बिचलित राष्ट्रलाई सेनाको मार्गदर्शन

इनेप्लिज २०७४ साउन २३ गते २१:२५ मा प्रकाशित

बौद्धिक स्रोत परिचालन केन्द्रले असार २२ गते नेपालको राष्ट्रिय एकता र देश विकासमा राजसंस्थाको भूमिका भन्ने शीर्षकमा एक गोष्ठीको आयोजना ग¥यो । गोष्ठीका सभापति पूर्व सेनापति प्यारजंग थापा रहेको सभामा नेपाली कांग्रेसका नेता देवेन्द्र नेपालीले सेना कहिल्यै रिटायर्ड हुँदैन भनेको जवाफमा श्री थापाले सेनामात्र होइन राजा पनि कहिल्यै रिटायर्ड हुँदैनन् भनी दिएको प्रतिउत्तर नेपाली छापा, अनलाइन र सामाजिक संजालमा व्यापक भयो ।

उक्त सभामा प्रा. पुष्कर अधिकारीले आज राष्ट्र विघटन गर्ने र ७४४ राज्य बनाउने पश्चिमा षड्यन्त्र बिरुद्ध नेपालीहरू जाग्नु पर्ने माग राखे । मानव सेवकले अखण्डता खतरामा छ भन्दै बिद्रोहको माग गरे । मीनराज गुरुङले जनता विद्रोहको लागि तयार छ र हाम्रो आह्वान पर्खेको छ भन्दै साधन स्रोतको खोजीमा लागेको बताए । बरिष्ट अधिवक्ता कृष्णप्रसाद भण्डारीले ९ खर्ब आयात र १ खर्ब निर्यातले देशको आर्थिक मेरुदण्ड भाँचिसकेको कुरा औल्याए । प्रा. बेटीदेवी बज्राचार्यले राष्ट्र संजीवनी खोजिरहेको भनिन । प्रा.जे.एन पाण्डेले देश असफल राष्ट्रको स्थितिमा पु¥याइएको आरोप लगाए । मनता राईले राष्ट्र सिङ्गो बनाउने काममा राजा प्रजा मिल्नु प¥यो भनिन् । उ.प्रा. निरज पन्तले सबै देशभक्तहरू टुटेको फुटेको र लाट्टिएको अवस्थामा रहेकोले हाम्रो राष्ट्रको भविष्य संदिग्ध भएको बताए ।

प्रा.डा. रामकुमार पाण्डेले राजा आउ देश बचाउ भन्ने नाराको बदला राजा र सबै जिम्मेदार तहमा निश्चित कार्यक्रमका साथ राष्ट्र रक्षाको योजना अघि सार्ने प्रस्ताव प्रस्तुत गरे । देवेन्द्र नेपालीले २०४७ को संविधानमाथि जुन ग्रहण लागेको छ त्यो अहिंसक जनआन्दोलनबाट खारेज गर्नु प¥यो र ०४७ को संविधान स्वतः स्थापना हुन्छ भन्ने धारणा राखे । उक्त सभामा मैले विश्व इतिहासमा सेनाले खेलेको ऐतिहासिक भूमिकाको विशेष रुपमा उल्लेख गर्ने मौका छोपे, जुन कुराको चर्चा अहिले पनि उक्त सभामा उपस्थित कतिपय स्रोताले विर्सनै नसक्ने भन्दै पनामा पेपर्स काण्डमा सेना र अदालतको सकृयतामा त्यहाँका प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएको र त्यहाँ भन्दा कैयौँ गुणा बढि भ्रष्टाचार, दलाली र राष्ट्रघात नेपालमा बढि छ, जसको तपाँइले गरेको सार्वजनिक दावी जनसमक्ष ल्याउनुहोस भन्ने अनुरोध कै आधारमा मैल असार २२ को सभामा प्रस्तुत विचार यहाँ पुनः प्रस्तुत गर्ने प्रयास गरेको छु ।

खासगरी राष्ट्रिय एकताको निर्माणमा नेपाली सेनाको भूमिका संधै अतुलनीय छ भन्ने मेरो अध्ययनले बताउँछ । जगतमा जेठो सभ्यताको केन्द्र नेपाल हो । नेपालबाटै ब्रह्माण्डका अधिपति देवादिदेव महादेवले कर्णालीको कालिकोट रास्कोटमा रहेको मौलाकोटबाट १ हजार ८ तारा ग्रहमाथि राज गरेका थिए । उनैले आफू जोगी हुनुअघि आफ्नो राज्य शकबहादुरलाई प्रदान गरे र जसको नाम उनले देवराज ईन्द्र राखे, यो कुरा हिमवतखण्ड भन्ने पुस्तकमा उल्लेख छ । तिनै देवराजले आफ्नो जेठो छोरा जयन्तलाई पृृृथ्वीको राज्य प्रदान गरे । एउटा उखान छ ः स्वर्गको राजा ईन्द्र र पृथ्वीका राजा मष्टो ।

कालान्तरमा जब मान्छेले शासन गर्न थाले पृथ्वीका सातै द्वीपका अधिपति महाराज मनुले कालिकोटको सदरमुकाम मान्म अथवा मानमीबाट आफ्नो राज्य चलाए । उनैले विश्वको पहिलो संविधान मानिने मनुस्मृति संसारलाई प्रदान गरे । नेपालको सूर्य चन्द्र अंकित झण्डा महादेवदेखि मनुसम्मले अंगालेको कुरा राष्ट्रगुरु योगी नरहरिनाथले बताएका छन् । यस्तै योगीले नेपाली सेनाले त्रिशुल र डमरु बोकेकोले त्यो महादेवको सेना हो र ब्रह्माण्डमाथि बिजय प्राप्त गरेको इतिहास छ भनेका थिए । नेपाली सेनाले जुम्लाका महाराज बलिराज शाहीको सञ्चालनमा उनका छोरा राजकुमार बत्सराज शाहीको नेतृत्वमा इं.सं. १४०२ मा हरिद्वार नजिकको मोहनदर्रामा विश्वविजेता तैमुरलंगलाई मारेकोले विश्वका पाँच द्वीपका अधिपति अर्थात श्री ५ भनी जुम्लाका महाराजहरू कहलिएका थिए । त्यतैबाट श्री ५ भन्ने विश्वको अधिपति (सुजरेन) को पद नेपालका गोर्खाली राजाहरूले प्राप्त गरेको इतिहास छ ।

विश्वका अधिपति भएकोले नेपालमा बेलायतमा जस्तै राजाको पदवी खारेज गर्नु नेपालको अन्तर्राष्ट्रिय अस्तित्वलाई नामेट गर्ने अपराध हुन गएकोमा त्यसलाई अविलम्ब सच्याउनु पर्दछ । नेपाली जनताले अहिले स्थानीय निर्वाचनबाट यस्तो अभिमत प्रदान गरेको स्पष्ट देखिन्छ । नेपाली जनताले हिन्दु अधिराज्य र गणतन्त्र खारेज गर्ने माग राखेर संविधान सभामा चौथो स्थान प्राप्त गरिसकेपछि देश र जनतालाई धोका दिएर गणतन्त्र, धर्म निरपेक्षता आदिका चोक्टा खान गएको राजनीतिक समूहलाई मात्र झोलमा नडुबाएर गणतन्त्र, धर्म निरपेक्षता र संघियताको निर्माता भएर विदेशी विधर्मीहरूको चलखेलको मुख्य पहरेदार बनेको राजनैतिक दललाई पनि थाङ्नामा सुताएका छन् । जे जस्तो षडयन्त्र, आर्थिक प्रशासनिक चलखेल र धाँधली गरेपनि जो दल भरौटे एजेण्डा बोकेका छन तिनीहरूलाई नेपाली जनताले पाखा लगाएका छन । जनताले एमाले र नेपाली कांग्रेसलाई अव आफ्नो एजेण्डामा आउन र जडौरी एजेण्डा तत्काल फ्याक्न पनि आदेश दिएका छन । अव एमाले र नेपाली कांग्रेसले नेपाली जनता, सुरक्षा कर्मी, कर्मचारी, किसान, मजदूर र विद्यार्थीहरूलाई साथमा लिएर गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई संविधानबाट खारेज गरेर संवैधानिक राजतन्त्र, हिन्दु अधिराज्यका साथै देशलाई विखण्डन गर्ने संघियताको बदलामा अखण्ड नेपाल बनाउने आदेश मतदान मार्फत दिएको कुरालाई कार्यान्वयन गर्न सक्दैनन् भने यस्तो बेलामा नेपाली सेनाले निर्णायक भूमिका खेल्नु पर्दछ ।

कतिपय ऐतिहासिक अवसरमा सेनाले निर्णायक भूमिका खेलेको कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक नै हुनेछ । १९३६ को डिसेम्वर १२ तारिखमा चीनको राष्ट्रिय सेनाका च्याङ सुह लियाङ भन्ने सेनापतिले विस्तारवादी जापान बिरुद्ध नलागेर चिनीया लालसेनामाथि हमला गरेर बसेका राष्ट्रपति च्याङ काई सेकलाई १३ दिनसम्म सियानको व्यारेकमा थुनेका थिए । त्यस्तै हिन्दुस्तानमा अंग्रेजहरू बिरुद्ध मुगल, मराठा र शिखहरूले बिद्रोह गरेपनि गोर्खा सैनिकले साथ दिएसम्म देशमुक्त नहुने ठहर गरेर नेताजी सुवाशचन्द्र बोसले पोण्डिचेरीका गुरु अरविन्दो मार्फत गोर्खा राइफलका सुवेदार कुवर ईन्द्रजीत शाही अर्थात डा.के.आई.सिंहलाई अग्रसर गराएर बिद्रोह गराएपछि मात्रै अंग्रेजहरूले हार खाएका हुन । यदि गोर्खाली सबैले अंग्रेजहरूलाई साथ दिएको भए १९४७ को बदला दक्षिण अफ्रिका जस्तै हिन्दुस्तान पाकिस्तान पनि अरु आधा शताब्दि दास नै रहने थिए । यस्तै नेपालभित्र पनि २००७ सालको क्रान्तिमा नेपाली सेनाको भूमिका सामान्य छैन । गणेशमान सिंह लगायतको फाँसीको प्रस्तावमा महाराज त्रिभुवनको सही गराउन ल्याउँदा राम्रो काममा मेरो हस्ताक्षर नचाहिने मान्छे मार्ने काममा म गर्दिन भनेर कड्केपछि राणा सेनापति बबर शम्शेरले वर्ता भएको यस ठकुरीलाई गोली हान्छु भन्दा कालीबहादुर गणका सैनिकहरूले हाम्रो सिन्दुरलाई बन्दुक ताक्न पाइन्न भनी प्रतिरोध मात्र नगरी त्यहाँबाट राणा सेनापतिलाई लखेटेर त्रिभुवनलाई बचाउन नारायणहिटी दरबार नजिक उत्तरको शीतलनिवासमा हिन्दुस्तानी दूतावासमा शरण लिन लगाए । यसैबाट ००७ को क्रान्ति राजा र प्रजा मिलेर सम्पन्न भयो । नेपाल जहानिया परिवारतन्त्रबाट मात्र मुक्त भएन अपितु उपनिवेशवादका भरौटेहरूबाट पनि छुटकारा पायो ।

अहिले नेपाली जनता वर्तमान शासकहरूका अतिभ्रष्ट, राष्ट्रघाती, जनविरोधीमात्र नभई परचक्रीहरूका अगाडि पुरै लम्पसार भई देशको अस्तित्व नामेट पार्ने दलीय सिण्डिकेटप्रति अत्यन्त घृणाका साथ बिद्रोहको तयारीमा छ । जनता राष्ट्रको विखण्डन, विलय र अन्तरघातको कुनै पनि चलखेल बिरुद्ध प्रतिरोध गर्ने मुडमा छ । जब हिन्दुस्तानको सीमासुरक्षा बलले नेपालको सीमाना मिचेर एउटा कलभर्ट भत्काएको प्रतिरोध गर्दा नेपाली युवा गोविन्द गौतमको निर्मम हत्या भयो । त्यस बिरुद्ध कंञ्चनपुर र कैलालीमा लाखौ जनता प्रतिरोधमा उत्रेका थिए । यसबाट नेपाली जनताको देशभक्तिपूर्ण सम्बेदना आजपनि नालापानीमा सेनापति बीर बलभद्र थापाको नेतृत्वमा युद्धमा होमिएका आम जनता जस्तै निहत्था लड्न सक्ने देखिन्छ ।

आज राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा, भ्रष्ट एवम् गैह्रजिम्मेदार शासकहरूलाई तह लगाउन नेपाली जनता बिद्रोह गर्न तयार छ । हामी लाट्टिएका र निस्क्रिय भएका छैनौ । हामीलाई कसैको साधन स्रोतको खाँचो छैन । हामीले आज कहिल्यै अवकास नहुने सेनाका विशिष्ट अधिकृतहरू हाम्रा साथमा पाएका छा्रै । आज सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय एकताको लागि तत्पर भएको सार्वजनिक प्रतिवद्घता जनाउने प्रधान सेनापति र आम सैनिकहरू प्रति आभार व्यक्त गर्दछौ । सेनाले राष्ट्ररक्षाको जिम्मामात्र नलिएर नेपाली जनतालाई अत्यन्त पीडादायी अवस्थामा पु¥याउने नाकाबन्दी हटाउने प्रशंसनीय भूमिका खेलेको र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गरिमा बढाउने देशभित्रका सैनिक अभ्यास र विदेशमा शान्ति सेनाको विशिष्ट सम्मान कायम गरेकोमा आज नेपाली जनता अव विचलित राष्ट्रलाई पनि सेनाले नै मार्ग देखाओस भन्ने चाहना राख्दछ । सबैलाई चेतना भया ।

प्रतिक्रिया