सन्दर्भ : स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको स्मृतिसभा अभिब्यक्ति स्वतन्त्रता समाप्तको दिन

इनेप्लिज २०७४ साउन २७ गते १३:१९ मा प्रकाशित

पत्रकारले स्वतन्त्र भएर कलम चलाउन पाउनु उसको नैसर्गिक अधिकार हो । यसमा कसैले यस्तो उस्तो किन लेखेको ? भनेर कसैले गुनासो गर्न पाउछ तर प्रश्न चिन्ह लगाउन पाउँदैन । पत्रकारले सधै आफ्नो आँखाले जे देख्छ, त्यहि लेख्छ । अभिब्यक्ति स्वतन्त्रता पत्रकारको पहिचान हो । पत्रकारलाई राज्यले चौथो अङ्ग भनेर घोषणा गरेको छ । तर राज्यले आफुले गर्नु पर्ने काम पूरा गर्न सकेको छैन । त्यस कारण पत्रकारहरु दिनदाहडै अनकौं झमेलाहरु झेलिरहेका हुन्छन । उस्तै परे ज्यान समेत गुमाउनु पर्दछ । जसको प्रत्येक्ष उदाहरण हुन, दैलेख जिल्लाका स्वर्गीय पत्रकार स्वर्गीय डेकेन्द्रराज थापा । आज उनको १३ र्औ स्मृति सभा, प्रभातफेरी र शालिक अनावरण कार्यक्रम एकै दिन गर्न लागेका छौं । ‘की मुक्ति, की मृत्यु ।’ भन्ने आवजलाई उठान गरी सशस्त्र द्वन्द्व चलाएको माओवादीले एउटा स्वतन्त्र कलम चलाउने पत्रकारको ज्यान दिए । खानेपानीको सम्बन्धी छलफलमा आमन्त्रीत गरिएका डेकेन्द्रलाई अनाहकमा तपाईँसँग केही बुझ्नु छ भने अपहरण गरे, लेकाली भेगका तत्कालिन भवानी, वालुवाटार, रानीवन, तोली, नौमुले र द्धारी गाविसहरुमा उनलाई घुमाए । त्यक्रममा माओवादीहरुले डेकेन्द्रलाई दिने पुर्ने सवै सजाए दिईसकेका थिए । एउटा काम बाँकी थियो, जुन काम डेकेन्द्रको हत्या गर्नु थियो । त्यहि काम वि.स. २०६१ साल साउन २७ गते पूरा गरे । उनीहरुको एउटा मिसन सफल भयो । नेपालीहरुलाई शासकहरुले शासन गरे त्यसबाट अव नेपालीहरुले मुक्ति पाउनु पर्दछ, सामान्ती शासन चाईदैन, नेपालीहरुले प्रजातन्त्र चाहेका छन । देशमा लोकतन्त्र र गणतन्त्र सहितको संविधान आउनु पर्दछ । मानिसहरु स्वतन्त्र हुनु पर्दछ भनी चिच्याउने माओवादीले एउटा स्वतन्त्र पत्रकारलाई निर्मम यातना दिई हत्या गरेका थिए । म आज प्रश्न गर्न चाहान्छु, माओवादीको लडाईँ शासक, सामान्त र राज्यसँग थियो की पत्रकारसँग थियो ? सच्चा नेपाली आमाका सपुत्र भए यसको उत्तरु दिन सक्नु पर्दछ । हैन भने अनेकौ वाहाना गरी निर्दोष पत्रकारलाई किन मारियो ? इतिहासको सवै कालखण्डहरुलाई नजिकबाट नियालेर हेर्ने हो भने अक्कल झुक्कल बाहेक अन्य समयमा पत्रकारहरु मारिएका छैन । माओवादीले एउटा योजना बनाईँ डेकेन्द्रलाई किन मारियो ? डेकेन्द्रमात्र हैन त्यस सयमा देशभरी जती पत्रकारलाई मारियो तीनीहरुको आवाज उठान खोजेको छु । पत्रकारहरुलाई मारिसकेपछि माओवादीको मिसन सफल भएको हो ? पक्कै भएको होइन, उनीहरुले बन्दुक विसाउनु आफैमा स्वार्थ थियो । नेपाली जनताहरुले १९ दिने जनआन्दोलन गरेर देशमा लोकतन्त्र सहितको गणतन्त्र आएको हो । कुनै न कुनै कामको सुरुवाट कसैले न कसैले गरेको हुन्छ ।

