बुधबार, भदौ ७ २०७४ | Wed, August 23, 2017
नेपालको समय: १७:२३ | Washington DC: 07:38

अमेरिका नेपाल पाेलेसी रिसर्च सेन्टर, अमेरिका द्वारा डा केसीप्रति एेक्यवद्धता

अमेरिकामा स्थापित गैर मुनाफा सामाजिक संस्था नेपाल पाेलेसी रिसर्च सेन्टरले आज एक छापा बिज्ञप्ति निकाल्दै डा केसीप्रति एेक्यवद्धता जनाएको छ l उक्त छापा बिज्ञप्तिमा डा. गोविन्दको केसीले बाँच्न पाउनु पर्छ भनेको छ l

नेपाल सरकार र सांसदहरु, एउटा सत्याग्रहीमाथि हुन गएको अत्याचारको पराकाष्ठा तुरुन्त अन्य गर । लोकतन्त्रलाई माफियातन्त्र नबनाऊ भनि कडा आलोचना गर्दै छापामा उक्त कुरा जनाएको छ l

डा. गोविन्द केसी अब एक व्यक्तिमात्र हैन, दुराचार र व्यभिचार विरुद्ध लड्ने एक सँस्था भैसकेका छन् । जसका बलमा देशका विधिविधान र नीतिनियम बाँचेका छन् भनि छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l

मूलतः नेपालको स्वाथ्यशिक्षामा भएको राजनीतिक माफियाकरण विरुद्धको उनको लडाइँ पूर्णत नेपाल र नेपालीको हितमा भएको हुदाँ नेपाल सरकारले छिटोभन्दा छिटो डा. केसीका मागको सम्बोधन गरी ती सदाचारी डाक्टरको बाँच्न पाउने अधिकारको रक्षा गर्नु अनुरोध गरेका छौं भनि दबाब दिएको छ l

एउटै व्यक्तिले तीनै मागका लागि पटकपटक गरी एघारौं पटकसम्म अनशन बस्नु परेको इतिहास सायद संसारका अन्य कुनै प्रजातान्त्रिक मूलुकमा नहुन सक्छ । तिनै मागमा सरकारले हरेक पटक सम्झौता गरी हरेकपटक उलंघन गरेको उदाहरण पनि संसारमै नहुन सक्छ । लोकतान्त्रिक पद्धति अपनाएको नेपाली राजनीतिमा हावी भएको यो निचतम् प्रवृत्तिको हामी घोर भत्र्सना गर्छौ । यो प्रवृत्तिले हामी कस्तो लोकतान्त्रिक अभ्यास गर्दैर्छौ भन्ने डरलाग्दो प्रश्न पनि उठाएको छ भन्दै ध्यानाकर्षण गरेको छ l

नेपालका हरेक सरकारले लोकतान्त्रिक पद्धतिप्रति नै वितृष्णा हुने गरी गरेका यस्ता लज्जाहिन प्रवृत्तिले देशमा अस्थिरता र आशंका झन्भन्दा झन् बढ्न गएको तथ्यलाई स्विकारेर नेतृत्वले आफ्नो छवि सुधार गरोस् भन्ने कामना पनि गर्दछौं l साथै सँस्थाका तर्फबाट शिव प्रकाशले लेखेको पत्रमा मातृभूमि नेपालमा बढेको राजनीतिक दुराचार र माफियातन्त्र विरुद्ध उभिएर आफ्ना र भविष्यका संन्ततीका लागि राष्ट्रको रक्षा गर्न पनि हामी आम नेपाली नागरिकलाई आह्वान गर्दछौं भनि उल्लेख गरेका छन् l

२०७४ साउन २८ गते २:४८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी