एनआरएन अमेरिकाको निर्वाचन स्थगित ,न्यायको खोजीमा अदालत पुग्न बाध्य भएको : गौरी जोशी

इनेप्लिज २०७४ साउन २५ गते १:१२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।

एनआरएन अमेरिकाको आसन्न निर्वाचनको विषयमा टेनेसी अदालतले तत्कालको लागि निर्वाचन गर्न प्रतिवन्ध लगाएको छ । अदालतले अगस्त ८ तारिखमा गरेको आफ्नो निर्णयमा भनेको छ- अदालतमा विचाराधिन रहेको निर्वाचन सम्वन्धि विषयमा गैर आवासीय नेपाली संघ,अमेरिकाको निर्धारित मिति अगष्ट ११ र १२ तारिखको निर्वाचन यथास्थितिमा र प्रतिवन्धात्मक व्यवस्था अनुसार सञ्चालन नगर्न निर्देशन दिन्छौं ।

अदालतको निर्णयमा भनिएको छ -यो आदेशको अधिनमा रहेर निर्वाचनको मिति पुर्ननिर्धिारण गर्न र निवेदकको नाम समावेश गर्न निर्देशन दिईन्छ । अदालतको आदेशमा भनिएको छ, निर्वाचन मतपत्रमा निवेदकको नाम समावेश गरेर स्वच्छ निर्वाचन गराउन आदेश दिइएको छ । निवेदकका् तर्फवाट थप सुनुवाईको आवश्यक परेको खण्डमा पुन सुनुवाई गर्न सकिने अदालतको निर्णयमा उल्लेख गरिएको छ ।

अध्यक्षका प्रत्यासी गौरी जोशी र महासचिवका उम्मेदवार पूर्णचन्द्र बानियाले आफुहरुको नाम उम्मेद्वारी सूचीमा समावेश नगरेको भन्दै निर्वाचन आयोगका विरुद्ध अन्तरिम आदेश जारी गर्न निवेदन दिएका थिए ।

आगामी अगष्ट ११ र १२ मा हुने एनआरएन अमेरिकाको निर्वाचन तय भएको थियो भने अन्तिम तयारी भै रहेको बेला यस्तो आदेश अदालत बाट आएको हो l अगस्त ८ तारिख साँझ उनले आफ्नो छापा बिज्ञप्ति निकाल्दै आफ्नो उम्मेदवारीको बैधानिकतालाई लिएर अनेक प्रश्नहरु उठाइए र अनावश्यक विवाद सृजना गरिएको जनाएका छन् l

उनले एनआरएन अमेरिकाको टेनेसी राज्यमा दर्ता भएको बिधान र एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको समितीको बिधान अन्तर्गत रहेर रितपुर्वक तोकिएकै समयमा आफुले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको हुँ । बिधानसम्मत र रितपुर्वक उम्मेदवारी दिंदादिदै पनि निर्वाचन समितीले अध्यक्षका उम्मेदवारहरुको नामावली सुचीमा मेरो नाम राख्न अस्विकार गरेपछि उम्मेदवार बन्न पाउने बिधानसम्मत हकको सुरक्षा गर्न र एनआरएन अमेरिकाको निर्वाचनलाई सहजतापुर्वक अगाडी बढाउने वातावरण बनाउन मैले पटकपटक सम्बद्ध पक्षहरुसँग आग्रह गरेकै हुँ भनि बिज्ञप्तिमा जनाएका छन् l

उनले उक्त बिज्ञप्तिमा कतैवाट पनि न्याय नपाएपछि अन्तरआत्मा र मलाइ माया गर्ने हजारौं साथीहरुको आग्रहलाई ध्यानमा राख्दै न्यायको खोजीमा अदालत पुग्न बाध्य भएको उल्लेख गरेका छन्

उनले अगाडी लेखेका छन् ,अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभएसम्मकालागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ भनेका छन् l

