सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: २०:३७ | Washington DC: 09:52

बाढी पहिरोबाट ३१ को ज्यान गएपछि प्रधानमन्त्रीले बोलाए सुरक्षा संयन्त्रको बैठक

काठमाडौं–देशैभरि बाढी पहिरोको अवस्था बारेमा छलफल गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्नका लागि गृहमन्त्रीदेखि लिएर सुरक्षा प्रमुख तथा गृहसचिवलाई बालुवाटारमा बोलाएका छन् ।

देशैभरि खासगरि तराई मधेशमा बाढी प्रकोपले गर्दा थुप्रै जनधनको क्षति भएको छ । त्यसको उद्धारका लागि प्रधानमन्त्री देउवाले विहानै सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् भने अहिले सुरक्षा निकायसँग छलफल गरेर उद्धारका थप उपायहरु अपनाउने बताइएको छ ।
शुक्रबारदेखि परेको वर्षाका कारण ३१ जनाको ज्यान गइसकेको छ ।

गृहमन्त्री जनार्दन शर्माका अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा २, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३१ जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन ।

 

२०७४ साउन २८ गते ११:२४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी