“मनचोरीको मुध्दा”

इनेप्लिज २०७४ साउन १५ गते १०:५६ मा प्रकाशित

तिम्रो मनको अदालतको फाटँमा
मेरो “फीरादपत्र ” दर्ता भएको छ ।
“बादी” म , अनि ” पर्तिवादी” तिमी
“बिगो” तिमीलाई, “मेरो मन चोरीकोछ” ।।

“तारीक” तिमी धेरै नलम्ब्याउनु ।
“धरौटी अनि मौजात” मेरो चाहना होइन ।।
पेशीमा तिमी खुसीसाथ हाजीर हुनु
तिम्रो खुसीको हाजीरीमा शायेद”आदेशजारी” नहुनसक्छ।

अदालतमा मेरो बहशहरु खुब मनलगाएर सुन्नु ।
“मनचोरीको” एक एक नजीकहरु पेशहुनेछन् ।

अनि तिमी अन्योल र  अाश्चार्य पनि नहुनु ।।
कीनकी हिजो तिमीलेनै राख्नदिएका अोठ र परेलीका लिखतहरू
बहशमा , एक एक प्रमाण रुपमा पेशहुनेछन्।

नयनका तिम्रा एक एक  ती नशालु दृष्टीहरू
साक्षीको रुपमा बकपतर गराइनेछन्!
तिम्रो संम्झनाका  सबै प्रहरी -पर्तीबेदन्हरू सुनाइनेछन्।।
सबै लजालु घटना-मुचुल्काहरू पेशहुनेछन्।

माफगर! तिमी “बिबन्धनमा” पर्नेछौ।
“पुनरावेदन” केवल मात्र टाउको दुखाई हो।
तिम्रै मनका न्यायधीशहरू फैशलाका मस्यौदाहरू तयार गर्नेछन् ।।
फैशलामा “मनचोरीका धेरै प्रमाणहरू” सुनाइनेछन्
बहश र  थुप्रै प्रमाण पेशको आधारमा “मुद्दा” बादीले जीतेको घोषणाहुनेछ।।

प्रतिक्रिया