महत्वपूर्ण त्यो हो, समय सान्दर्भिक अवस्थामा सुरुवात कस्ले ग¥यो भन्ने । माओवादीले उठाएको मुद्दा ठिकै थियो । कुनै विद्धानका सिद्धान्त र विचारलाई आत्मसाथ गरी त्यो आन्दोलन चलाईएको थियो । नागरिकहरु मुक्ति चाहन्थ्ये । यसमा कसैको विमती छैन । एउटा पत्रकारलाई चरम यातना दिएर जिउँदै खाल्डोमा पुग्र्ने अधिकार कुन सिद्धान्त र विचारमा उल्लेख गरिएको छ ? हामी एक्काईशौं शताब्दीका नागरिक हुँ मानिसहरु आफ्नो अधिकारको त कुरै छोडौ यस संसारमा भएका सवै प्रणालीको अधिकारको लागि आवाज उठाईरहेका छन । हामी भने परिर्वतनको नाममा आफ्नै दाजु भाईलाई मारिरहेका छौं । के यो परिवर्तनको लागि हो ? विश्वलाई एकपटक नियालेर हेर्नुहोस । इतिहासमा के भएको थियो ? वर्तमानमा के भईरहेको छ ? भविष्यमा के हुने छ ? भनेर कहिल्यै पनि बुझ्ने कोसीस न माओवादीले ग¥यो न राज्यले नै ग¥यो । राज्यबाट पनि असंख्य निर्दोष नागरिक मारिएका छन । के आफ्नै देशका नागरिकहरुलाई मार्नु राज्यको अधिकार हो ? हैन भने कीन मारियो, आफ्नै देशका नागरिक ? यसको उत्तर दिन तयार हुनु पर्दछ राज्य ।

काम गर्दै जादा पत्रकारका पनि केही कमि कमजोरी भए होलान् । कमिकमजोरीलाई सच्याउने समय नदिई एक्कासि हत्या गर्नु राम्रो होइन । कुनै पनि काम गर्दा आफ्नै नीति र नीयम हुन्छ । त्यही नीति र नियमा सवैले काम गर्नु पर्ने हुन्छ । पत्रकार पनि एउटा मानिस हो । यो छुट्टै धातुले बनेको बिशिष्ट प्रणाी होईनन् । पत्रकारको पनि मन छ, जलाई घरपरिवार, समाज राष्ट्रको माया छ । पत्रकारिता पनि एउटा पेशा हो । पेशाप्रति जो पनि बफदार हुन्छ । यो स्वाभाविक पनि हो । डेकेन्द्रले गरेको काम गलत थियो भने सच्याउन आग्रह गरेपछि हुन्थ्यो । अनाहकमा उनीसँग निहुँ खोच्नु, चरम यातना दिनु र अत्यमा ज्यान कीन लिईयो ? माओवादीले आफ्नो गुफाभित्र जस्तोसुकै राज गरेपनि त हुन्थ्यो । त्यसमा पत्रकारको कुनै आपत्ति हुने थिएन तर पत्रकारको आवाज र कलम बन्द गरियो । यो लेखमा अनगिन्ती प्रश्न सोधिरहेको छ । यो पंक्तिकारले गरेका अनेकौं प्रश्नको उत्तर आजको दिनमा दिनसक्नु पर्दछ । डेकेन्द्रको ज्यान लिने मित्रले भोलि मेरो पनि ज्यान लिन खोज्छ होला । त्यसैले एउटा कलमजीवलाई मार्दाको परिणाम के हुने रैछ भनेर आरोपीतलाई कारवाही गर्नको लागि उल्लिएका जिल्लावासी र न्यायाको लागि विश्व जगत एक ठिक्का भएका देखिसक्नु भएको होला । आरोपीतले भोगेको सजाए देखि सक्नु भएको छ । हताको निर्णयले मानिसलाई कति पछुताउने बनाउदो रहेछ भन्ने ठूलो पाठ सिक्ने अवसर पाईएको छ । त्यसैले पत्रकारसगँमात्र नभएर निर्दोषि जो कोहीलाई पनि दोषि बनाईयो भने इतिहासमा कसैले कसैलाई छोड्ने छैन । यदि डेकेन्द्रले गरेका कामहरु नराम्रा थिए भने कानुनी बाटाहरु धेरै थिए तर कानुनी बाटालाई लत्याउदै प्रणा लिईयो । के यो न्यायासँगत थियो ? कसैले गल्ती गरे त्यसको सजाए भोग्नु स्वभाविक नै हो । कानून भन्दा माथि गएर जुन कदम चालियो त्यो इतिहासको ठूलो भुल थियो । अन्त्यमा आज १३ औं स्मृति सभा गरिरहदा पुनः स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको चिरआत्मको कामना गर्दछु ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर :

–    + 9779748082068

+9779812553618

इमेल :

–  [email protected]

 

प्रतिक्रिया