बदलिदो चलन

इनेप्लिज २०७४ साउन १४ गते १:३४ मा प्रकाशित

हाम्रो नमस्कार, ढोग भेट ,पाउ लागी,दर्शन र साष्टाडं दण्डवत
हाई, हल्लो, हग र हयाण्ड सेकमा बदलिदै गई रहेको छ
सम्बोधन गर्ने बा, आमा, काका र काकी शब्द अब पुरानो भएको छ
ममी, डेडि ,अकंल र अन्टी भन्ने चलन अघि देखि चल्दै आईैसकेको छ

दर्शन ,आईबक्सीयोस, भुजा ज्यनार होस, सबारी होस र पाल्नुहोस कायमैछ
शाह ,राणा, ठकुरी वा कुलिन परिबार मात्र नरही नव धनाढयमा पनि सरेको छ
धन दौलत हुनेहरुले सास्र्कृती र परम्परामा नया नयापन ल्याई रहेछन
पश्चिममा बस्ने नेपालीले पनि रहन सहन र पहिरन शंसोधन गराउर्दै छन

घरमा खाने खुवाउने चलन नघटेको पनि रेष्टुरेण्ट र पार्टी प्यालेस सस्कृती बढदैछ
घरमा हुने परिबारिक भेटघार्ट रेष्टुरेण्ट पार्टी प्यालेस तिर सर्दैछ
सबै उमेर र जात जातीलार्ई रेष्टुरेण्ट र पार्टी प्यालेस सस्कृतीले तान्दैछ
घरमा हुने परिबारिक भेटघाट पार्टी प्यालेर्स रेष्टुरेण्टले सजिलो पार्दैछ

शहर ,बजार न गाउ का छोरा,छोरी र बुहारीहरु अमेरिका ,क्यानडा र अष्टे्रलिया तिर
घरमा दुइ जाना हुने बुढी माउहरुलाई अनेक थरीका समस्या नै समस्या
घर मा खान पकाउन ,बिजुली, पानी र ग्यास आदीको समस्या रहेको छ
होटलको सुबिधा पाइने बध्दाश्रमको चलन मौलाउन आटदै छ

अब चाइनिज ,इण्डीयन ,कन्टीनेन्टल र युरोपियन खान पिन बनेको छ
इण्टी्र्ज सुप , पिजा , नोडल,स्पागेटी, पास्ता , नान, क्रिप्सी चिकेन , सिजलर र चिकेन तन्दुरी
सि फुड ,स्टीक,स्याण्डविच,राप र बर्गर,कोलोजोन्स र स्ट्रमोलिस,क्रोसन वीच,
अल्टिीमेट पल्टर पानी खानु हुन्न, कोक वा फेण्टा मिनरलबाटरमा अब स्पप्रीलिडं चाहिन्छ

खाजा वा अतिथी सत्कारका आईटमहरुमा पनि परिबर्तन भएको छ
शहर बजार वा गाउ घरमा कहा छ र कसर, चिउरा,चना, चिउरा र दही चिउरा
बिभिन्न केक बिस्कुट,,चाउ चाउ, पाउ रोटी , चिप्स ,केएफसि ,पिजा, हटडग
मम,वर्गर,सलाद, आइस , फिन्गर चिप्स आदि सबै बनी बनाउका

छोरा,छोरी र बुहारीहरु नेपाली अकंगणित गर्न अलमली रहेछन
बिबाहित नारीहरु आजकाल माईती र आफनो पतिको थर दुबै लेख्दछन
बिभिन्न नया बर्र्षृ बैशाख, लोसारहरु, जनबरी र किस्रमस पर्नि मनाउछन
खाने कुराकोे पहिचान बेक्रफाष्ट , लन्च, स्न्याक र डिनर, बाट गरिन्छन

नया बर्ष,बिबाहको बर्ष गाठ ,जन्म दिन ,उन्नती तथा शुभ कार्यहरु मा
केक काटीन्छ र मोमबती बालेर निभाइन्छ त्यसैलाइ किन र्हो शुभ सकेंत मानिन्छ
फुल माला भए पनि खादाको बर्षा गराईन्छ ,फुलको गुच्छा को उपहार दिने गरिन्छ
टाढा हुनेहरुबाट पनि शुभकामना र बधाई भाइबर र फेसबुक बाट अनिबार्य दिइृन्छ
भोजमा वाइन ,बियर, हिब्क्सकी, र नाचने र गाउने परम्परा पनि अनिबार्य हुदैछ

सास्कृतिकमा त कुरै भएन, धार्मिक कार्यक्रमहरुमा पनि नाच गान चलेको छ
दोहरी साझको सस्कृती , रोदी घरू जस्तोैे जाती बिशेषमा मात्र सिमित भएन
खौजडी , बालन , ,र जाती बिशेषका नाच गान गाउ घरमा पनि रहेन
शहर बजार जताततै गीत, गजल ,डान्स बार रेस्टुरेन्ट न भै भए न

्रेपहिरन पनि बदलीदै छ नानाथरीको पोशाक युबतीहरुमा बढी मौल्याउदो छ
सारी चोलो लाई पेण्ट शर्ट र कुर्ता शरवालले बिस्थापित गर्दैछ
दौरा शुरुवाल लाइृ पनि पेण्ट सर्टलाई बिस्थापित गरि सकेकै छ
राष्ट्र्यि पोशाक मानिएकाले होला बिशेष कार्यक्रम र चाड पर्बमा सिमित भएको छ

