बोष्टनमा सात दिने सप्ताहा भब्य रुपमा शुरुभयो, पहिलो र दोश्रो दिन गरि २,६९,९७६ डलर सँकलन ।

इनेप्लिज २०७४ साउन २४ गते १४:११ मा प्रकाशित

यम पौडेल, बोष्टन \ अगष्ट ७, २०१७
अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊन लागि परेको सँस्था पशुपतिनाथ बुद्द फाऊण्डेशन को सहयोगार्थ सप्ताहा मुल आयोजक समिति व्दारा आयोजित “ बोष्टन सप्ताहा २०१७ “ मा हिजो र आज गरि दुइलाख ऊनन्सत्तरि हजार नौ सय छहत्तर डलर सँकलन भएको छ । पहिलो दिन हिजो बृहद कलश यात्रा गरि सप्ताहाको थालनी गरिएको थियो ।पुर्ब घोषित कार्यक्रम अनुरुप अत्यन्त ऊत्साहका साथ मिस्टिक भ्याली पार्क वे को बिशाल पार्कमा करिब दुइ हजार नेपालीहरु सहभागी भै सुन्दर सभ्य र सभ्य रुपमा कलश यात्रा गरिएको थियो । कलश यात्रा पछि सप्ताहा हल शिबालय मन्दिरको दुर्गा हलमा पुगेर बिधिबत श्रीमद्भागबत सप्ताहा महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव को ऊदघाटन गरिएको थियो ।


हिजोको कलश यात्रामा कहिल्यै नजुटेको नेपाली सहभागिता जुटेको देखिन्थ्यो । आकर्षक नेपाली पहिरन नेपाली भेषभुषा सहित अमेरिकाको बिभिन्न राज्याबट नेपालीहरु आएका थिए । यति बिशाल सँख्यामा नेपालीहरु जुटेर थालनी गरिएको सँभवत यो पहिलो कार्यक्रम हो बोष्टनमा । । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल प्रमुख बाचक रहेको बोष्टन सप्ताहा २०१७ को लागि नेपालीहरु तिन महिना देखि तयारीमा जुटेका थिए । यहा क्रियाशिल सबै नेपाली सँघ सँस्थाका पदाधिकारीहरु, सम्पुर्ण नेपाली समाजसेबी हरु एक ढिक्का भै सप्ताहा सफल पार्न लागि परेका छन । मुल आयोजक समितिले जिम्मेवारीलाई बाडफाड गरि समिति ऊपसमिति र स्वयँसेबक टिम बनाएको छ यसमा नेपाली हरु दिन रात नभनि जुटेका छन , सप्ताहा हल अति सुन्दर बनाईएको छ । खाना प्रसाद को हरेक दिन ब्यबस्था गरिएको छ । आऊन र जान सटल बसको ब्यबस्था गरिएको छ ।


बोष्टन सप्ताहा हिजो र आज दुबै दिन हाऊस फुल भयो ।हिजो पहिलो दिन १२७५८६.०० डलर र आज दोश्रो दिन १४२३९० .०० गरि २६९९७६.०० दान सँकलन भएको छ धेरैले पाच हजार डलर दान गर्नु भएको छ भने हाल सम्म सबैभन्दा बढि दिनेको दान रकम एघार हजार एक सय एघार रहेको छ । सबै दानबिर को बिबरण शिघ्र प्रकाशित गर्ने जनाईएको छ । नेपालीलाई नेपाली साँस्कृतिक केन्द्र , नेपाली सामुदायिक केन्द्र चाहिएको थियो सहि बेलामा सहि कार्यक्रम भयो सक्दो दान गर्नु पर्छ भन्ने भावना ग्रेटर बोष्टन का नेपालीमा पलाएको छ । सक्नेले धेरै दान गरौ नसक्नेले थोरै गरौ केहि न केहि त अबश्य गरौ कोहि नछुटौ भन्ने नारा घर घर मा लगाइएको छ । नेपाली एकता नेपाली पहिचान नेपाली कला धर्म सँस्कृतिको लागी कम्युनिटि सेन्टर अत्याबश्यक भएको बेला सप्ताहा महायज्ञ शुरु भएको हुदा छिमेक राज्यबाट समेत नेपालीहरु सहभागी भै दान गर्न थालेका छन । पन्ध्र लाख डलर सँकलन गर्ने लक्ष्य राखिएको यस महायज्ञमा हरेक दिन भक्तजन बढने सँकेत मिलेको छ । यतिबेला बोष्टन सप्ताहामय भएको छ । हरेक नेपालीहरु सप्ताहामय भएका छन सप्ताहा लागेको छ नेपालीलाई । सप्ताहा अगष्ट ६ देखि १२ तारिख सम्म दिऊसो १२ देखि राति १० बजेसम्म सम्म सँचालन हुने छ ।
धन्यबाद ।

फोटो : सान प्रधान, बिजय तामाङ

प्रतिक्रिया