डा. शंकरकुमार श्रेष्ठको पाँचौँ कृति ‘पीडितशास्त्र’

इनेप्लिज २०७४ साउन २० गते १०:३० मा प्रकाशित

काठमाडौँ, २० साउन अपराध पीडितका सम्बन्धमा अपराधशास्त्रविद् डा. शंकरकुमार श्रेष्ठको पाँचौँ कृति ‘पीडितशास्त्र’ सार्वजनिक भएको छ ।
कानूनी शब्दकोषसहित कानूनका विषयमा करिब दुई दर्जन पुस्तक प्रकाशित गरिसक्नुभएका उहाँले यसअघि ‘भिक्टिम जस्टिस सिस्टम’, ‘द भिक्टिम्स् अफ क्राइम’, ‘पीडित न्याय प्रणाली’ र ‘पीडित विधिशास्त्र’ प्रकाशित गरिसक्नुभएको छ ।

पत्रकारसामु आज सो कृति सार्वजनिक गर्दै लेखक डा श्रेष्ठले पहिलोपटक नेपालको संविधान, २०७२ को धारा २१ मा मौलिक हकको रुपमा अपराधपीडितको हक स्थापित भएको छ तर दुई वर्ष बित्न लाग्दासम्म पनि सोसँग सम्बन्धित कानून भने अझै बनिनसकेको गुनासो गर्नुभयो ।

उहाँले अपराधपीडितको औषधोपचारको कानूनी व्यवस्था नगरिएकाले यसलाई प्रथाजन्य कानूनका रुपमा स्थापित गर्न पहल हुनुपर्नेमा जोड दिनुभयो ।
सो कृतिमा पीडित शास्त्रको अवधारणागत विकास, अपराध पीडितको अर्थ र परिभाषा, अपराध पीडितका हक र भूमिका, पीडित न्याय प्रणालीको अवधारणागत विकास, अपराधपीडितप्रति राज्यको दायित्व, नेपाली परिवेशमा पीडितको अधिकार, सत्य निरुपण आयोगको अवधारणा नेपालमा यसको उपादेयता र दण्डहिनताः अवधारणा तथा प्रभावजस्ता विषय समेटिएका छन् रासस

प्रतिक्रिया