श्रीमद् भागवत गीता महापुराण हाई पोइन्ट नर्थ क्यारोलिनामा !

इनेप्लिज २०७४ साउन २७ गते १३:०४ मा प्रकाशित

कहिले: सोमवार , अगस्ट १४ तारिक देखि अगस्ट २० तारिक सम्म,
समय: बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म,
कहाँ: नेपाली हेरिटेज सेन्टर, ३५१९ इम्पेरियल ड्राइभ हाई पोइन्ट , नर्थ क्यारेलिना २७२६५
आदरणीय बुबा आमा तथा साथीभाईहरु ,

नर्थ क्यारोलिनाको ट्रायड नेपलीज् कम्यूनिटी सेन्टर ( ग्रीन्सबोरो, हाई पोइन्ट र विन्स्टन सेलम) ले नेपाली हेरिटेज सेन्टरको निर्माणार्थ यहि आउदो अगस्ट १४ तारिक देखि २० तारिक सम्म श्रीमद् भागवत महापुराणको आयोजना गर्ने कुराको घोषणा गर्व साथ गर्दछ।

ट्रायड नेपलीज् कम्यूनिटी सेन्टर एउटा गैर सरकारी करमुक्त कल्याणकारी संस्था हो, जस्को स्थापना नर्थ क्यारेलिनाको ट्रायड क्षेत्रमा बसोबास गर्ने नेपालीहरुद्वारा सन् २०१० सालमा स्थापना भएको थियो। यस संस्थाको उद्देश्यहरुमा नेपाली  समुदायलाई एकिकृत गराइ नेपाली सांस्कृतिक धरोहरको संरक्षण गर्ने , समुदायलाई प्रत्यक्ष तथा सहयोगमूलक सेवाहरु प्रदान गर्ने तथा समुदायका सदस्यहरुलाई अवसरहरु सिर्जना गरी तिनीहरुलाई सक्षम र सम्पन्न बनाउने रहेको छ। यसै उद्देश्यलाई मद्दत पुर्याउने हेतुले नेपालबाट सुप्रसिद्ध वाचन प्रवीण दिनवन्धु पोख्रेल ज्यूँ लाई आमन्त्रण गरी आर्थिक सहयोग जुटाउनको लागि महापुराणको आयोजना गर्न लागिएको हो। स्थानीय तवरमा गुरु हेमलाल अधिकारी ज्यूँ लाई ओहायो बाट र गुरु हरिशरण कोइराला ज्यूँ लाई भर्जिनिया राज्यबाट आमन्त्रित गरिएको छ। गुरु दिनवन्धु  पोख्रेल नेपालमा सांस्कृतिक , धार्मिक तथा आध्यात्मिक प्रवचनका लागि सुप्रसिद्ध हुनुहुन्छ। उहाँको कार्यबाट उत्प्रेरित भएर जनसमुदायहरुले समाज कल्याण तथा मानवताको सेवाका निमित्त थुप्रै उपलब्धिहरु हासिल गरेका छन्। यस महापुराण, नेपाली हेरिटेज सेन्टरको निर्माणमा अग्रणी पाइला हुनेछ र यसद्वारा नेपाली परम्परा संस्कृति र धरोहरको संरक्षणमा मदत पुग्नेछ। हाई पोइन्टमा नेपाली हेरिटेज सेन्टर निमार्ण गर्न यस महापुराणले सहयोग गर्ने टि एन सि सि लाई विश्वास छ। टि एन सि सि को आफ्नै सामुदायिक केन्द्र, हाई पोइन्टमा हुनु दक्षिण पुर्वी अमेरिकामा पहिलो उदाहरण हो र संयुक्त गर्वको बिषय पनि हो। अझै भन्नु पर्दा यस सप्ताह महापुराण सामाजिक सहिष्णुता र भातृत्व तथा सद्भावको प्रबन्धन गर्ने एउटा सुवर्ण अबसर पनि हो। टि एन सि सि ले पहिलो दिनको कार्यक्रममा धार्मिक तथा ग़ैर धार्मिक संघ सस्थाहरुलाई कार्यक्रमको सफलताको लागि सुभेक्षा ब्यक्त गर्न आमन्त्रित गरेको छ र बाकी छ दिनहरुमा गुरुहरुले श्रीमद् भागवत गीताको बारेमा प्रवचन दिनुहुनेछ। सप्ताहमा भजन कृतन तथा सांस्कृतिक कार्यक्रम को लागि कलाकारहरुको पनि ब्यबस्था गरिएको छ। कार्यक्रममा नेपाली खानाका परिकारहरुको पनि ब्यवस्था छ।

हामीलाई आशा छ तपाई , तपाईको परिवार तथा तपाईको सम्पूर्ण समुदाय यस महापुराणमा भाग लिनुहुनेछ र नेपाली हेरिटेज सेन्टर बनाउने टि एन सि सि को उद्देश्यमा सहयोग पुर्याउनु हुनेछ। टि एन सि सि ले हाई पोइन्टमा यस्का लागि जग्गा किनिसकेको छ र अहिले भवन निर्माणको लागि कोष संकलन गरिरहेको छ साथै टि एन सि सि द्वारा आयोजित यस गौरवान्वित महापुराणमा एक लाख अमेरिकी डलर उठाउने अपेक्षा राखिएको छ।

कृपया यस कार्यक्रमको सन्दर्भ मा केहि जिज्ञासा प्रश्न भएमा,अन्तिममा लेखिएका नम्बरहरुमा सम्पर्क गर्नुहोला:
कृपया थप जानकारीका यसै संग संलग्न जानकारीहरु हेर्नुहोला।

प्रार्थी
महापुराण मूल आयोजक समिति
ट्रायड नेपलीज् कम्यूनिटी सेन्टर
www.nctncc.org
Facebook: Triad Nepalese community center (TNCC )
सम्पर्क: 757333109433670705923364717638, and 3364717675

प्रतिक्रिया