लाखें नाचमा ३ लाखे भिडे पछि (भिडियो)

इनेप्लिज २०७४ साउन २७ गते १३:३४ मा प्रकाशित

बच्चामा लाखें देख्ने बित्तिकै हामी डराउंथियौं । अझ पनि लाखेंले लगाउने मुकुण्डो देख्दा जो कसैलाई पनि डरको भान हुन्छ । तर पोखराको रामबजारमा भने दिउसै सयौं लाखेहरुं बाजाको तालमा नाच्दैछन् । एउटा टिमको लाखें अर्को टिमको लाखें संग भेट हुदा के गर्लान ?

महोत्सवमा कास्की भरका बिभिन्न टोलबाट २६ टोलीले तायमचा नाचका लागि प्रतियोगितामा सहभागिता जनाउनेछन भने २० टोली लाखे प्रदेश नम्बर ४का बिभिन्न जिल्लाबाट सहभागिता जनाउने लाखे नाच संयोजक अष्टमान प्रधानाङ्गले बताए । लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि लाखे नाच प्रतियोगिता गर्न लागेको उनले बताए । लाखे नाचका लागि लमजुङ्गबाट २ टोली, गोर्खाबाट १, स्याङ्गजाबाट २, बेनीबाट १, कुस्माबाट १, बाग्लुङ्गबाट १, तनहुँबाट ४ नवलपरासीबाट १ तथा कास्कीबाट ७ टोलीले सहभागिता जनाउदैछन । श्रावण २७ गतेको उद्घाटन सत्र तथा लाखे नाच प्रतियोगिता कालिका मन्दिरको प्राङ्गण तथा २८ गते तायमचा प्रतियोगिता श्रीकृष्ण मन्दिर रामबजारको परिसरमा देखाइने रामबजार तायमचा नाच समितीका उपाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

हेरों यो लाखेको चर्तिकला

 

प्रतिक्रिया