उनले हामी सबैको प्यारो संस्था एनआरएनलाई अदालतमा पुर्याउन मन थिएन तर मेरो सामु कुनै बिकल्प भएन भनेका छन् । उनले दुइसाता पर्खेंको र आफु अध्यक्षको उम्मेदवार बन्न योग्य रहेका यथेष्ट प्रमाणहरु निर्वाचन समितीलाई पेश पनि गरेता पनि तर बिधि– बिधान र नीतिलाई मान्ने काम निर्वाचन समितीबाट भएन ,बरु उल्टै अमुक व्यक्ति र पात्रहरुबाट प्रभावित हुने काम भयो भनेका छन् l

उनले अमेरिकाको विवाद अन्तर्राष्ट्रिय समन्वय परिषदसम्म पुगोस भन्ने आफ्नो चाहना नभएको भन्दै एनआरएन अमेरिकाको निर्वाचनलाई बिथोल्ने आफ्नो कुनै मनशाय छैन भनेका छन्

उनले एनआरएन अमेरिकालाई कमजोर र विभाजित बनाउने कुरा आफु कल्पना सम्म गर्न सक्दिन र परिस्थितिले आफुलाई न्यायको ढोका ढकढकाउन बाध्य बनाएको मात्र हो भनि लेखेका छन् l

उनले आफ्नो कारणले कतैबाट पनि एनआरएन अमेरिकालाई कमजोर हुन नदिने विश्वास यहाँहरु सबैलाई दिलाउन चाहेको भन्दै अहिले निर्वाचन स्थगित भएको परिस्थतीलाई बुझिदिन र एनआरएन अमेरिकाप्रति कुनै नकरात्मक सोच नराखी दिन अनुरोध समेत गरेका छन्

उनले परम्परागत रुपमा पद तथा शक्ति आर्जन गर्न र नेपालीमाझ नै अनावश्यक चलखेल गर्न आफुले एनआरएन अमेरिकाको अध्यक्षकालागि उम्मेदवारी नदिएको बताएका छन् l

यो अभियानमा निरन्तर लागि रहने र स्थगित भएको निर्वाचन प्रक्रिया छिटटै फेरि शुरु हुने कुरामा विश्वास गरेको बताएका छन् l यसै गरि एनआरएन आइसीसीले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेद्वारीको योग्यता बारे छानबीन गर्न गठित समितिले जोशीलाई उम्मेद्वारीबाट बन्चित गर्नुपर्ने कुनै कारण नरहेको प्रतिवेदन पेश गरेको छ । समितिले पेश गरेको प्रतिवेदनलाई आइसीसी सचिवालय बैठकले अनुमोदन गरेको छ ।

बैठकले अनुमोदन गरेको निर्णयसहित आइसीसी महासचिव डाक्टर बद्री केसीले आइसीसीका अमेरिकास्थित क्षेत्रीय संयोजक सोनाम लामा र उप-संयोजक एसी शेर्पालाई पत्राचार समेत गरेका छन् । महासचिव केसीले अगष्ट ७ तारिख सोमवार बसेको आइसीसी सचिवालय बैठकले समितिको प्रतिवेदन अनुमोदन गरेको भन्दै समितिको निष्कर्षलाई कार्यान्वयन गर्न २४ घण्टाको समय दिई पत्राचार गरेका छन् ।

आइसीसी महासचिव केसीले अमेरिकाका क्षेत्रीय संयोजक लामालाई सम्बोधन गरी २४ घण्टाभित्र कार्यान्वयन गर्न भन्दै प्रेषित गरेको पत्रमा गौरी जोशीको उम्मेद्वारी कायम गर्नुपर्ने मूख्य बुंदाहरुसमेत उल्लेख छ । पत्रमा भनिएको छ,-‘ गौरिराज जोशीले एनसिसि युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजाद पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएकोले निजको उम्मेदरवारी कायम राखी निर्वाचन गर्नु पर्ने समितिको ठहर छ।’ भनि लेखेको छ l

 

प्रतिक्रिया