सोमबार, कार्तिक ६ २०७४ | Mon, October 23, 2017
नेपालको समय: ०२:५४ | Washington DC: 17:09

दोक्लमबाट भारतीय सेना पछि हट्यो ? यस्तो छ चीनको १५ पेज लामो रिपोर्ट

 

काठमाडौं, १९ साउन । भुटान र चीनको सीमा दोक्लमबाट भारतले आफ्नो सेना हटाएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ ।

दोक्लाम प्रकरणमा भारतीय सेना जबरजस्त अर्काको भुमिका पसेपछि चीनसहित विश्वमै भारतको आलोचना भइरहेको छ भने सेना फिर्ता गर्न भारतलाई ठूलो दबाब परेको छ । यही बीचमा चीन सरकारले दोक्लामबाट भारतले आफ्नो सैनिक संख्या घटाएको दाबी गरेको हो ।

भारतीय पत्रिका द इकोनोमिक टाइम्सका अनुसार दोक्लाम प्रकरणमा १५ पेज लामो एक रिपोर्ट प्रस्तुत गर्दै चिनियाँ विदेश मन्त्रालयले दोक्लाम सीमामा जहाँ पहिला ४०० भारतीय सैनिक थिए, अब त्यहाँ उनको संख्या घटेर ४० जना मात्रै रहेको जनाएको हो । यद्यपी भारतले चीनको यो दाबीलाई अस्वीकार गर्दै आफ्नो ३५० जनाको सैनिक फौज चिनियाँ सेनाको सामना गरिरहेको बताएको छ ।

चिनियाँ रिपोर्टमा भनिएको छ– १६ जून २०१७ को चीन दोक्लाम इलाकामा सडक बनाइरहेको थियो, १८ जूनको २७० भन्दा बढी भारतीय सैनिक हतियारसहित दुई बुल्डोजर लिएर सिक्किम सेक्टरबाट दोक्लाम नजिकै सीमामा आए । सडक निर्माणको काममा अवरोध गर्ने उद्देश्यले आएका भारतीय सैनिक चिनियाँ इलाकामा १०० मिटर भित्र घुसे । त्यो बेला त्यहाँ भारतीय सैनिकको संख्या ४०० सम्म पुगेको थियो ।

रिपोर्टमा अगाडि भनिएको छ– ‘भारतीय सैनिकले त्यहाँ तीन तम्बू गाडिदिए र चीनको सीमामा १८० मीटरभित्र सम्म आए । जुलाईको अन्तिमसम्म त्यहाँ अहिलेपनि ४० भारतीय सैनिक र एक बुल्डोजर अवैध तरिकाले चिनियाँ सीमामा बसिरहेको छ ।

यता भारतले चिनियाँ दाबीको विरोध गर्दै आफ्ना ३५० सैनिक विगत ६ हप्तादेखि दोक्लाममा डटिरहेको बताएको छ ।

२०७४ साउन १९ गते ११:५८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी