महाबुको महिमा

इनेप्लिज २०७४ साउन २४ गते ९:२० मा प्रकाशित

 

हाम्रो माझ प्रत्येक वर्ष उही दिन आउँछ । जसले वर्ष दिनभरीका दुःख र पीडालाई विर्साईदिन्छ । हामी कति भाग्यमानी ! हाम्रो जीवनको सवैभन्दा धेरैे खुसी बोकेर ल्याउछ । जसको महिमा असीमत रहेको छ । दुई जिल्लाको वीच भाग । जुन ठाउँमा पुग्ने जो कोही मानिसहरु पनि मर्माहित हुन्छन । जुन स्थान जनै पूर्णीमाको अघिल्लो दिन ठूलो भेला लाग्ने गर्दछ । कालिकोट र दैलेख जिल्लाको सीमाना पर्ने महाबु आफैमा एक बहुचर्चित ठाउँ हो । समुन्द्री सतहदेखि ४ हजार १ सय ६८ मिटर उचाईमा रहेकोछ । यहा ढुङ्गाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । जसको दर्शन गर्न लाखौं तिर्थयात्रीहरुको घुईँचो लाग्ने गर्छन । किम्बदन्ती अनुसार महादेब शिव र पार्ततीको उत्पत्ती भएको कैलाशको रुपमा विब्यात छ । यो ठाउँमा तिर्थयात्रीले दर्शन गरेपछि मनका सवै कुरा पूरा हुने जनविश्वास छ । एकपटक पूजाआज गरी सकेपछि अर्को पटक पुनः पुजाआजा गर्नु जनविश्वास रहदैं आएको छ । पुर्खाहरुका अनुसार दैलेख जिल्लाको भूर्तीका एक ब्रामणका छोरा पाटनमा गाई भैसी चराउन गएको सयमा निन्द्रा लगेपछि ढुङ्गामा गएर सुते, त्यस समयमा शिवको दर्शन पाएपछि त्यस ढुङ्गा दिनहुँ दूध चढाउनु पर्ने र उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञा पाएपछि उनलाई वोल्न सक्ने र वेद पढन सक्ने भएको भनाई रहदै आएको छ । त्यहि ढुङ्गाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुङ्गा अहिले पनि जस्ताको तस्तै छ । यो ठाउँमा कालिकोट र दैलेख जिल्लाका दुईटा पुजारी रहेका छन । एउटा जिल्लाको पुजारीले मात्र पूजा गर्न पाउँदैन ।

दुवै पुजारी सामिल भएपछि पुर्जाको कार्य अघि बढाउछन । महाबुमा पूजा आजा गर्नको लागि आन्तरिक तिर्थयात्रहिरु त आउने नै भए तर छिमेकी देशका तिर्थयात्रीहरु समेत पूजा आजा गर्न आउने गरेका छन । महाबु पूजा गर्नको लागि नजिकका तिर्थयात्रीहरु घरदेखि विहान जाने गर्दछन भने बाहिर बाट आउने तिर्थयात्रीहरु एक हप्ताको योजना बनाएर आउने गरका छन । धार्मिक दृष्किोणले जिल्लाको सवैभन्दा महत्वपूर्ण ठाउँ मानिन्छ । महाबु पूजा आजाको लागि मात्र नभएर यो ठाउँ जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित छ । सफा मौसम भएको समयमा यो स्थानमा पुगेपछि नेपालका अधिकांश भू–भागहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यसरी महाबुको महिमा असीमित रहदैं आएको छ ।
लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।

सम्पर्क नम्बर :

+ 9779748082068

+9779812553618

इमेल :  [email protected]

प्रतिक्रिया