गौरी जोशीको लस एञ्जलस र सन् फ्रान्सिस्कोमा टेक्सास,अगष्ट ४मा अन्तरक्रिया कार्येक्रम

इनेप्लिज २०७४ साउन २० गते १६:५९ मा प्रकाशित

गौरी जोशी लस एञ्जलस र सन् फ्रान्सिस्कोमा टेक्सास,अगष्ट ४ । एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी गौरी जोशी आफ्ना समर्थक र शुभेच्छुकसंगको भेटघाट र नेपाली समुदायसंग हुने अन्तरक्रियाका लागि पश्चिमी राज्यका प्रमूख शहर लस एञ्जलस र सन् फ्रान्सिस्कोतर्फ लागेका छन् । गत सप्ताहान्त पूर्वी क्षेत्रका विभिन्न राज्यमा आफ्नो प्रचार कार्यक्रम सकेर टेक्सास फर्किएका जोशी आज शुक्रवार लस एञ्जलसमा हुन लागेको कार्यक्रममा सहभागी हुनेछन् । लस एञ्जलसमा कार्यक्रमको संयोजन गरिरहनु भएकी जोशी समूहकी उपाधक्ष्यकी प्रत्यासी उमा कार्कीका अनुसार, आज साँझ हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको छ । आज लस एञ्जलसको कार्यक्रम सकेपछि अध्यक्षका प्रत्यासी जोशी भोली शनिवार सन् फ्रान्सिस्कोमा हुने कार्यक्रमलाई सम्बोधन गर्न पुग्नेछन् ।

सन् फ्रान्सिस्कोको कार्यक्रम संयोजन गरिरहेका एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एवं जोशी समूहका महासचिवका प्रत्यासी पूर्ण बानियाँले कार्यक्रममा गौरी जोशीको एजेन्डाबारे प्रत्यक्ष सुन्न र भेटघाट गर्न क्यालिफोर्नियावासी नेपालीहरु उत्साहित रहेको बताउनु भएको छ । यता अध्यक्षका प्रत्यासी जोशी पनि आफु पश्चिम क्षेत्रका आफ्ना शुभेच्छुकहरुसंग भेटघाटका लागि उत्साहित रहेको बताउनु हुन्छ ।’गत सप्ताहान्त मैले न्यू ह्याम्सायर,बोष्टन,कनेक्टिकट,न्यूयोर्कलगायतका पूर्वी क्षेत्रका सदस्य एवं शुभेच्छुकसंग भेटघाट गरिसकेको छु । अहिले यो सप्ताहान्त पश्चिम क्षेत्रका दाजुभाई तथा दिदीबहिनीहरुसंग भेटघाट गर्न र एनआरएन अमेरिकालाई साझा र बलियो एनआरएन बनाउन के गर्न सकिन्छ भन्ने बारे छलफल गर्न म निकै उत्साहित छु’ अध्यक्षका प्रत्यासी जोशीले भने । निर्वाचन आयोगले बदनियतपूर्वक आफ्नो नाम उम्मेदवार सूचीमा नराखेको भन्दै जोशीले आफू एनआरएनको संस्थागत हित र विधानका साथै अमेरिकीभूमिको कानुनी सर्वोच्चताको उच्च सम्मान गर्दै अघि बढ्ने बताएका छन् । ‘मेरो उम्मेद्वारीका विषयमा सबैले चासो राख्नु भएको छ । एनआरएन आइसीसीले यसै विषयलाई लिएर समिति समेत बनाएको छ । समितिले न्यायोचित निर्णय दिनेछ भन्नेमा म विश्वस्त छु । विधि,विधान,कानुन र आइसीसीको निर्णय समेत मान्दिन भनेर निर्वाचन आयॉग अघि बढेको छ । यहाँको न्यायिक समितिको फैसला अवज्ञा गरिएको छ । यी सबै विषयलाई लिएर म शुभेच्छुकहरुको माझ पुग्दैछु’जोशीले शुक्रवार बिहान टेलिफोन संवादमा भने ।

प्रतिक्रिया