बुधबार, कार्तिक १ २०७४ | Wed, October 18, 2017
नेपालको समय: ००:०९ | Washington DC: 14:24

दुई सय बहत्तर अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ, २७ साउन । सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकले २७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ ।

अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐनअनुसार ती अधिवक्तालाई वरिष्ठ अधिवक्ता दिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी र उपाध्यक्ष उषा मल्ल पाठक, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, विजयकान्त मैनाली, बाबुराम कुँवर, शैलेन्द्र दाहाल, अनिता सापकोटा, डा चन्द्रकान्त ज्ञवाली, युगनाथ लम्साल, विश्व घिमिरेलगायत हुनुहुन्छ ।
वरिष्ठ अधिवक्ता उपाधिका लागि १५ वर्षसम्म निरन्तर वकालत गरेको, न्याय क्षेत्रमा योगदान पु¥याएको, इमान्दार कानुन व्यवसायी भई नागरिक र राष्ट्रलाई नै योगदान पु¥याएको हुनुपर्ने व्यवस्था छ ।

२०७४ साउन २७ गते १५:२४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी