नेपालमा वाढीले तवाही, कुन जिल्लामा कति मानविय क्षति ?

इनेप्लिज २०७४ साउन २८ गते ११:२९ मा प्रकाशित

साउन २८, काठमाडौँ – गृहमन्त्री जनार्दन शर्माले देशैभरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति सम्वेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन् ।

शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा २, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३१ जना मानिसहरुको मृत्यु भएको बताए भने, कैयोँ बेपत्ता भएका बताएको बताए ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जान्का लागि विमान स्थलमा खाद्द तथा उद्धार सामाग्रीहरु स्टेन्डबाई राखे पनि मौसम प्रतिकुल भएको कारणले आफु जान् नसकेको बताए । उनले मौसमले साथ दिन बित्तिकै त्यस तर्फ प्रस्थान गर्ने जानकारी दिए ।

त्यसैगरी गृहमन्त्री शर्माले बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारणले गाउँहरु डुबानमा परे पछि, सुर्खेतबाट उद्धारका लागि त्यस तर्फ पठाउन् निर्देशन दिएका छन् । उता बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्तले पानीको सतह घटदै गएकोले डुबानको समस्या बिस्तारी हटने आशा गरेको जानकारी दिए ।

हेलिकप्टर त्यसै क्षेत्रमा राखिएको छ ।४ हजार भन्दा बडी मानिसहरु त्यहाँ प्रभावित भएका छन । गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार कार्यका कुशल जवाहरुलाई परिचालित गर्न केही समय अघिनै निर्देशन गरी सकेका हुन् ।

मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारणले मानिसको जनजीवन प्रभावित भएको छ । उहाँले डुबानमा परेका जनता, राजनितीक दल, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको जानकारी समेत गराए ।

त्यसैगरी झापाका सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद तिवारीका अनुसार मदनामा मुसलधारे पानी परी रहेकोले उद्धार कार्य प्रभावित भएको छ ।

प्रतिक्रिया