पोखरामा प्रेम गित २ हेर्न रुझ्दै दर्शक हलसम्म (भिडियो)

इनेप्लिज २०७४ साउन १५ गते १२:३८ मा प्रकाशित

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत २’ को इनिसियल बक्सअफिस कलेक्सन आक्रामक देखिएको छ। प्रदीप खड्का र अश्लेषा ठकुरी अभिनीत उक्त फिल्म हेर्न पोखराका हलमा दर्शकको घुइँचो लागेको छ। पोखराको मौसम उस्तै त परिवर्तन भैरहने त्यै माथी साउने झरिका वाबजुतपनी पोखराका सबै हल खचाखच भएका छन् ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको ‘प्रेमगीत २’ ले बर्मेली युवती नेपाल घुम्न आउने क्रममा एक युवकसँग गाँसिने प्रेम र त्यसपछि आइपर्ने अवरोध र प्राप्तिका लागि गरिने संघर्षलाई मूलकथाका रूपमा पस्केको छ। प्रस्तुत छ पोखरामा झरी पर्दा पनि प्रेम गित २ हेर्न देखिएको रौनक यस्तो थियो ।

https://www.youtube.com/watch?v=IQRO_wwFTMQ

प्रतिक्रिया