क्यालिफोर्नियामा हुने २०४ औ भानु जयन्तिमा समुद्र पारिका सिर्जनाहरु बिमोचन हुने

इनेप्लिज २०७४ साउन १२ गते २२:५९ मा प्रकाशित

आगामी जुलाई ३० मा क्यालिफोर्नियामा हुने २०४ औं भानु जयन्ती समारोहको भब्य तयारी भै रहेको छ l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया र नेपाली एसोसियसन अफ नर्दर्न क्यालिफोर्नियाको संयुक्त आयोजनामा कार्यक्रम हुने छ l

दुवै संस्थाका पदाधिकारीहरु कार्यक्रमको लागी तयारीमा जुटेका छन् भने उक्त कार्यक्रममा अनेसासका केन्द्रीय सभापति पदम बिश्वकर्माको प्रमुख अतिथिको रुपमा आउने भएका छन् l

सो अवसरमा अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टर द्वारा प्रकाशन गर्न लागिएको कविता संग्रह “समुद्र पारिका सिर्जनाहरु” बिमोचन गर्ने कार्यक्रम समेत रहेको छ l

यसको साथै कविता संग्रह “समुद्र पारिका सिर्जनाहरु”को बिमोचन कार्यक्रममा प्रमुख अतिथि अनेसासका सभापति पदम बिश्वकर्मा बाट यस च्याप्टरको कार्यक्षेत्र अन्तरगतका आजीवन सदस्यहरु( कार्यक्रम शुरु हुनु भन्दा पहिले सदस्य बनेका) लाई आजीवन सदस्यताको प्रमाण पत्र बितरण गर्ने कार्यक्रम समेत राखिएको जानकारी अनेसास नर्दर्न क्यालिफोर्नियाका सभापति सर्बज्ञ वाग्लेले दिएका छन्

तसर्थ आजीवन सदस्य बन्न चाहना राख्नु हुने सवैमा अनुरोध गरिएको छ l आजीवन सदस्यता शुल्क $ १०० छ भने उक्त सदस्यता लिन चाहनेले जुलाई ३० दिउसो १२ बजे भित्र सम्पर्क गर्न अनेसास नर्दर्न क्यालिफोर्नियाले सवैमा आग्रह गरेको छ l

कार्यक्रम हुने स्थान र मिति :

समय – १२ : ३० दिउसो
मिति – जुलाई ३०, २०१७
स्थान – 1111 Gough St, San Fransisco, CA, 94109
(Catholic Cathedral Church in Sanfransisco)

बिस्तृत जानकारी चाहिएमा संस्थाका सभापति सर्बज्ञ वाग्ले संग सम्पर्क गर्न सक्नु हुने छ l

प्रतिक्रिया