कबि भुपी शेरचन भन्थे राष्ट्र्ीियतालाई दौराको तुनामा बाधिएको छ
अब दौराको तुना बाट राष्ट्र्ीियता पेण्ट शर्ट र कुर्ता शलवारमा सरेको छ
पहिरन ले दिने राष्ट्र्यिताको पहिचान कार्यक्रम र चाड पर्बमा सिमित रहेकोछ
जात, जाती बिशेषको भेष भुषा हेर्न पनि उत्सब र महोत्सब लाई पर्खिनु पर्दछ

समाबेशी,सघिय पहिरन र सास्र्कृति को बर्चश्ब, स्बाभिमान र आचार सहिंता कस्तो हुने हो?
दौरा सुरुबाल,पेण्ट सर्ट, कुर्ता धाती गाम्छा , लुन्गी ,कछाड र ईस्टकोट, पुरुषका हुने होलान?
सारी चोलो, गुनीउ चोलो, पटुकि, हाकु पटासी,कुर्ता सलबार र पेण्ट सर्ट महिलाकोहुने होलान?
कि राष्ट्र्यि पोशाक अब कोट, शर्ट , पेण्ट , ले महिला पुरुष दुबैैलाई मिल्ने होलान कि?

सरुबारी र गान्द्रुकमो स्थानिय र स्बदेशीो उत्पादन बिदेशी लाई रमाईलो लाग्छ
ठाउ ठाउका होम स्टेलाईे बिदेशी पर्यटकहरुले् मन लोभिदै छनैे
स्थानिय र स्बदेशी बस्तुहरुको विकास कहिले गर्ने हो
बिदेशि मुलुक सामान ,रहन सहन र चलनमा नै मरि हत्ते कहिले सम्म गर्ने हो

बिदेशमा नेपाली टोपी लाउनेलाइ टोपी चिन्नेलृे सलाम गरेको पनि देखियो
ए हे नेपाली रहेछ भनी नेपाली कुरा गर्न पनि कोही आएको पाइयो
महिलाको निधारको टिकाले नेपाली(एशियन) रहेछ भनी चिनायो
होटल, रेष्टुरेण्ट,मल र पसलमा नेपालीको सहानुभुती पनि पाईयोे

कोरी बाटी गर्नेे्र केश लाई छाडी हिडने चलन आयो
चुल्ठोमा फुल सिउरीने गीत नया अरुणा लामाहरुले अबे कहा गाउन पायो
पुरुष कलाकारले पनि कपाल पाल्ने चलान चलाए
पछाडीबाट हेर्दा झण्डै महिला वा पुरुष ठम्याउन गारो बनाए

परिबेश अर्के भइ सक्यो शहर बजारमा त घास दाउर मेलापात गर्ने परेन
गाउ घरमा पनि न त ग्यास र पाईपको पानी छ , जगल र पधेरा जानु छैन
भेटघाट गर्ने थलो अब शहर बजार र गाउ घर मा पनि परिबर्तन हुदैछ
कफी गफको चलन छ र फेसबुक,भाईबर ले कति सजिलो बनाएको छ

हाम्रा भन्ज्याडं, चौतारी अनि देउरालीहरु अब बजार र सडक बिकासले विस्थापित भए
देउराली का गीत न लेखिन्छ, न गाईन्छ , न फुलपातीहरु न अब चढाइनेछन
नया नारायण गोपाल , ईश्बर बल्लभ र मन बहादुर मुखियाहरुले नलेख्न न गाउन पाउछन
अब त दिल छ मेरो पोखरामा र पिउने म पिलाउने तिमी क्या बदमान भो गीत बज्दछ

मदरडे फादर डे बिदेशिको मात्र होइन पुर्बिय सास्कृती मा पनि छ
गर्भवती नारीलाइ खुवाउने बिदेश तिर बेबि साबर भन्ने चलन रहेछ
हाम्रा पनि त दहि चिउरा खुवाउने हाम्रो जाती बिशेषमा रहेकै छ
एति हो ढाचा र ढर्रा हैसियत भन्दा बढि धेरै बढेकोछ

प्रणय दिबसको चलन आयात गरी प्रिय बनाईएको छ
ब्याइृ फ्रेड र गर्ल फे्रड चलन सबैलाई पाच्य भए जस्तो छ
फुलका गुच्छा र किसिम किसिमका उपहार यस्तैमा साटा साट गरिन्छ
बदलिदो रहन, सहन र चलन ले ेआयका श्रोतहरु सबै देश बाहिरीदैछ
र्
ज्ञान ,अनुभब , बिदेशी मुलुकहरुको भ्रमण र बसाइको् एक्सपोजर बढदोछ
आयातित सस्कृती र चाल चलनहरुको प्रभाब मौलाउदै छ
आफनोपनमा नबस्नाले रहन, सहन र चलन बदलिदो छ
देश प्रेम,आफनो पहिचान र स्बभिमान हाम्रो घटदो गती मा छ

 

 

 

 

 

 

 

प्रतिक्रिया