अमेरिका नेपाल महिला संघ (आन्वा ) द्वारा भर्जिनियाको रेस्टनमा अगस्त १२ तारिख नि:शुल्क स्वास्थ्य परीक्षण

इनेप्लिज २०७४ साउन २६ गते २२:०९ मा प्रकाशित

आगामी अगस्त १२ तारिख शनिबार भर्जिनियाको रेस्टन शहरमा अमेरिका नेपाल महिला संघ (आन्वा )को आयोजनामा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ l बिशेष गरि डिसी क्षेत्र वरपरका शहरहरुमा बसोबास गर्ने नेपाली समुदायलाई फाइदा लिन अनुरोध गरेको छ l

स्वास्थ्य शिविर आगामी अगस्त १२ तारिख शनिबार बिहान बिहान १० बजे देखि २ बजे सम्म चल्ने छ l निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण ,रगत परिक्षण इकोग्राम(मुटु धड्कन जाच )आदि ईत्यादी समेत नि:जाच गरिने छ l बिमा नगरेका बुवाआमा ,हजुरबुवा हजुरआमा तथा पर्यटक को रुपमा अमेरिका आएका सवैले निशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने छन् l

निशुल्क स्वास्थ्य शिविर हुने स्थान 12359 Sunrise Valley Dr, Suite 320,Reston, VA 20191 रहेको छ भने बिस्तृत जानकारी लिन मंजु सग्रौला लाई # 202 341 8696 ,सुनिता श्रेष्ठ , #: 240 350 7414 या मिना प्रधान संग सम्पर्क # 443 465 9365 गर्न सकिने छ l

 

प्रतिक्रिया