” तीज महोत्सब अमेरिका २०७४ ” : सबैलाई चुल्हे निम्तो !

इनेप्लिज २०७४ साउन १६ गते १९:३५ मा प्रकाशित

अाफ्ना मौलिक लोक सँस्कृतिको रक्षा गरौं भन्ने मुल नाराका साथ अमेरिकामा यसपालिको तीज महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ । गत बर्ष झैँ नेपाली राजदुताबास अमेरिका , अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका (IAFAmerica.com) , सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस (sannnurses.org), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, र दुर्गा मन्दिर परिवारको संयुक्त आयोजनामा हुने “तीज महोत्सब अमेरिका २०७४” कार्यक्रम अगस्त २० तारिख आईतवार दुर्गा मन्दिर फेयरफ्याक्समा गरिने छ ।

उक्त दिन वाशिङटन डिसी मेट्रो एरियामा अर्को कुनै कार्यक्रम नजुधाईदिन र आ आफ्ना काममा बिदा मिलाउँदै गर्न सम्बध्द सबैमा हामीले गत दुई महिना देखिनै आग्रह गरि आएकै छौं र फेरी पनि आग्रह गरिएको छ । उक्त दिन दिउँसो १२ बजे देखी तीजको नाच गान सहितको बिशेष महोत्सब हुनेछ जहाँ चेलीबेटिलाई तीजका पोशाक देखी आबश्यक सामग्रीहरु सम्म किनमेलको मेला पनि आयोजना गरिएको छ । आउनुस दुर्गा मन्दिरमा पूजा गरौं पुण्य कमाउँ, तीजको नाचगान प्रतियोगिता देखी अप्रतियोगी नाच गान सम्म सहभागी बनौँ, अनि मेला पनि भरौँ । सो अबसरमा आयोजकहरुका तर्फबाट आमन्त्रित र उपस्थित हुनुहुने सबै सबैलाई निशुल्क तीजको दर खुवाउने कार्यक्रम छ । यस पटकको तीज महोत्सब झनै बिशेष र आकर्शक हुनेछ । हरेक हरेकलाई गाउने, नाच्ने, प्रतियोगितामा भाग लिन वा अप्रतियोगी रुपमा सामेल हुन पाउने ब्यबस्था गरिएको छ ।

– तीज महोत्सब संसार भर लाइभ प्रशारण गरिने छ भने नेपाली अधिकाँश टेलिभिजनहरुबाट पनि प्रशारण गरिने छ ।
– सबै आमन्त्रितहरुलाई सके सम्म नेपाली पहिरनमा अाइदिनका लागि अनुरोध गर्दै सबै भन्दा आकर्शक नेपाली पोशाकमा आउने एक जना पुरुष र एक जना महिलालाई हामी पुरस्कार दिने ब्यबस्था गर्दैछौं ।

– बिज्ञ हरुको टिमले मुल्याङ्कन गरी राम्रो गाउने र नाच्ने दुबै तर्फ पुरस्कार दिने ब्यबस्था गरिँदैछ ।
– हामी बिना भेदभाब सबै सबैलाई नाच गानको अबसर दिने छौं ।
– सन २००८ देखिको हाम्रो यो लोक संस्कृतीको जगेर्नाको निरन्तर अभियान हो । आउनुस तपाईं पनि सहभागी हुनुस् सबै सबैलाई हाम्रो हार्दिक स्वागत छ ।
आयोजक:

* नेपाली राजदुताबास, अमेरिका
* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, अमेरिका
* दुर्गा मन्दिर फेयरफ्याक्स, भर्जिनिया, अमेरिका

संपर्क :गर्ने महानुभाबहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया