककार, उपन्यासकारका रुपमा परिचित छन् । तर सामुहिक रुपमा थालिएको अस्वीकृत जमातको आन्दोलन मत्थर भएपछि कविताराम श्रेष्ठले एकल रुपमा यो आन्दोलनलाई अस्वीकृत मान्यताको रुपमा अघि वढाउँदै आउनु भएको छ ।

यो मान्यतालाई महत्व दिएर उहाँले अस्वीकृत पुरस्कार गुठीको स्थापना गरी पुरस्कार सम्मान पनि दिईंदै आएको छ । उनले चलचित्र निर्माण, लेखन र अभिनयसमेत गरेका छन् । सन् १९९७ मै लाइव्रेरिज अनलिमिटेड कोलोराडोले फ्रम द म्याङ्गो ट्री एण्ड अदर फोल्क टेल्स फ्रम नेपाल साराह लाम्स्टिनको सहलेखनमा प्रकाशित गरेको थियो ।

(गोगिप्रेवाट)

प्रतिक्रिया